• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

विश्वकप क्रिकेटका लागि नेपालको सशक्त दाबेदारी


  •   बिहिबार, बैशाख २४, २०८३ मा प्रकाशित
  • काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमले ‘टि ट्वाण्टी’ विश्वकपमा सहभागी भए लगत्तै अर्को विश्वकपमा छनोटका लागि दाबेदारी प्रस्तुत गर्ने क्रम जारी राखेको छ ।

    Advertisement

    सन् २०२७ मा दक्षिण अफ्रिका, जिम्बाबे तथा नामेबियाको संयुक्त आयोजनामा आइसिसी पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको १४औँ संस्करण आयोजना हुँदैछ । सोही प्रतियोगितामा प्रवेशका लागि काठमाडौँमा भएको छनोट प्रतिस्पर्धामा नेपालले खेलका कूल चार खेलमध्ये तीन खेलमा विजय हासिल गर्दै विश्वकप सहभागिताको सम्भावनाको ढोका खोल्ने प्रयास गरेको हो । उक्त विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलामा नेपालले हासिल गरेको नतिजालाई उत्साहजनक मानिएको छ ।

    नेपाल, ओमान र संयुक्त अरब इमिरेटस (युएई) बीच भएको ५० ओभरको ओडिआई फम्र्याटको उक्त श्रृङ्खलामा नेपालले युएईलाई दुवै खेलमा हराएको थियो । त्यस्तै पहिलो खेलको पराजयको बदला लिँदै ओमानलाई विश्वकप लिग २ को १०३औँ खेलमा ८१ रनको विशाल अन्तरले पराजित गर्दै नेपालले श्रृङ्खलाको प्रतिस्पर्धा टुङ्ग्याएको थियो । सन्तुलित प्रदर्शन नै नेपालको विजयको मुख्य कारण बन्न पुग्यो ।

    नेपालको ब्याटिङको तुलनामा कसिलो बलिङ उल्लेखनीय थियो । त्यस्तै नेपाली टिमको फिल्डिङ पक्ष पनि प्रशंसायोग्य थियो । नेपाल टिमको मङ्गलबारको विजयमा आशिफ शेखको ९४ रन तथा गुलसन झाको ५ विकेटको महत्वपूर्ण योगदान रहेको थियो । यसअघि काठमाडौँमै भएको अभ्यास खेलमा पनि ‘नेपाल ए’ टिमले ओमानको राष्ट्रिय टोलीलाई एक सय १५ रनले हराएर मनोबल उच्च बनाएको थियो ।

    विश्वकप लिग–२ मा सहभागी रहेका आठ टोलीमध्ये शीर्ष स्थानमा पुग्ने चार टोली विश्वकपमा छनोट हुने व्यवस्था रहेको छ । त्यसपछि परेका अन्य चार टिमले भने विश्वकप छनोटका लागि ‘प्ले–अफ’ प्रतियोगिता खेल्नु पर्नेछ । नेपालले विश्वकप छनोटका लागि हालसम्म खेलेका २४ खेलमध्ये आठ वटामा जितेर समूहको अङ्क तालिकामा सातौं स्थानमा रहेको छ । नेपालले १४ वटा खेलमा पराजय भोगिसकेको छ ।

    नेपालको हालसम्म कूल अङ्क १८ रहेको छ । आठ मुलुकका टिमको उक्त समूहमा अमेरिका ३६ अङ्कसहित शिर्ष स्थानमा रहेको छ ।

    त्यसपछि स्कटल्याण्ड ३४, ओमान ३१ र नेदरल्याण्डस् २६ अङ्कसहित शिर्ष चारमा रहेका छन् । नेपालले अङ्क तालिकामा तेस्रो स्थानमा रहेको टिम ओमानलाई पराजित गर्नु महत्वपूर्ण उपलब्धि मानिएको छ । नेपालले विश्वकप छनोटकै सिलसिलामा फेरि आफ्नै गृह मैदानमा दाबेदार रहेका अन्य दुई टिमसँग खेल्ने अवसर पाउने भएको छ । नेपाल यही वैशाख २९ गते र जेठ ४ गते काठमाडौँमा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ भने जेठ २ गते र ८ गते अमेरिकासँग खेल्ने कार्यक्रम रहेको छ । ती प्रतिस्पर्धा यसपटक सम्पन्न खेलहरुभन्दा केही कठिन हुने आँकलन गरिएको छ ।

    आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) प्रतियोगिता हो, जसलाई आगामी सन् २०२७ मा आयोजना हुने विश्वकप क्रिकेट प्रतियोगितामा छनोटको दोस्रो तहको आधार मानिएको छ । उक्त प्रतियोगितामा इण्टरनेशनल क्रिकेट काउन्सिलका आठ एशोशिएट राष्ट्रका टिमहरुले विश्वकप छनोटका लागि प्रतिस्पर्धा गर्दैछन्, जसमा ती टिमले २४ त्रिदेशीय श्रृङ्खला खेलिरहेका छन् ।

