• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

देश प्रतिगमनतर्फ जाने सम्भावना

"युगदर्शन साप्ताहिक, वर्ष १७, अंक ३५, २०८३ जेठ ६ गते बुधबार "

  •   बुधबार, जेठ ०६, २०८३ मा प्रकाशित
  • २०७२ सालमा संविधान बनेर २०६२–६३ सालको आन्दोलनको म्यान्डेटअनुरूप संविधान बनेको भनियो तर प्रायोजित मधेस आन्दोलनको नाममा अन्तरिम संविधानमा सङ्घीयता सामेल गरियो । त्यसपछि २०७४ साल र २०७९ सालमा तीनै तहका चुनाव सम्पन्न भए । सोहीअनुसार देश अब संविधान कार्यान्वयनतर्फ जाने अपेक्षा गरियो यद्यपि सङ्घीयताको संस्थागत विकास सम्भव थिएन । त्यसकारण प्रदेशका सरकार राजनीतिक अस्थिरताको चक्रव्यूह बनिरहेकै छन् । यता, दुईपटकको आमचुनावपछि पनि आन्दोलन र संविधान पक्षधर राजनीतिक दलले नै संविधानमा लिपिबद्ध लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता र विकेन्द्रीकरणप्रति जिम्मेवार रवैया अपनाउन सकेनन् । फलस्वरूप २०८२ भदौ २३ गते जेनजी आन्दोलन प्रायोजित गरियो र भदौ २४ गते देशव्यापी विध्वंस मच्याइयो । राज्यप्रति जनताको चरम असन्तुष्टिका कारण फागुन २१ गतेको चुनावमा अनपेक्षित नतिजा आयो । जुन पक्षले जेनजी आन्दोलन प्रायोजित गरेको थियो, त्यही शक्तिले नै चुनावमा प्रचण्ड सफलता प्राप्त गर्‍यो ।

    Advertisement

    जनताको असन्तुष्टिले गैरजिम्मेवार पक्षलाई चुनावमार्फत सत्तामा पुर्‍याइदिएको अवस्थामा अहिले हामी छौँ । अहिले सत्तारूढ भएको शक्तिको कुनै राजनीतिक विचारधारा, अनुशासन र विरासत छैन । यो शक्तिको राजनीतिक विरासत नभएकै कारण गत कालका जनआन्दोलन र पछिल्लो संविधानप्रति उसको जिम्मेवारी वा जबाफदेहिता रहेको देखिन्न । आव २०८३/८४ सालका लागि प्रस्तुत नीति तथा कार्यक्रममा नै उसको यस्तो अरुचि स्पष्ट शब्दमा देख्न सकिन्छ । यसअघि सरकारले जुन सयदिने कार्यसूची सार्वजनिक गरेको थियो, त्यसमा पनि संविधानमा लिपिबद्ध मौलिक हक र स्वतन्त्रता विरुद्धका योजना सामेल गरिएका थिए । त्यसपछि सरकार आफैले घोषणा गरेको संसद् अधिवेशनलाई स्थगित गरेर आठओटा अध्यादेश जारी गर्‍यो । सोही आठमध्ये एक संवैधानिक परिषद्सम्बन्धी अध्यादेशद्वारा सरकारले न्यायपालिकामाथि नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । त्यस क्रममा चौथो रोलक्रमका न्यायाधीशलाई प्रधान न्यायाधीशमा सिफारिस गरिएपछि यतिखेर सर्वोच्च अदालतमा नै चरम गतिरोध उत्पन्न भएको छ । संवैधानिक परिषद्को निर्णय विरुद्ध परेको रिट दरपिठ गरिनु र कामु प्रधान न्यायाधीशको लिखित आदेशका बाबजुद त्यसप्रति बेवास्ता गरिनुले न्यायालयमा अस्वाभाविक चरित्र देखा परेको मान्न सकिन्छ । यता, सरकारले देशैभरिका भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई विनाव्यवस्थापन हटाउन डोजर आतङ्क सञ्चालन गरिरहेको छ । वैशाख २५ गते सर्वोच्च अदालतले विनाव्यवस्थापन यस्ता बस्ती नहटाउनू भनेर आदेश दिइसकेपछि पनि त्यो कार्य रोकिएको छैन ।

    प्रतिनिधिसभामा करिब दुईतिहाइ बहुमत हुनुका बाबजुद सरकारले देशमा सकारात्मक वातावरण कायम गर्न सकिरहेको छैन । एकातिर उसले संविधानमै उल्लेख भएको मौलिक हक र स्वतन्त्रता विरुद्ध धावा बोलेको छ भने अर्कोतर्फ सुशासन दिन सकिरहेको छैन । यतिखेर देशव्यापी डोजर आतङ्क सञ्चालन भइरहेको छ । महँगी चरमचुलीमा छ । कतिपय सानातिना सुधार भएकोजस्तो देखिए पनि विपन्न नागरिक अहिलेदेखि नै त्राहीत्राही बनिरहेको अवस्था छ । सत्तारूढ दल वा पक्षले जनताको विदेश पलायन रोक्न कुनै ठोस काम गरेका छैन, खासगरी राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि बरु घरघरमा पासपोर्ट पठाउने व्यवस्था गरेर त्यसैमा मक्ख परेको अवस्था छ । देशभित्रै कृषि, उद्योग–व्यवसाय, पर्यटन, शिक्षा, स्वास्थ्य आदिको प्रवर्धन गरेर नेपाली नागरिकको विदेश पलायनलाई रोक्नुपर्नेमा त्यसतर्फ सरकारले ठोस कदम उठाएको देखिन्न ।

    जेनजी आन्दोलनताका तत्कालीन बहुमतको सरकार विरुद्ध तीव्र जनअसन्तुष्टि थियो । त्यसको निकासको रूपमा अहिलेको अवस्था आयो । अहिलेको सरकारले संविधान विरुद्ध धावा बोल्ने, शक्ति पृथकीकरणका सिद्धान्तलाई खलबल्याउने, सुशासनको नाममा राज्यआतङ्क सिर्जन गर्ने जुन काम गरिरहेको छ, त्यसबाट देश प्रतिगमनतर्फ जाने निश्चित छ । यसबाट लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता नै समाप्त हुन सक्दछ । यसप्रति पक्षधर शक्तिहरू सचेत हुनुपर्ने आवश्यकता छ ।

    युगदर्शन साप्ताहिक, वर्ष १७, अंक ३५, २०८३ जेठ ६ गते बुधबार

    बुधबार, जेठ ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.