• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

राष्ट्रियता रहने कि नरहने गम्भीर अवस्था उत्पन्न भएको छ : शर्मा (भिडियोसहित)


  •   शनिबार, मङि्सर २७, २०८२ मा प्रकाशित
  • धनवीर पुनमगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार आनन्द शर्माले देशको राष्ट्रियता रहने कि नरहनेजस्तो गम्भीर अवस्था उत्पन्न भएको बताउनुभएको छ ।

    २०८२ मङ्सिर २७ गते शनिबार कलङ्कीचोकमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उहाँले सो विश्लेषण अगाडि सार्नुभएको हो ।

    उहाँले भन्नुभयो– ‘देशको राष्ट्रियता रहने कि नरहने अत्यन्तै गम्भीर अवस्था उत्पन्न भएको छ ।’

    गत भदौ २३–२४ आन्दोलनको सञ्चालनकर्ता विदेशी शक्तिकेन्द्र रहेको बताउँदै उहाँले यही कारणले राष्ट्रियता गम्भीर अवस्थमा पुगेको बताउनुभयो ।

    ‘राज्यका सबै निकाय सेटिङमा चलेको देखिन्छ’ उहाँले भन्नुभयो– ‘साम्राज्यवादी घुसपैठका कारण जेनजी आन्दोलन साच्चिकै सुशासनको पक्षमा थियो या नेपालमा नयाँ जेलेन्स्की बनाउने कोसिस थियो भन्ने आशङ्का पैदा भएको छ ।’

    भ्रष्टाचारका कारण देशमा गम्भीर स्थिति उत्पन्न भएको बताउँदै उहाँले सङ्घीयताका कारणसमेत भ्रष्टाचार अरू गम्भीर बनेको उहाँको भनाइ थियो ।

    मन्तव्यको क्रममा उहाँले राष्ट्रिय जनमोर्चा मात्रै भ्रष्टाचारको विरुद्ध निरन्तर सङ्घर्षशील शक्ति रहेको बताउनुभयो ।

    भ्रष्टाचार निर्मूल नभए देशको राष्ट्रियतासमेत खतरामा परिरहने उहाँको भनाइ थियो ।

    त्यस्तै, नेपालको विशिष्ट भौगोलिक अवस्थितिका कारण पनि देशको राष्ट्रियता खतरामा परेको उहाँको अर्को तर्क थियो ।

    फरक प्रसङ्गमा उहाँले फागुन २१ गते प्रतिनिधिसभा चुनावको मिति घोषणा हुन्छ वा हुन्न भन्न नसकिने स्थिति रहेको बताउनुभयो ।

    ‘चुनाव घोषणा भए तापनि तोकिएको समयमा हुन्छ वा हुँदैन ? निश्चित छैन’ उहाँले भन्नुभयो– ‘तर तोकिएको मितिमा चुनाव हुनुपर्दछ अन्यथा संसद् पुन:स्थापना हुनुपर्दछ ।’

    त्यस्तै, राजमो केन्द्रीय सदस्य लालबहादुर थापाले मन्तव्य राख्दै जेनजी आन्दोलनको आवरणमा नेपालको राष्ट्रियता विघटन गराउने प्रयास भइरहेको बताउनुभयो ।

    उहाँले राष्टविरोधी यस्तो खतराका विरुद्ध सम्पूर्ण देशभक्त शक्तिहरू एकजुट हुनुपर्ने बताउनुभयो ।

    नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगत्प्रसाद रेग्मीले राजनीतिक दलको सत्ता दुरुपयोगले गर्दा जेनजी आन्दोलन उठेको धारणा राख्नुभयो ।

    उहाँका अनुसार सत्तारूढ दलको लुटका विरुद्ध जेनजी आन्दोलन उठेको थियो तर त्यसलाई साम्राज्यवादले हाइज्याक गरेका थिए ।

    राजमो काठमाडौँका सचिव छवि खनालको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रमको सञ्चालन जातीय समता समाजका केन्द्रीय सदस्य भक्त विश्वकर्माले गर्नुभएको थियो । 


    शनिबार, मङि्सर २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.