    यसअन्तर्गत प्रत्येक टोलीले ३६ वटा एक दिवसीय खेल खेल्नु पर्नेछ । सन् २०२६ भरि नै यी खेल हुने कार्यक्रम रहेकोले हाल सातौं स्थानमा रहेको नेपाल माथिल्लो स्थानमा उक्लन सक्ने सम्भावना अझै रहेको छ ।

    दिपेन्द्रको दुःखेसो
    विगत केही समयदेखि नेपाली क्रिकेट टिमका खेलहरु मुलुकभित्र वा मुलुक बाहिर भएको बखत पनि नेपाली दर्शकहरुको उपस्थिति उल्लेखनीय रुपमा हुंदै आइरहेको छ तर यसपालि कीर्तिपुरमा खेल हेर्न नेपाली दर्शकहरु उपस्थिति कमि भएकामा नेपाली टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरीले गुनासो नै व्यक्त गरेका थिए । उपकप्तान ऐरीले विगत जस्तै यसपटक पनि सशक्त खेल प्रदर्शन गरेका थिए ।

    उनले युएई विरुद्ध लिएको शतक यसपालिको उल्लेखनीय उपलब्धि मान्न सकिन्छ । यसअघि अमेरिका, भारतलगायतका मुलुकमा नेपाली टिमको खेल हुँदा नेपाली दर्शकहरुको उपस्थिति अन्तर्राष्ट्रियस्तरमै चर्चित हुन पुगेको थियो । तर यसपासल फ्लड लाइटको प्रकाशमा सञ्चालन गरिएको खेलमा समेत दर्शकहरुको उपस्थितिमा कमि आएपछि उपकप्तान ऐरी खुसी देखिएनन् ।

    नेपाली टिमका खेलाडीहरुले यसपाली खेल हेर्न बढी दर्शकहरु आउने अपेक्षा गरेका थिए । धेरै दर्शक रङ्गशाला आएमा खेलाडीहरुलाई हौसला मिल्ने उपकप्तान ऐरीको धारणा रहेको छ । नेपालको धेरैजसो प्रतिस्पर्धा युएई, ओमान जस्ता मुलुकहरुसँग भएकाले पनि यसपटक दर्शकहरु घटेको अनुमान गरिएको छ । यस्तै नेपाली खेलाडीहरुको प्रदर्शन अपेक्षा गरिए जस्तो नहुनु जस्ता कारणले पनि दर्शकहरुको उपस्थितिमा कमी आएको हो । हरेक क्रिकेट प्रतियोगिता काठमाडौंमै केन्द्रीत नरहेर उपत्यका बाहिरसमेत आयोजना गर्न सकिएमा दर्शक सङ्ख्या बढाउन सकिने सम्भावनालाई पनि नकार्न सकिदैंन ।

    सन्दिपको सफलता
    ओमान विरुद्धको अन्तिम खेलमा अन्तिम विकेट लिन सफल नेपाली लेगस्पिनर सन्दिप लामिछानेले यसपालि सबैजसो खेलमा विकेट लिएर आफ्नो खेल कौशल प्रदर्शन गरेका थिए । विश्वस्तरीय क्रिकेटमै आफ्नो पहिचान बनाउन सफल लामिछाने क्रिकेट खेलाडीहरुको विश्व बरियताक्रममा छलाङ मार्न समेत सफल भएका छन् । उनले ‘टि ट्वाण्टी’ अन्तर्राष्ट्रियमा २५औँ स्थान तथा एकदिवसीय अन्तर्राष्ट्रियमा तीन स्थान सुधार गरेका छन् । उनी ‘टि ट्वाण्टी’ आईको बलिङ बरियतामा ५३औं स्थान उक्लिन सफल भएका छन् भने ओडिआई बरियतामा ५८औं स्थानमा पुगेका छन् । उनको नाममा अर्को नयाँ कीर्तिमान कायम हुनु मुलुककै क्रिकेट इतिहासमा थप उपलब्धि मान्न सकिन्छ । उनले विश्वकप लिग २ अन्तर्गत १०० विकेट लिएर पहिलो बलर बन्ने सौभाग्य प्राप्त गरेका छन् । उनले विश्वकप लिग २ मा सतक कटाउने पहिलो बलर बनेर इतिहास रचेका छन् । अन्तरराष्ट्रिय एक दिवसीय क्रिकेटमा कम खेलमै धेरै विकेट लिने नेपाली बलरहरुमा उनी अग्रणी खेलाडी हुन् । अन्तरराष्ट्रिय फ्रेन्चाइज क्रिकेटमार्फत नेपाललाई विश्व क्रिकेटमा चिनाउने लामिछाने इण्डियन प्रिमियर लिगमा खेल्ने पहिलो नेपाली खेलाडी हुन् । विभिन्न अन्तरराष्ट्रिय ‘टि ट्वाण्टी’ लिगहरुमा उनले व्यावसायिक खेलाडीका रुपमा खेलिसकेका छन् । यसपालीको प्रतियोगितामा लयमा देखिएका लामिछानेले नयाँ कीर्तिमान कायम गरेपछि सामाजिक सञ्जालमा सबै क्रिकेटप्रेमीहरुप्रति आभार प्रकट गर्दै आफू भविश्यमा नेपाल र नेपाली जनताहरुलाई गौरवान्वित बनाउन प्रयासरत रहने धारणा व्यक्त गरेका थिए ।

