न्युयोर्क । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले इरान र अमेरिकाबिचको वार्ताले निर्णायक र रचनात्मक परिणाम ल्याउने आशा व्यक्त गरेका छन् ।
राष्ट्र सङ्घका महासचिवका प्रवक्ता स्टेफन डुजारिकले पत्रकारसँगको साक्षात्कारमा इरान र अमेरिकाबिचको अप्रत्यक्ष वार्ताको निरन्तरतालाई स्वागत गरेका छन् ।
वार्ताको पहिलो चरण ओमानले आयोजना गरेको थियो भने दोस्रो चरण स्विटजरल्याण्डको जेनेभामा भएको थियो ।
गुटेरेसले वार्ताले क्षेत्रीय तनाव तथा युद्धको अन्ते गरी दिगो व्यवस्यापन गर्ने आशा व्यक्त गर्दै संयुक्त राष्ट्रको बडापत्र अनुसार द्वन्द्व समाधान गर्नुपर्ने कुरामा जोड दिए ।
तेहरान र वासिङटनबिचको अप्रत्यक्ष वार्ता फेब्रुअरी ६ मा ओमानको राजधानी मस्कटमा सुरु भएको थियो । त्यहाँ इरानी र अमेरिकी प्रतिनिधिमण्डलले जेनेभामा दोस्रो चरणको वार्ता गर्न सहमत हुनुअघि ओमानी मध्यस्थतामार्फत विभिन्न दृष्टिकोण आदानप्रदान गरेका थिए । (रासस/क्युएनए)