• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार


  •   मङ्गलबार, जेठ १२, २०८३ मा प्रकाशित
  • इस्लामाबाद, १२ जेठ (रासस/एएनआई) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौतासँग जोडेर पाकिस्तानसहित मुस्लिम तथा अरब मुलुकहरूलाई अब्राहम सम्झौतामा सहभागी हुन आह्वान गर्नुभएको केही घण्टामै पाकिस्तानले यस्तो प्रस्ताव आफ्नो ‘मौलिक विचारधारा’ सँग मेल नखाने भन्दै अस्वीकार गरेको छ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले इस्लामाबादले आफ्नो आधारभूत राष्ट्रिय दृष्टिकोणसँग बाझिने कुनै पनि सम्झौतालाई समर्थन नगर्ने स्पष्ट पार्नुभयो ।

    Advertisement

    पाकिस्तानी सञ्चारमाध्यम समा टिभीसँगको अन्तर्वार्तामा उहाँलाई अमेरिकी दबाब र कूटनीतिक सङ्केतपछि पाकिस्तान अब्राहम सम्झौतामा हस्ताक्षर गर्ने सम्भावनाबारे प्रश्न गरिएको थियो । जवाफमा आसिफले आफ्नो व्यक्तिगत तथा राजनीतिक धारणा प्रस्ट पार्दै पाकिस्तानले आफ्नो वैचारिक आधारसँग टकराव हुने कुनै पनि व्यवस्थामा सहभागी हुन नहुने बताउनुभयो ।

    इजरायलसँग सम्बन्ध विस्तारको विश्वसनीयतामाथि प्रश्न उठाउँदै उहाँले ती पक्षसँग दीर्घकालीन भरोसाको आधार निर्माण गर्न कठिन हुने तर्क गर्नुभयो । उहाँले ‘जसको शब्दलाई एक दिन पनि विश्वास गर्न नसकिने पक्षसँग कसरी सहकार्य सम्भव हुन्छ ?’ भन्ने प्रश्नसमेत गर्नुभयो ।

    पाकिस्तानको दीर्घकालीन नीति दोहोर्‍याउँदै आसिफले इजरायलसँग सम्बन्ध सामान्यीकरणसम्बन्धी अवधारणा आफ्नो देशलाई स्वीकार्य नभएको स्पष्ट गर्नुभयो । उहाँले यस विषयमा पाकिस्तानको आधिकारिक र ऐतिहासिक धारणा परिवर्तन नभएको सङ्केत गर्नुभयो ।

    रक्षामन्त्री आसिफले पाकिस्तानको पासपोर्ट नीतिलाई पनि आफ्नो तर्कको आधार बनाउनुभयो । उहाँका अनुसार पाकिस्तानको पासपोर्टमै इजरायललाई मान्यता नदिने राष्ट्रिय नीति झल्किन्छ । उहाँले पाकिस्तानको पासपोर्टमा इजरायलको नामसमेत उल्लेख नगरिएको उल्लेख गर्दै यसले इस्लामाबादको संस्थागत नीति र दीर्घकालीन दृष्टिकोण स्पष्ट रूपमा प्रतिबिम्बित गर्ने बताउनुभयो ।

    यसअघि सोमबार स्थानीय समयअनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले तेहरानसँगको सम्भावित सहमतिलाई मध्यपूर्वको व्यापक राजनीतिक पुनर्संरचनासँग जोड्दै धेरै मुस्लिम र अरब राष्ट्रहरूलाई अब्राहम सम्झौतामा सामेल हुन आग्रह गर्नुभएको थियो । उहाँले इरानसँगको वार्ता ‘राम्रोसँग अघि बढिरहेको’ उल्लेख गर्दै क्षेत्रीय तहमा नयाँ कूटनीतिक ढाँचा निर्माणको सङ्केत गर्नुभएको थियो ।

    ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा सार्वजनिक गर्नुभएको लामो सन्देशमा प्रस्तावित व्यवस्थालाई मध्यपूर्वका लागि ‘ऐतिहासिक घटना’ बन्न सक्ने दाबी गर्नुभएको छ । उहाँले साउदी अरेबिया, कतार, पाकिस्तान, टर्की, इजिप्ट, जोर्डन र बहराइनलगायत मुलुकहरूलाई सामूहिक रूपमा अब्राहम सम्झौतामा हस्ताक्षर गर्न आह्वान गर्नुभएको थियो ।

