सिडनी । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले बुधबार इरानमा अमेरिकी–इजरायली आक्रमण अन्तर्राष्ट्रिय कानुन विरोधी भएको उल्लेख गर्दै द्वन्द्वलाई तुरुन्त कम गर्न आह्वान गरेका छन् ।
Advertisement
सिड्नीस्थित लोवी इन्स्टिच्युट थिङ्क ट्याङ्कमा मन्तव्य राख्दै उनले क्यानडाले इरान सरकारको ढाँचा परिवर्तन गर्ने कदमलाई स्वागत गरेको भए पनि प्रत्यक्ष सैन्य आक्रमण पहिलो दृष्टिमा सुसङ्गत नदेखिएको बताए ।
पूर्वकेन्द्रीय बैङ्क प्रमुख कार्नीले भने– ‘म वकिल होइन तर अन्तर्राष्ट्रिय कानुनको विशेषज्ञ हुँ । यो अरूले गर्नुपर्ने निर्णय हो ।’
उनका अनुसार क्यानडाले युद्धलाई छिटो शान्त पार्न सहयोग गर्न तयार छ र अन्तर्राष्ट्रिय कानुन सबै लडाकु पक्षलाई बाँध्ने स्पष्टता पुन: पुष्टि गर्दछ । (रासस/एएफपी)