• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

राष्ट्रियताको कवचभित्र लुकेको राजावादी मनसाय


  •   शनिबार, फागुन ३०, २०८२ मा प्रकाशित
  • रामप्रकाश पुरी ##

    Advertisement

    राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुईतिहाइ बहुमत ल्याएपछि देशको सुशासन, राष्ट्रियता, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, भ्रष्टाचारको नियन्त्रण, गणतन्त्र, धर्मनिरपेक्षता, जनताका विभिन्न आन्दोलन र सङ्घर्षका ऐतिहासिक उपलब्धिजस्ता विषयमा विभिन्न परिचर्चा भइरहेका छन् ।

    पहिलो कुरा, राष्ट्रिय स्वतन्त्र पार्टीको आन्दोलन, सङ्घर्ष र योगदानको कुनै ऐतिहासिक पृष्ठभूमि नभएकाले त्यसले देशमा सुशासन दिन सक्छ वा सक्दैन भन्ने प्रश्न उठ्नु स्वाभाविक छ । त्यसले कुनै आन्दोलन, सङ्घर्ष र योगदान गर्ने ऐतिहासिक कार्य नगरेकाले र ऐतिहासिक पृष्ठभूमि पनि नभएकाले त्यसको प्रशासनबारे विचार गर्न अहिलेको अवस्थामा कठिन हुन्छ । त्यो पार्टीको कुनै दार्शनिक, सैद्धान्तिक वा वैचारिकताको निश्चित आधार नभएकाले त्यसले भविष्यमा के कस्ता गतिविधि गर्नेछ ? त्यसबारे भविष्यमा छिट्टै थाहा हुनेछ ।

    दोस्रो कुरा, राष्ट्रिय स्वतन्त्र पार्टीका उच्च नेताको आचरण, छवि र व्यवहारबारे धेरै नै प्रश्न उठ्ने गरेका छन् । सहकारी ठगीलगायतका काण्डका मुद्दा अदालतमा रहेका छन् । उनीहरूले अहिले चुनावमा विजय हासिल गरेपछि देशमा सुशासन कायम गर्न सबै प्रकारको भ्रष्टाचारको अन्त्य गर्नेछन् वा आफ्नो पक्षको बचाउ गरेर कुशासनलाई नै निरन्तरता दिनेछन् ? त्यो पनि भविष्यमा छिट्टै नै सतहमा आउनेछ ।

    तेस्रो कुरा राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म वैदेशिक हस्तक्षेप र चलखेलबारे कुनै विचार राखेको पाइदैन । त्यसले एमसिसी, लिपुलेक, विभिन्न समयमा भएका असमान सन्धिसम्झौताबारे कुनै विचार राखेको छैन । त्यसले त्यसको साम्राज्यवादी एजेन्टको चरित्रलाई उजागर गर्दछ । नागरिकता, एमसिसी र लिपुलेकको विषयलाई लिएर नेपाली जनताले लगातार सङ्घर्ष गर्दै आएका छन् । अब स्वतन्त्र पार्टीले नेपाली जनताका ती आवाजको प्रतिनिधित्व गरेर काम गर्नेछ वा अमेरिकी र भारतीय दलाल भएर ? त्यसको पनि परीक्षा हुनेछ ।

    उपर्युक्त पक्षमाथि विचार गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी एउटा दिशाविहीन जमात हो, जसले आफ्नो दिशा निश्चित गर्न कैयौँ परीक्षा पास गर्नुपर्ने आवश्यकता हुनेछ । उक्त पार्टीले अहिलेकै अवस्थामा देशको शासन चलाउँदै गयो भने देशमा अराजकता, गालीगलौजको राजनीतिको व्यापकता, राष्ट्रियता धर्मराउने, विदेशी साम्राज्यवादीले आफ्नो स्वार्थ पूरा गर्नेछ र देशको भविष्यमा गम्भीर प्रश्न खडा हुने निश्चित छ ।

    अहिले राजावादीले राष्ट्रिय स्वतन्त्र पार्टीले यदि धर्मनिरपेक्षतालाई खारेर गरेर हिन्दु राष्ट्र स्वीकार गरेमा आफूहरूको समर्थन रहने र त्यसका लागि संसद्मा दुईतिहाइ बहुमत पुर्‍याउनका लागि सहयोग गर्ने बताउन थालेका छन् । राजावादीले तथाकथित राष्ट्रियताको कवचभित्र लुकेर गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध आक्रमण गर्दै आएका छन् । अब उनीहरूले स्वतन्त्र पार्टीजस्तो सङ्गठनको माध्यमबाट जनताका आन्दोलन, सङ्घर्ष र बलिदानबाट प्राप्त भएका ऐतिहासिक उपलब्धिलाई समाप्त पार्ने वा संसद्मा दुईतिहाइ बहुमत पुर्‍याएर संविधान नै बदल्ने प्रयत्न गर्नेछन् । उनीहरूको त्यो प्रयत्न पूरा भएमा देश झन् झन् प्रतिगमनतिर जानेछ र त्यसले देशको अवस्थालाई झन् जटिल बनाउनेछ ।

    राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा, एमसिसी, नागरिकता, लिपुलेक र विभिन्न असमान सन्धिसम्झौता देश विरुद्ध उभिएका छन् । यी मुख्य समस्याको रूपमा रहेका छन् । भविष्यमा देशको अवस्थालाई यिनै विषयप्रति अपनाइने राजनीतिले तय गर्नेछ । जनता जागरुक र सजग हुन अनिवार्य छ ।

    शनिबार, फागुन ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन
    कांग्रेस विभाजनपछि एमालेसहितका दलमा पनि विभाजनको खतरा : पूर्णबहादुर खड्का
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.