• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

स्वास्थ्य बिमाप्रति सरकारको उदासिनता


  •   बुधबार, माघ १४, २०८२ मा प्रकाशित
  • स्वास्थ्य बिमाको सम्बन्धमा यतिखेर विवाद छ । त्यो विवाद सङ्घीय अस्पतालले सेवा रोकेपछि उत्पन्न भएको हो । खासगरी त्रिवि टिचिङ अस्पतालले माघ १ गतेदेखि स्वास्थ्य बिमा सेवा रोकेपछि त्यो विवाद बढ्दै गएको छ । त्यस्तै अर्को सङ्घीय अस्पताल गङ्गालाल हृदयरोग केन्द्रले पनि स्वास्थ्य बिमा उपचारमा रोक लगाएको छ । यसै विवादबिच बोर्डका पुराना कार्यकारी निर्देशकले राजीनामा दिएपछि नयाँ कार्यकारी निर्देशकको नियुक्ति भइसकेको छ । त्यसका बाबजुद स्वास्थ्य बिमासम्बन्धी विवाद साम्य भइसकेको छैन । यता बोर्डले माघ १२ गते अर्को सूचना जारी गरेर उपचारसम्बन्धी दाबी प्रस्तुत गर्न भनेको छ । अर्कोतिर, मन्त्रालय स्तरबाटै विद्यमान संरचना वा प्रणालीअन्तर्गत स्वास्थ्य बिमा चल्न नसक्ने र त्यसको विकल्प खोजिनुपर्ने आवश्यकतामाथि जोड दिएको छ । यसै सन्दर्भमा युगदर्शन मिडियाले बिमा बोर्डका सूचना अधिकारीसितको भिडियो अन्तर्वार्ता प्रसारण गरिसकेको छ ।

    Advertisement

    स्वास्थ्य बिमा सरकारी परियोजना हो । यसलाई कार्यान्वयन गर्ने पनि सरकारी निकाय नै हो । त्यसबापत् पाँच जनाका लागि वार्षिक ३,५०० रुपियाँ प्रिमियम तिर्नुपर्ने व्यवस्था छ । त्यसबाहेक कानुनले तोकेअनुसारका व्यक्तिका लागि निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था छ । निश्चित प्रिमियम तिरेपछि नागरिकले एक लाख रुपियाँसम्मको उपचार पाउँछन् । त्यससँगै निश्चित कडा खालका रोगका लागि सरकाले दुई लाख रुपियाँका थप छुट्याएको छ । त्यस्तै विपन्न नागरिक उपचारको नाममा केही रकम छुट्याइएको छ । यसरी स्वास्थ्य बिमा र अन्य दुई योजनाको आधारमा नागरिकले करिब पाँच लाख रुपियाँको उपचार सरकारी स्वास्थ्य निकायबाट पाउने व्यवस्था छ । यस्तो व्यवस्था संविधान र कानुनअनुसार नै छ । संविधानको धारा ३५ ले आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने र अन्य सेवामा भेदभाव नगरिने भनेको छ ।

    यहाँनेर प्रश्न उठेको छ, स्वास्थ्य बिमा सरकारी योजना हो र त्यसलाई कार्यान्वयन गर्ने स्वास्थ्य संस्था पनि सरकारी निकाय नै हुन भने सङ्घीय अस्पतालले स्वास्थ्य बिमा उपचारमाथि किन रोक लगाए ? किन प्रिमियम तिरेका बिमित त्यसबाट प्रभावित भइरहेका छन् ? यसको कारण खुलाउँदै टिचिङले भनेको छ– उपचारपछि दाबी भुक्तानीमा परेको फरकले गर्दा नै स्वास्थ्य बिमा बन्द गरिएको हो नत्र बन्द गर्नुपर्ने कुनै कारण थिएन । उदाहरणका लागि टिचिङमा निमोनियाको उपचारका लागि डेढ लाख रुपियाँसम्म खर्च हुने गरेको छ तर बोर्डले त्यसका लागि १५ हजार रुपियाँ मात्र तोकेको छ । यसले गर्दा सम्बन्धित अस्पताललाई अप्ठेरो परेको बताइएको छ । यस्ता विषयमा सरकारले समयमै ध्यान दिनुपर्दछ नत्र भने सरकारले ढिलोचाँडो बाँकी रकम भुक्तानी गर्ने नै गरेको छ । २०८१ सालसम्मको पूरै रकम बिमा बोर्डले भुझानी गरिसकेको छ भने असोजसम्मको ४६ प्रतिशत रकम भुक्तानी भइसकेको छ । त्यस आधारमा बाँकी रकम पनि बिमामा आबद्ध पाँच सय १० अस्पतालले भुक्तानी पाउने नै छन् ।

    पछिल्लो समयमा सरकारले स्वास्थ्य बिमाबारे उदासिनता देखाएको छ । स्वयम् स्वास्थ्यमन्त्रीले नै नागरिकले स्वास्थ्य बिमाको नाममा अनावश्यक उपचार गराइरहेको टिप्पणीसमेत गर्न भ्याएकी छिन् । उनको भनाइको दुईओटा अर्थ छ : एकातिर– नागरिकले स्वास्थ्य परीक्षणको नाममा बढी खर्च गरे; अर्कातिर– नागरिकले विशेषज्ञ सेवा पाउने अपेक्षा गरे । यद्यपि आधारभूत सेवा सरकारी निकायले निःशुल्क प्रदान गरिरहेकोमा यस्तो डुप्लिेकसनलाई नियन्त्रण गर्न सकिन्छ । त्यसका बाबजुद नागरिकमा स्वास्थ्यप्रति सचेतना आउनु स्वागतयोग्य विषय नै हो । स्वास्थ्य परीक्षण उपचारको प्रारम्भिक र अनिवार्य क्रियाकलाप हो । नागरिकको यस्तो चासोलाई सरकारले सकारात्मक रूपमा लिनुपर्दछ किनकि स्वस्थ नागरिक राष्ट्रको अमूल्य सम्पत्ति हो र जुन देशको नागरिक स्वस्थ हुन्छन्, त्यो देश नै स्वस्थ हुन्छ ।

    बुधबार, माघ १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन
    कांग्रेस विभाजनपछि एमालेसहितका दलमा पनि विभाजनको खतरा : पूर्णबहादुर खड्का
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.