काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तरर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले साविक विजेता जनकपुर बोल्ट्सलाई तीन रनले हराएको छ ।
Advertisement
जितका लागि पाएको एक सय ३० रनको लक्ष्य पछ्याएको जनकपुरको पारी २० ओभरमा छ विकेटको क्षतिमा एक सय २६ रनमा समेटियो ।
कर्णाली याक्सका लागि इमरान शेखले सर्वाधिक ३३ रन बनाए । बलिङतर्फ जनकपुरका लागि आदित्य महता र ललितनारायण राजवंशीले दुई दुई विकेट लिए ।
त्यसैगरी जनकपुर बोल्ट्सका लागि ब्याटिङ गर्ने क्रममा सञ्जय कृष्णमूर्तिले अर्धशतकीय पारी खेल्दै ५१ रन बनाए । बलिङतर्फ कर्णाली याक्सका लागि विलियम विसिस्टोले दुई विकेट लिए ।