• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी


  •   सोमबार, फागुन २५, २०८२ मा प्रकाशित
  • काठमाडौँ । इरानमा नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी चयन भएका छन् । सो निर्णय असेम्बली अफ एक्सपट्र्सले गरेको हो ।

    Advertisement

    इरानको सरकारी सञ्चारमाध्यमका अनुसार ८८ सदस्यीय धार्मिक संस्था असेम्बली अफ एक्सपट्र्सको मुख्य जिम्मेवारी देशको सर्वोच्च नेता चयन गर्नु हो । संस्थाले जारी गरेको वक्तव्य सरकारी टेलिभिजनमा समाचारवाचकले पढेर सुनाएका थिए ।

    वक्तव्यमा भनिएको छ– “युद्धको अत्यन्त गम्भीर परिस्थितिमा र हाम्रो संस्थामाथि शत्रुबाट प्रत्यक्ष धम्की आइरहेको अवस्थामा पनि नेतृत्व चयन र घोषणाप्रक्रिया एक क्षणका लागि पनि रोकिएको छैन ।”

    वक्तव्यमा असेम्बली अफ एक्सपट्र्सको सचिवालय कार्यालयमाथि बम आक्रमण हुँदा त्यहाँ कार्यरत केही कर्मचारी र सुरक्षा टोलीका सदस्य मारिएका थिए । त्यसपछि एङ्करले “अल्लाहु अकबर, अल्लाहु अकबर, खामेनी नै रहबर” भन्ने नारा लगाएका थिए ।

    अली खामेनीको अमेरिका र इजरायलको हवाई आक्रमणमा मृत्यु भएपछि धेरैले मोज्तबा खामेनी पनि मारिएका हुन सक्ने आशङ्का गरेका थिए । तर मार्च ३ मा इरानको सरकारी मिडियाले मोज्तबा जीवित रहेको र देशका महत्त्वपूर्ण विषयमा परामर्श तथा समीक्षा मा संलग्न रहेको जनाएको थियो ।

    मोज्तबा को हुन् ?

    मोज्तबा खामेनेईको जन्म सेप्टेम्बर ८, १९६९ मा इरानको उत्तरपूर्वी सहर मशहदमा भएको थियो । उनी अली खामेनीका छ सन्तानमध्ये दोस्रो हुन् । उनले तेहरानको अलावी विद्यालयबाट माध्यमिक शिक्षा पूरा गरेका थिए ।

    इरानी मिडियाका अनुसार १७ वर्षको उमेरमा उनले इरान–इराक युद्धका क्रममा केही अवधिसम्म सेनामा सेवा गरेका थिए ।

    सन् १९९९ मा उनी धार्मिक अध्ययनका लागि कुम सहर पुगेका थिए, जुन शिया धर्मशास्त्र अध्ययनको प्रमुख केन्दू मानिन्छ तर उनले लामो समयसम्म धार्मिक पोसाक नलगाएको र ३० वर्षको उमेरपछि मात्रै मदरसा अध्ययन सुरु गरेको विषय पनि चर्चा भएको थियो ।

    हाल मोज्तबा मध्यस्तरका धर्मगुरु मानिन्छन् । पछिल्लो समय इरानका केही मिडिया र अधिकारीले उनलाई ‘आयतुल्लाह’ भनेर सम्बोधन गर्न थालेका छन् । केही विश्लेषकले यसलाई उनको धार्मिक हैसियत बढाएर नेतृत्वका लागि योग्य देखाउने प्रयासका रूपमा व्याख्या गरेका छन् ।

    विवाद र आरोप

    मोज्तबा खामेनीको नाम पहिलोपटक सन् २००५ को राष्ट्रपतीय चुनावका क्रममा सार्वजनिक रूपमा चर्चामा आएको थियो, जब महमुद अहमदीनेजाद विजयी भएका थिए ।

    सुधारवादी नेता मेहदी कर्रुबीले खुला पत्रमार्फत मोज्तबाले इस्लामिक रिभोल्युसनरी गार्ड कोप्र्स र बसिज मिलिसियाको सहयोगमा चुनावमा हस्तक्षेप गरेको आरोप लगाएका थिए ।

    २००९ को चुनावपछि देशभर भएको प्रदर्शनलाई ग्रिन आन्दोलन भनिएको थियो । केही प्रदर्शनकारीले मोज्तबा आफ्नो बाबुपछि सर्वोच्च नेता बन्ने सम्भावनाको विरोधमा नारासमेत लगाएका थिए ।

    भविष्यका चुनौती

    विश्लेषकका अनुसार मोज्तबा खामेनीले आफ्ना बाबु अली खामेनीको कडा नीतिलाई निरन्तरता दिन सक्छन् । केहीले युद्धमा आफ्ना परिवारका सदस्य गुमाएका कारण उनी पश्चिमी देशको दबाबमा सजिलै नझुक्ने अनुमान गरेका छन् तर उनको अगाडि सबैभन्दा ठुलो चुनौती भनेको इस्लामी गणराज्यको स्थायित्व कायम राख्नु र आर्थिक तथा राजनीतिक सङ्कटबाट देशलाई बाहिर निकाल्ने नेतृत्व प्रदान गर्नु हुनेछ । त्यसैगरी इरानको शासन वंशानुगत प्रणालीतर्फ गइरहेको भन्ने धारणा पनि जनअसन्तुष्टि बढाउने कारण बन्न सक्छ ।

    यसैबिच इजरायलका रक्षामन्त्रीले इरानका नयाँ उत्तराधिकारी पनि स्पष्ट रूपमा निसानामा रहने चेतावनी दिएका छन् । त्यसैले मोज्तबा खामेनी भविष्यमा पनि अमेरिका र इजरायको निशानामा पर्ने सम्भावना रहेको आशङ्का गरिएको छ । (एजेन्सी)

    सोमबार, फागुन २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.