    पाका खेलाडीको पुनरागमन
    यसपाली नेपालका मुख्य प्रशिक्षक स्टुवार्ट लले पुराना अनुभवी खेलाडीलाई समेत पुन टिममा भित्र्याएर राम्रो मूल्याङ्कन गरेका छन् । आवश्यकताअनुसार बेलाबेलामा खेलाडीहरुको फेरबदल गर्नाले टिमलाई मजबुत बनाउन सहयोग पुग्न जानेछ । नेपाली राष्ट्रिय टिममा सबैभन्दा पाका खेलाडी बनेर विनोद भण्डारीको पुनरागमन हुनु प्रशिक्षकको उचित मूल्याङ्कन मान्न सकिन्छ । खेलाडी भण्डारीको ३६ वर्षको उमेर नेपाली राष्ट्रिय टिममा पुनरागमन भएको हो । उनले नेपालको तर्फबाट विभिन्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा आफ्नो सहभागिता जनाइसकेका छन् । पछिल्लोपटक दुई वर्षअघि राष्ट्रिय टिमबाट खेलेका उनले घरेलु प्रतियोगिताहरुमा भने निरन्तरता दिइरहेका थिए ।

    अर्जुनको डेब्यु
    नेपाली टिममा लामो समयदेखि सिमित खेलाडीहरुको बर्चस्व भएको आरोप खेप्दै आइरहेको नेपाल क्रिकेट सङ्घ क्यानले आइसिसी विश्वकप लिग २ को सिलसिलामा भरपर्दा खेलाडीका रुपमा स्थापित हुनसक्ने सम्भावना भएका अर्जुन कुमाललाई डेब्यु गराएको छ । २० बर्षिय ब्याटसम्यान कुमाललाई युएई बिरुध्दको खेलमा कप्तान रोहित पौडेलले डेब्यु क्याप दिएर राष्ट्रिय टिममा स्वागत गरेका थिए । हालै पिएम कम क्रिकेट प्रतियोगितामा सर्वाधिक पाँच सय चार रन बनाएर उनले आफ्नो खेल क्षमता प्रदर्शन गरेका थिए । उनले यसअघि यु १९ राष्ट्रिय टिमबाट मुलुकको लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गरिसकेका थिए । ओमान विरुद्धको खेलमा खेलाडी कुमारले दोस्रो विकेटका लागि आशिफ शेखसँग गरेको १२३ रनको साझेदारी महत्वपूर्ण रह्यो ।

    रङ्गशाला सुरक्षित
    कीर्तिपुरस्थित क्रिकेट रंगशाला नवीकरण होला कि नहोला भनेर क्रिकेटप्रेमीहरु अन्योलमा रहिरहेको बेला त्रिभुवन विश्वविद्यालयले क्यानलाई क्रिकेट रङ्गशालाको जग्गा ३५ दिनभित्र खाली गरिदिन पठाएको पत्रले झन चिन्ता थपेको थियो । तर अब खेलकुद मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले कीर्तिपुर क्रिकेट मैदान नभत्काइने जानकारी दिनु भएपछि अन्योल समाप्त भएको छ । त्रिभुवन विश्वविद्यालय र क्रिकेट क्यानबीच नयाँ सम्झौता गरिने भएको छ । गतवर्ष मात्र पुनःनिर्माण गरिएको कीर्तिपुर रङ्गशालामा करिब १० हजार दर्शक बस्नका लागि सिटको व्यवस्था गरिनुका साथै राति पनि खेल सञ्चालनका लागि पहिलोपटक फ्लड लाइट जडान गरिएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदै आइरहेका छन् ।

