• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

गम्भीर परिस्थिति, गम्भीर जिम्मेवारी

"युगदर्शन साप्ताहिक वर्ष १७, अंक २८ मा प्रकाशित  "

  •   बुधबार, चैत ११, २०८२ मा प्रकाशित
  • जेनजी आन्दोलनअघि देशमा पूर्व बहुमतको सरकार थियो । पक्कै पनि त्यो सरकारले जनापेक्षाअनुरूप काम गर्न सकिरहेको थिएन । अघिल्ला सरकारका बेथिती, विसङ्गति र कुशासनलाई त्यो सरकारले पनि मलजल गरिरहेको थियो । लोकतन्त्रमा कुनै पनि दलनेतृत्वको शासनलाई आवधिक निर्वाचनले मूल्याङ्कन गर्दछ । तत्कालीन कङ्ग्रेस–एमाले सरकारको मूल्याङ्कन पनि २०८४ सालको निर्वाचनले गर्ने थियो तर एकाएक जेनजी आन्दोलनले सरकारलाई हाइज्याक गरियो । त्यो आन्दोलनमा विदेशी शक्तिको इन्ट्रेस्ट प्रष्ट रूपमा देखा पर्‍यो । सोही इन्ट्रेस्ट पूरा गर्न फागुन २१ गते चुनाव सम्पन्न भयो । त्यो चुनावबाट साम्राज्यवादीको इन्ट्रेस्टअनुरूप नै परिणाम ल्याएको छ । यसबाट राष्ट्रियता र लोकतन्त्र गम्भीर खतरामा पर्नुका साथै देशमा कुशासन कायम हुने देखिएको छ । यद्यपि अहिल्यै सरकार गठन भइसकेको छैन । अहिलेसम्म सार्वजनिक भएको तालिकाअनुसार चैत १२ गते सांसदका शपथ गरिनेछ भने चैत १३ गते नयाँ मन्त्रिपरिषद् गठन हुनेछ । आशा गरौँ, नयाँ सरकारले हामीले गरेको आशङ्कालाई निर्मूल बनाइदिनेछ ।

    Advertisement

    रास्वपाको नाममा अहिले जुन शक्ति सत्तारूढ हुँदैछ, त्यो कुनै स्पष्ट विचार अपनाएको सङ्गठित र अनुशासित शक्ति होइन । यो शक्तिले कुनै पनि ‘वाद’ को पछि नलागेर त्यसलाई ‘उपयोग’ गर्ने बताएको छ भने गत चुनावको दौरानमा सरकार सञ्चालनका लागि रोडम्याड सार्वजनिक गरेको छैन । यो राजनीतिक समूहले विचारलाई महङ्खव दिएको छैन । अर्कोतर्फ, यो समूहले चुनावअघि र चुनावमा जुन कार्यशैली अपनाएको छ, त्यो पुराना सत्तारूढ राजनीतिक दलको भन्दा कुनै पनि मामिलामा फरक छैन । स्वयम् सभापतिमाथि विभिन्न जिल्लामा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा चलिरहेका छन् । चुनावमा विजय हासिल गरेका कैयौँ सांसदमाथि भदौ २४ गते सार्वजनिक सम्पत्ति ध्वस्त गरेका आरोप छन् । अहिले जुन प्रारम्भिक दृश्य देखा परेको छ, त्यसको आधारमा यो शक्तिले सुशासन कायम गर्न सक्नेमा शङ्का छ ।

    अहिले सत्तारूढ हुन थालिरहेको राजनीतिक शक्तिको सबैभन्दा गम्भीर समस्या राष्ट्रियताको हुन सक्ने देखिन्छ । देशमा एमसिसी पारित भयो । त्यसले देशको राष्ट्रिय सार्वभौमिकतामाथि आँच पुग्दैछ भन्ने आवाज देशव्यापी रूपमा उठेको छ तर यो शक्तिले त्यसको विरोध गरेको छैन । यस पार्टीका नेतृत्वले नै अमेरिका, भारत र मुनरो डक्ट्रिनको पक्षमा बोल्दै आएका छन् । त्यसैगरी उनीहरूले एसपिपीबारे धारणा सार्वजनिक गर्न सकिरहेका छैनन् । यता भारतले नेपालमाथि जुन विभिन्न प्रकारका हस्तक्षेप, असमान सन्धिसम्झौता, सीमा अतिक्रमण र माइक्रो म्यानेजमेन्ट गरिरहेको छ, त्यसबारे पनि नयाँ भनिएको शक्तिले विरोध गरेको छैन । यस आधारमा यस सरकारले राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका लागि उभिन सक्ला कि नसक्ला ? सर्वत्र चासोको विषय बनेको छ ।

    सरकार सञ्चालन गर्ने शक्तिसित निश्चित दर्शन, विचार, सिद्धान्त र कार्यक्रम हुनु आवश्यक ठानिन्छ तर अहिले गठन हुन थालेको सरकार र पार्टीसित यस खालको कुनै तङ्खव छैन । जब कुनै शक्तिसित दर्शन, विचार र सिद्धान्त हुन्न, तब उनीहरू कसैको निहित स्वार्थमा उपयोग हुन पुग्दछन् । अहिले जुन कथित स्वतन्त्र पार्टीको सन्दर्भ छ, यो पनि यस्तो चरित्रको राजनीतिक समूह हो । यसरी देशमा अहिले गम्भीर स्थिति उत्पन्न भएको छ । नेपाली जनताको लामो सङ्घर्षको बलमा नै लोकतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता, समावेशिता र विकेन्द्रीकरणको क्षेत्रमा केही न केही काम भएका छन् । आगामी सरकारले यी सबै उपलब्धि समाप्त पारेर देशलाई गलत बाटोतर्फ मोड्ने त होइन भन्ने आशङ्का उत्पन्न भएको छ । देशको भविष्य जनताको हातमा हुन्छ । त्यसैले अहिलेको नयाँ परिस्थितिमा पनि जनतासामु गम्भीर जिम्मेवारी उपस्थित छ ।

    बुधबार, चैत ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी घटनाको सन्दर्भमा
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    राज्यसत्ता
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.