नयाँदिल्ली । दिल्लीको अदालतले भारतीय विपक्षी नेता अरविन्द केजरीवाललाई लामो समयदेखि चलिरहेको भ्रष्टाचार मुद्दामा निर्दोष ठहर गर्दै सबै आरोपबाट मुक्त गरेको छ ।
अदालतले शुक्रबारको फैसला दिँदै केजरीवाल केजरीवाललाई भ्रष्टाचारको आरोपबाट मुक्त गरेको हो ।
सन् २०२५ मा दिल्लीको मुख्यमन्त्री रहेका केजरीवाल मार्च २०२४ मा मदिरा इजाजतपत्र बाँडफाँटमा घुस लिएको आरोपमा पक्राउ परेका थिए र केही महिना उनी जेलमा बसेका थिए । अदालतले उनी, उनका पूर्व सहायक मनिष सिसोदिया र अन्य २१ जनालाई सबै आरोपबाट मुक्त गरेको छ ।
फैसलापछि पत्रकारसँगको संवादमा केजरीवालले भने– ‘सत्यको विजय भएको छ ।’
उनले सत्ताधारी पार्टी भारतीय जनता पार्टी (बिजेपी) ले आम आदमी पार्टीलाई समाप्त गर्ने प्रयासमा राजनीतिक षड्यन्त्र प्रयोग गरेको आरोप लगाए ।
५७ वर्षीय केजरीवालले आफ्नो करियर कर सङ्कलनकर्ताको रूपमा सुरु गरेका थिए तर भ्रष्टाचार विरोधी अभियानमा जुट्न निजामती सेवा छाडे, जसले उनलाई राष्ट्रियस्तरमा ख्याति दिलाएको थियो । (रासस/एएफपी)