• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त

बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

ग्रिनल्यान्डमा युरोपेली सैन्य तैनाथी सुरु


  •   बिहिबार, माघ ०१, २०८२ मा प्रकाशित
  • नुक । खनिज–सम्पन्न तथा रणनीतिक रूपमा महत्त्वपूर्ण आर्कटिक टापु ग्रिनल्यान्डलाई लिएर बढ्दो कूटनीतिक तनावबीच युरोपेली देशहरूका सैन्य कर्मचारीहरू बिहीबारदेखि ग्रिनल्यान्ड आइपुग्न थालेका छन् । वासिङ्टनमा अमेरिकी, डेनिस र ग्रिनल्यान्डका अधिकारीहरूबीच भएको उच्चस्तरीय बैठकले ‘मौलिक असहमति’ समाधान गर्न नसकेको केही समयपछि यो सैन्य तैनाथी सुरु भएको हो ।

    Advertisement

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वायत्त डेनमार्क क्षेत्र ग्रिनल्यान्डलाई अमेरिकी नियन्त्रणमा लिनुपर्ने धारणा पटक–पटक सार्वजनिक गर्दै आउनुभएको छ । उहाँले ग्रिनल्यान्ड अमेरिकी राष्ट्रिय सुरक्षाका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको तर्क गर्दै आउनुभएको छ ।

    यसै सन्दर्भमा फ्रान्स, स्विडेन, जर्मनी र नर्वेले बुधबार संयुक्त रूपमा घोषणा गर्दै ग्रिनल्यान्डको राजधानी नुकमा जासुसी तथा अनुगमन मिसनको हिस्साका रूपमा सैन्य कर्मचारीहरू तैनाथ गर्ने जानकारी दिएका थिए ।

    ग्रिनल्यान्डका उपप्रधानमन्त्री म्युट इगेडले बुधबार आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “आजदेखि र आगामी दिनहरूमा नाटोका सैनिकहरूको ग्रिनल्यान्डमा उपस्थिति थप बढ्ने अपेक्षा गरिएको छ । थप सैन्य उडान र जहाजहरूको आवागमन पनि हुनेछ ।” उहाँका अनुसार ती सैन्य गतिविधिहरू ‘प्रशिक्षण’ का रूपमा सञ्चालन गरिनेछ ।

    फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले सामाजिक सञ्जाल एक्समार्फत ‘पहिलो फ्रान्सेली सैन्य कर्मचारीहरू ग्रिनल्यान्डतर्फ प्रस्थान गरिसकेका छन्, अन्यले पनि क्रमशः पछ्याउनेछन्’ भनी जानकारी दिनुभयो ।

    डेनमार्कको निमन्त्रणामा जर्मनीले पनि सक्रिय सहभागिता जनाएको छ। जर्मन रक्षा मन्त्रालयका अनुसार १३ सदस्यीय शक्तिशाली बुन्डेसवेहर जासुसी टोली बिहीबारदेखि आइतबारसम्म नुकमा तैनाथ गरिएको छ ।

    डेनमार्क र ग्रिनल्यान्डका विदेशमन्त्रीहरूले वासिङ्टनमा अमेरिकी उपराष्ट्रपति जे. डी. भान्स र विदेशमन्त्री मार्को रुबियोसँग भेट गरेको दिन नै उक्त सैन्य तैनाथीको औपचारिक घोषणा गरिएको थियो ।

    ह्वाइट हाउसबाट बाहिरिँदै डेनमार्कका विदेशमन्त्री लार्स लोक्के रासमुसेनले ग्रिनल्यान्डमाथि अमेरिकाको नियन्त्रण ‘बिल्कुलै आवश्यक नभएको’ स्पष्ट पार्नुभयो । उहाँले पत्रकारहरूसँग भन्नुभयो, “हामी अमेरिकी धारणा परिवर्तन गर्न सफल भएनौँ । राष्ट्रपतिको ग्रिनल्यान्डमाथि नियन्त्रण प्राप्त गर्ने चाहना अझै स्पष्ट देखिन्छ । त्यसैले हामीबीच अझै पनि मौलिक असहमति कायम छ, यद्यपि हामी असहमत हुन पनि सहमत भएका छौँ ।”

    उक्त बैठकमा सहभागी नभएपछि प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले पहिलोपटक मेलमिलापपूर्ण स्वर प्रयोग गर्दै डेनमार्कका चासोहरूलाई स्वीकार गर्नुभएको थियो । तर उहाँले कुनै पनि सम्भावित विकल्प पूर्ण रूपमा अस्वीकार नगरेको सङ्केत गर्नुभयो । “डेनमार्कसँग मेरो निकै राम्रो सम्बन्ध छ । यो विषय कसरी अगाडि बढ्छ, हामी हेर्नेछौँ । मलाई लाग्छ, केही न केही समाधान अवश्य निस्कनेछ”, उहाँले थप विवरण नदिई भन्नुभयो ।

    उहाँले पुनः दोहोर्‍याउँदै यदि रुस वा चीनले ग्रिनल्यान्ड नियन्त्रणमा लिन खोजेमा डेनमार्क शक्तिहीन हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “हामीसँग भने गर्न सक्ने सबै क्षमता छ ।”

    जनवरी ३ मा भेनेजुएलामा घातक आक्रमणको आदेश दिई राष्ट्रपति निकोलस मदुरोलाई अपदस्थ गरिएपछि राष्ट्रपति ट्रम्प ग्रिनल्यान्डको विषयमा झनै सक्रिय र उत्साहित देखिनुभएको छ ।

    यसैबीच, ग्रिनल्यान्डको राजधानी नुकमा राष्ट्रिय एकताको सन्देशस्वरूप सडक, पसलका झ्याल, अपार्टमेन्टका बालकनी तथा कार र बसहरूमा रातो र सेतो ग्रिनल्यान्डको झण्डा फहराइएको देखिएको छ । तर कतिपय स्थानीय बासिन्दाहरूले आफूहरू अचानक अन्तर्राष्ट्रिय भूराजनीतिक केन्द्रमा पर्नुपरेकोमा चिन्ता व्यक्त गरेका छन् ।

    “यो निकै डर लाग्दो छ, किनभने कुरा अत्यन्तै ठूलो बनेको छ”, नुककी ५१ वर्षीया शिक्षिका भेरा स्टिडसेनले भन्नुभयो, “मलाई आशा छ, भविष्यमा पनि हामी अहिले जस्तै शान्तिपूर्वक र बिना कुनै खलल जीवन बिताउन सक्नेछौँ ।”

    बिहिबार, माघ ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने
    माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी
    स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु
    अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला
    इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप
    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

    • २.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    • ३.
      कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

    • ४.
      अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त

    • ५.
      बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

    • ६.
      हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

    • ७.
      सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

    • ८.
      नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.