• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

देशीय प्रतिगमन र साम्राज्यवादी खतरा

"युगदर्शन साप्ताहिक वर्ष १७, अंक २१ मा प्रकाशित सम्पादकीय "

  •   बुधबार, माघ २१, २०८२ मा प्रकाशित
  • आगामी फागुन २१ गतेको चुनावका लागि देश यतिखेर चुनावमय बनेको छ । त्यसका साथै यस चुनावसित कैयौँ विशिष्टता पनि जोडिएका छन् । सर्वप्रथम त यो चुनाव जेनजी घटनाको सन्दर्भमा हुन गइरहेको छ । जेनजी घटना आफैमा पहिलो र विरलै घटना हो । जेनजी घटनामा साम्राज्यवादी चलखेलका तथ्य क्रमशः खुल्दै गइरहेका छन् । २०६२–६३ सालको जनआन्दोलनको बलमा गठन भएको लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त पार्न प्रतिगमनकारी चलखेल जारी नै थियो, अब साम्राज्यवादी चलखेल बढेर गएको छ । त्यसै क्रममा जेनजी घटना प्रायोजन गरियो र त्यही घटनाको सन्दर्भमा फागुन २१ गतेको चुनाव हुन गइरहेको छ ।

    Advertisement

    गत भदौ २३–२४ गतेको जेनजी घटनाले देशमा गम्भीर अनिश्चयताको भुमरीको स्थिति उत्पन्न भएको छ । यसअघि प्रतिगामी शक्तिको चलखेल अहिले पनि यथावत् नै छ । प्रतिगामी तङ्खवले आफ्‌नो पुनर्स्थापना गर्न चाहिरहेकै छन् । त्यससँगै अमेरिकी साम्राज्यवादले उमेरको विषयलाई दुरुपयोग गरेर जेनजी घटना उठान गर्नमा सफलता प्राप्त गरेको छ । पछिल्लो समयमा जब अमेरिकाले हिन्दप्रसान्त रणनीति अगाडि सार्‍यो; त्यसको कार्यान्वयनको क्रममा एमसिसी पारित गराउनमा सफलता प्राप्त गर्‍यो र त्यससँगै एसपिपीसमेत पारित गर्न खोज्यो, त्यसपछि देश गम्भीर अमेरिकी चलखेलमा फसेको छ । काठमाडौँस्थित अमेरिकी दूतावासले ८० हजारभन्दा बढी युवाविद्यार्थीमाझ युथ काउन्सिलको सदस्यता विस्तार गरेसँगै देशमा राष्ट्रिय स्वतन्त्र पार्टी र जेनजीजस्ता शक्ति सतहमा आएका छन् । चीनलाई घेराबन्दी गर्ने एउटा उपयुक्त भूमिको रूपमा नेपाललाई लिइएसँगै देशमो यो स्थिति देखा परेको हो ।

    चीनको विरुद्धमा अमेरिकी रणनीतिको नेपालमा कार्यान्वयनबारे पार्टीगत रूपमा नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चा स्पष्ट देखिन्छन् तर अन्य राजनीतिक पार्टीहरू यसबारे सचेत छैनन् । पक्कै पनि ती पार्टीभित्र व्यक्तिगत रूपमा कैयौँ व्यक्तित्व अमेरिकी चलखेलबारे प्रष्ट छन् । फेरि पनि पार्टीगत रूपमा स्पष्टताको अभावमा ती दलले त्यसका विरुद्ध ठोस भूमिका खेल्न सकिरहेका छैनन् । परिणाम यो भएको छ, आज अमेरिकी साम्राज्यवाद सत्तानिकट घुमिरहने पार्टीभित्रै खेल्न थालिरहेको छ । त्यस सन्दर्भमा त्यसको सिकार नेपाली कङ्ग्रेसलगायतका दल भएको शङ्का गर्न सकिन्छ । अहिलेसम्म भारतले नेपालका राजनीतिक दलको माझमा माइक्रो म्यानेजमेन्ट गर्दै आएको सन्दर्भमा अहिले अमेरिकाले त्यही भूमिका खेल्न खोजिरहेको मान्न थालिएको छ ।

    सत्तानिकट रहिरहने नेपाली कङ्ग्रेस, नेकपा (एमाले), हाल गठन भएको नेपाली कम्युनिस्ट पार्टी र मधेसवादी राजनीतिक दलहरूले भारतीय र अमेरिकी साम्राज्यवादको पक्षमा काम गर्दै आइरहेका छन् । त्यसका बाबजुद उनीहरू “एक चीन नीति” को सवालमा उनीहरू पूरै विरोधमा जान सकिरहेका छैनन् । यस्तो अवस्थामा उनीहरूलाई “एक चीन नीति” विरुद्ध उभ्याउन अमेरिकाले प्रयास गर्दै आइरहेको छ । त्यसो गर्न सम्भव नभएको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वा जेनजीजस्ता विभिन्न विकल्प तयार पार्ने काम अमेरिकाबाट भइरहेको छ । अहिलेसम्मको अभ्यास हेर्दा पुराना राजनीतिक दललाई मुख्यतः भारतले परिचालन गर्दै थप मधेसवादी दललाई परिचालन गर्दै आएकोमा अब त्यो खेलमा अमेरिका थपिएको छ । उसले पनि पुराना दललाई अधिकतम उपयोग गर्ने प्रयत्न गर्दै रास्वपा र जेनजीजस्ता पक्षलाई उपयोग गर्ने प्रयास गरिरहेको छ ।

    आगामी फागुन २१ गतेको चुनावमा भारत र अमेरिकी यी दुई स्वार्थको परिणाम अवश्य पनि देखा पर्नेछ तर देशमा राष्ट्रिय जनमोर्चाजस्ता साम्राज्यवाद विरोधी राजनीतिक शक्ति पनि मैदानमा छन् । नेपाली जनताले यस्ता शक्तिका उम्मेदवारलाई पहिचान गर्नुपर्ने बेला आएको छ । इतिहासमै पहिलोपटक अमेरिकी साम्राज्यवादबाट नेपालको राष्ट्रियता गम्भीर खतरामा परिरहेकोमा नेपाली जनताले यो नयाँ परिस्थितिबारे सचेत हुनुपर्ने आवश्यकता छ । यस्तो सतर्कता मतदानमार्फत व्यक्त हुनुपर्दछ ।

    बुधबार, माघ २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    जनजाति मुक्ति आन्दोलन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.