    उहाँले इरानसँगको संवाद सकारात्मक दिशामा अघि बढिरहेको दाबी गर्दै सबै पक्षलाई समेट्ने ठूलो सहमतिमा पुग्ने अवस्था रहने, सहमति नभए सम्झौता नै नहुने चेतावनी दिनुभएको थियो । ट्रम्पका अनुसार कूटनीतिक प्रयास असफल भए क्षेत्र फेरि युद्ध र सैन्य भिडन्ततर्फ फर्किन सक्ने जोखिम रहनेछ र त्यो अवस्था पहिलेभन्दा अझ व्यापक तथा शक्तिशाली हुन सक्नेछ ।

    ट्रम्पले इरानसँग सहमति सम्पन्न भएपछि साउदी अरेबिया र कतार तुरुन्तै अब्राहम सम्झौतामा सहभागी हुनुपर्ने धारणा राख्नुभएको छ । उहाँले अन्य देशहरूले पनि त्यसपछि सोही बाटो पछ्याउने अपेक्षा व्यक्त गर्नुभएको थियो । अझै अगाडि बढ्दै उहाँले अमेरिकासँगको वार्ता सफल भए भविष्यमा इरान स्वयं पनि यही ढाँचाको हिस्सा बन्न सक्ने सम्भावना औँल्याउनुभयो ।

    ट्रम्पका अनुसार अब्राहम सम्झौताले यसका सदस्य राष्ट्रहरूलाई आर्थिक, वित्तीय तथा सामाजिक लाभ दिएको छ । उहाँले संयुक्त अरब इमिरेट्स, बहराइन, मोरक्को, सुडान र कजाकिस्तानलाई यसको उदाहरणका रूपमा उल्लेख गर्नुभयो । उहाँले यी सम्झौताले मध्यपूर्वमा शक्ति सन्तुलन, स्थायित्व र शान्तिको नयाँ आधार निर्माण गर्न सक्ने दाबी पनि गर्नुभयो ।

    आफ्नो सन्देशमा ट्रम्पले विभिन्न क्षेत्रीय नेताहरूसँग भएको संवादको पनि उल्लेख गर्नुभएको छ । उहाँका अनुसार साउदी अरबका युवराज मोहम्मद बिन सलमान, संयुक्त अरब इमिरेट्सका राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यान, कतारका अमिर शेख तमीम बिन हमद अल थानी, पाकिस्तानी सेना प्रमुख असीम मुनीर, टर्कीका राष्ट्रपति रेसेप तय्यिप एर्दोगन, इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसी, जोर्डनका राजा अब्दुल्लाह द्वितीय तथा बहराइनका राजा हमद बिन इसा अल खलिफासँग यस विषयमा छलफल भएको थियो ।

    मध्यपूर्वको इतिहासकै सम्भावित ‘सबैभन्दा महत्त्वपूर्ण सम्झौता’ का रूपमा यस पहललाई चित्रित गर्दै ट्रम्पले अब्राहम सम्झौतालाई थप राष्ट्रसम्म विस्तार गर्ने प्रक्रिया सुरु गर्न आफ्ना प्रतिनिधिहरूलाई निर्देशन दिइसकेको जानकारी पनि दिनुभयो ।

    सन् २०२० मा अमेरिकी मध्यस्थतामा अघि बढाइएको अब्राहम सम्झौता इजरायल र केही अरब राष्ट्रबीच कूटनीतिक, आर्थिक तथा सुरक्षा सम्बन्ध सामान्यीकरण गराउने उद्देश्यले सुरु गरिएको पहल हो । तर ट्रम्पको पछिल्लो आग्रहपछि पाकिस्तानले सार्वजनिक रूपमा असहमति जनाएसँगै यस पहललाई व्यापक मुस्लिम विश्वमा विस्तार गर्ने अमेरिकी प्रयासले नयाँ राजनीतिक चुनौती सामना गर्नुपर्ने सङ्केत देखिएको छ ।

    मङ्गलबार, जेठ १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.