    महिला टिम पनि पछ्याउँदै
    नेपालमा पुरुष क्रिकेट टिमको ब्यस्तता र सफलतालाई महिला टिमले पनि पछ्याइरहेका छन् । पछिल्लो पटक रुवाण्डामा सम्पन्न ‘आइसिसी ओमन्स टि ट्वाण्टी’ अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टिम दोस्रो भएर आफ्नो सक्षमता प्रमाणित गरेको छ । अन्तिम खेलमा नेपालले इटलीलाई आठ विकेटको विशाल अन्तरले पराजित गरेको थियो । नेपालले यसअघि पनि इटलीलाई हराएको थियो । नेपाली महिला टिमको अर्को महत्वपूर्ण सफलता भनेको रुवाण्डालाई उनीहरुकै गृहमैदानमा दुई पटक हराउन सफल भएको थियो । प्रतियोगिताको उपाधि विजेता अमेरिकासँग नेपाल दुबै खेलमा हारेको थियो । नेपाल भानुआटुसँग एक खेलमा हारेको थियो भने एक खेलमा पराजित गर्न सफल भएको थियो ।

    अन्त्यमा,
    विश्वकप लिग २ मा नेपाली टिमले हालसम्म हासिल गरेको नतिजा उत्साहप्रद नै भएता पनि सन्तोष मान्नुपर्ने अवस्था भैसकेको छैन । नेपालको अझै थुप्रै प्रतिस्पर्धा बाँकी छन् । आगामी विश्वकप जस्तो प्रतिष्ठित प्रतियोगितामा नेपालको प्रतिनिधित्व सुनिश्चित गराउन क्यानले विशेष योजनासहित अघि बढनुपर्ने देखिएको छ । नेपाली क्रिकेट खेलाडीहरुले लगातार घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आएता पनि तत्काल विश्राम पाउने अवस्था रहेको छैन । यसरी क्रिकेट खेलाडीहरुको अनवरत मेहनत तथा व्यस्ततासँग मुलुकको प्रतिष्ठा पनि गासिएको छ । मुलुकको प्रतिनिधित्व गर्दै यी खेलाडीहरुले विभिन्न प्रतियोगितामा जितेका उपाधिहरुवापत सरकारले प्रतिबद्धता ब्यक्त गरे अनुसारको आर्थिक पुरस्कार समयमै उपलब्ध गराउन प्राथमिकता दिनु पर्दछ । नेपालबाट खेलाडीहरु वर्षेनी विदेशमा पलायन भइरहेको वर्तमान अवस्थामा सरकारले मुलुकमा खेलेर पनि बाँच्न सकिने अवस्था सुनिश्चित गर्ने यथोचित कार्यक्रम ल्याउन अब ढिलो गर्न नहुने महसुस गरिएको छ ।

    नेपालमा अहिले विगतको तुलनामा क्रिकेटमा अहिले लगानी बढिरहेको छ । केन्द्रदेखि स्थानीय तहसम्म क्रिकेटमा गतिविधि बढदै गएकाले यस्तो वातावरण बन्दै गएको मान्न सकिन्छ । क्रिकेटप्रति बढ्दै गएको आकर्षणलाई अझ व्यवस्थित गर्न नेपाल क्रिकेट सङ्घलगायत विभिन्न तहका पदाधिकारीहरु लागिपर्नुपर्ने हुन्छ । नेपालमा यसवर्ष पनि थुप्रै विभिन्न घरेलु क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ । यसैक्रममा नेपालमा व्यावसायिक खेलकुद प्रतियोगितामध्ये सबैभन्दा सफल मानिएको नेपाल प्रिमियर लिगको सिजन ३ को घोषणा छिटै गरिने भएको छ ।

    व्यावसायिक क्रिकेटको विकासका लागि नै आगामी जेठ ९ गतेदेखि सुनसरीमा कोशी प्राइड लिग क्रिकेट प्रतियोगिता सुरु हुँदैछ ।

    खेलाडीहरुको स्तर निर्धारण गरी पारिश्रमिक दिइने उक्त प्रतियोगिताको तेस्रो संस्करण निजी क्षेत्रको सक्रियतामा हुन लागेको हो । यसमा सहभागी प्रत्येक टिमले राष्ट्रिय टिमबाट तीन खेलाडीलाई खेलाउन पाउने नियम रहेको छ । नेपाल क्रिकेट सङ्घको यही वैशाख २७ र २८ गते विराटनगरमा आयोजना हुने वार्षिक साधारणसभाले सन् २०२६ को वार्षिक कार्ययोजना तथा बजेट पारित गर्दैछ । नेपालको क्रिकेटलाई समयोचित विकास गर्नका लागि स्कूलदेखि नै प्रशिक्षण सञ्चालन गर्नु जरुरी भइसकेको छ ।

    राजु सिलवाल (रासस)

    बिहिबार, बैशाख २४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.