• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

बन्दै चुनावी वातावरण

"युगदर्शन साप्ताहिक वर्ष १७, अंक १७ मा प्रकाशित सम्पादकीय "

  •   बुधबार, पुष १६, २०८२ मा प्रकाशित
  • समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा दर्ता भएसँगै देशमा चुनावी वातावरण बन्न थालेको छ । आयोगले २०८२ पुस १३–१४ गते समानुपातिकतर्फको बन्दसूची दर्ता गर्ने कार्यतालिका तय गरेको थियो । सोहीअनुसार दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । कैयौँ राजनीतिक दलको माझमा एकीकरण वा आन्तरिक गृहकार्यमा विलम्ब हुँदा दोस्रो दिन बढी बन्दसूची दर्ता भएको छ । राष्ट्रिय जनमोर्चाले पहिलो दिन नै बन्दसूची दर्ता गरेको थियो । दोस्रो दिन बाँकी राजनीतिक दलले बन्दसूची दर्ता गराएका थिए ।

    Advertisement

    २०७८ सालको राष्ट्रिय जनगणनाअनुसार निर्वाचन आयोगले समावेशी क्लस्टरको अनुपात परिमार्जन गरेको थियो । त्यसअनुसार अब खसआर्य ३०.२८ प्रतिशत, आदिवासी जनजाति २८.७२ प्रतिशत, मधेसी १६.१५ प्रतिशत, दलित १३.४४ प्रतिशत, थारू ६.५ प्रतिशत र मुस्लिम ४.८० प्रतिशत समानुपातिक अनुपात रहनेछ । समानुपातिकका एक सय १० उम्मेदवारमध्ये उपर्युक्त अनुपातमा उम्मेदवारी दर्ता गरिन्छ । त्यसमध्ये ५० प्रतिशत नघटाईकन महिला रहन्छन् । आयोगले अब सो बन्दसूचीको छानबिन प्रक्रिया अगाडि बढाउनेछ । पुस १७ गतेदेखि दलका प्रतिनिधिकै उपस्थितिमा छानबिन प्रक्रिया सुरु हुनेछ । त्यस क्रममा त्रुटि सच्याउनुका साथै दाबीविरोधको प्रक्रिया अगाडि बढ्नेछ । अन्तिममा सदर बन्दसूची तयार हुनेछ । त्यसको अन्तिम सूची सम्बन्धित राजनीतिक दललाई पनि दिइनेछ । त्यससँगै चुनाव चिह्‌न पनि प्रदान गरिनेछ ।

    पछिल्लो समयमा चुनावसम्बन्धी गतिविधि तीव्र भएर गएका छन् । त्यस क्रममा दलहरूको धु्रवीकरण तीव्र बनेको थियो । पुराना वा नयाँ दलको माझमा दलीय एकता वा चुनावी सहकार्यसम्बन्धी कैयौँ सम्झौता भएका थिए । यद्यपि यस्तो सहकार्य वा दलीय धु्रवीकरणको प्रक्रिया समाप्त भइसकेको छैन । चुनाव प्रचारप्रसारको अन्तिम दिन मौनअवधि सुरु हुनुभन्दा अघिसम्म यस्तो धु्रवीकरण चलिरहनेछ । फेरि पनि यस्तो धु्रवीकरणले समानुपातिक निर्वाचनलाई असर पार्ने छैन । यस्तो धु्रवीकरणले प्रत्यक्षतर्फको अर्थात् पहिला हुने निर्वाचनलाई नै असर पार्नेछ । समानुपातिक बन्दसूची प्रस्तुत भएसँगै निर्वाचनको प्रक्रिया अझ एक कदम अगाडि बढेको छ । यससँगै राजनीतिक धु्रवीकरणसँगै चुनाव प्रचारप्रसारका गतिविधि पनि अगाडि बढ्नेछन् ।

    चुनाव लोकतन्त्रको आधारभूत अङ्ग हो । त्यस अर्थमा यो सामान्य राजनीतिक प्रक्रिया पनि हो । त्यसका साथै यो निर्णायक प्रक्रिया पनि हो । यसले देशको भविष्य के हुने भन्ने विषयलाई पनि काफी हदसम्म टुङ्गो लगाउनेछ । यतिखेर हाम्रो देशको प्रतिनिधिसभा निर्वाचन विषम परिस्थितिमा हुन गइरहेको छ । २०७९ सालको आमनिर्वाचनबाट बनेको दुई ठुला दलको पूर्ण बहुमतर्युक्त सरकार जेनजी प्रदर्शनको नाममा पतन भएको थियो र अब देश मध्यावधि निर्वाचनतर्फ सोझिएको छ । यद्यपि यसको नामकरण मध्यावधि निर्वाचनको रूपमा गरिएको छैन । जेनजी आन्दोलनमा साम्राज्यवादी स्वार्थ, मुख्यतः अमेरिकी साम्राज्यवादी स्वार्थले काम गरेको थियो भन्ने तथ्य खुल्दै गइरहेको छ । त्यस अर्थमा आगामी निर्वाचनमा पनि अमेरिकी साम्राज्यवादको स्वार्थ प्रतिबिम्बित हुने स्पष्ट नै छ ।

    कुनै पनि देशको भविष्य त्यस देशका जनताले तय गर्दछन् । यो चुनावलाई पनि त्यो बाटोमा हिँडाउनु देशभक्त तथा लोकतान्त्रिक शक्तिका लागि चुनौतीको विषय भएको छ । अहिले शङ्कास्पद, ध्वंसका पक्षधर तथा अमेरिकी साम्राज्यवाद पक्षधर शक्तिको चलखेल धेरै नै बढेर गएको छ । पुराना दलप्रति घृणा उत्पन्न गराएर उनीहरूले आफ्‌नो निहित स्वार्थ पूरा गर्ने प्रयास गरिरहेका छन् तर पुराना दललाई निषेध गर्नु भनेको लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशितामाथि आक्रमण गर्नु हो । यदि साम्राज्यवादी स्वार्थ पूरा हुन्छ भने देशको राष्ट्रियतामाथि नै गम्भीर आघात पुग्नेछ । यी खतरालाई किनारा लगाउन पनि निर्वाचन आवश्यक छ । त्यस अर्थमा देश निर्वाचनमय हुनु खुसीको कुरा हो ।

    बुधबार, पुष १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन
    कांग्रेस विभाजनपछि एमालेसहितका दलमा पनि विभाजनको खतरा : पूर्णबहादुर खड्का
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.