• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

एनपिएलः चार टोली च्याम्पियन बन्ने दाउमा


  •   आइतबार, मङि्सर २१, २०८२ मा प्रकाशित
  • काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दाउमा चार टोली प्रतिस्पर्धामा छन् ।

    Advertisement

    प्लेअफ समीकरण पूरा भइसक्दा १२ अंकसहित शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र १० अंकसहित दोस्रो स्थानमा रहेको विराटनगरले किङ्गस पहिलो क्वालिफायर खेल्ने भएका छन् ।

    समान १० अंक बटुलेको काठमाडौँ गोर्खाज भने विराटनगरभन्दा पछि पर्दै इलिमिनेटर खेल्ने भएको छ । इलिमिनेटरमा काठमाडौँले लुम्बिनी लायन्सको सामना गर्नेछ । लुम्बिनी सात खेलबाट आठ अंक जोडेर प्लेअफमा सुरक्षित भएको हो । यी सबै टोली नयाँ च्याम्पियन बन्ने दौडमा छन् । गत संस्करणको विजेता जनकपुर बोल्ट्स भने यसपटक प्लेअफमा समेत पुग्न सकेन । सुदूरपश्चिमलाई फाइनलमा पाँच विकेटले हराएको जनकपुरले पहिलो संस्करणको उपाधि हात पारेको थियो ।

    सुदूरपश्चिम रोयल्स

    दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको साविक उपविजेता सुदूरपश्चिम यसपटक उपाधिको दाबेदार टोली हो । सुदूरपश्चिमले लिग चरणका सात खेलमध्ये लगातार छ खेल जितेको थियो । शनिबार भएको अन्तिम खेलमा भने विराटनगरसँग पराजित भएको हो । योसँगै सुदूरपश्चिम छ खेल जित्ने एकमात्र टोली बनेको छ ।

    सुदूरपश्चिमले जितेका हरेक खेलमा नयाँनयाँ खेलाडी ‘म्याच विनर’ बनेका छन् । लिग चरणको पहिलो खेलमा काठमाडौँलाई २९ रनले हराएको खेलमा अलराउण्ड प्रदर्शन गरेका विदेशी खेलाडी प्लेयर अफ द म्याच भएका थिए । उनले ५३ रन जोडे भने बलिङमा दुई विकेट हात पारेका थिए ।

    पोखरा एभेञ्जर्सविरुद्धको दोस्रो खेलमा सुदूरपश्चिमले १८ रनको जीत निकालेको थियो । जसमा ६८ रनको योगदान गरेको टिमलाई जिताएका विदेशी खेलाडी जोस ब्राउन प्लेयर अफ द म्याच चुनिएका थिए ।

    तेस्रो खेलमा सुदूरपश्चिमले कर्णाली याक्समाथि ४५ रनको जित निकालेको थियो । जसमा कप्तान ऐरीले अलराउण्ड प्रदर्शन गर्दै टोलीको जीत सुनिश्चित गरेका थिए । ब्याटिङतर्फ ३९ र बलिङतर्फ चार विकेट हात पारेसँगै उनले प्लेयर अफ द म्याचको अवार्ड जिते ।

    लगातार चौथो जीत दर्ता गर्ने क्रममा सुदूरपश्चिमले लुम्बिनीमाथि सात विकेटको जीत हासिल गर्‍यो । जसमा विनोद भण्डारीले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ६९ रनको योगदान गरे । विकेट किपरसमेत रहेका भण्डारीले विपक्षी टिमका तीन खेलाडीलाई क्याचआउट समेत गराए । उनी उक्त दिनका प्लेयर अफ द म्याच भए ।

    सुदूरपश्चिमले पाचौँ खेलमा जनकपुरलाई छ विकेटले हरायो । पहिलो संस्करणको फाइनलमा हारेको सुदूरपश्चिमले दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेको हो । सुदूरपश्चिमका तर्फबाट इशान पाण्डेले म्याच विनर पारी खेल्दै ५९ रन जोडे । अन्तमा उनलाई नै प्लेयर अफ द म्याचको पुरस्कारसमेत दिइयो ।

    छैटौँ खेलमा चितवन राइनोजलाई सुदूरपश्चिमले ४९ रनले स्तब्ध पार्‍यो । यो खेलमा ७५ रन बनाएका विदशी खेलाडी क्रिस लेन प्लेयर अफ द म्याच भए ।

    लिग चरणको सातौँ तथा अन्तिम खेलमा भने विरानगरसँग छ विकेटले हारेको सुदूरपश्चिम उपाधि जित्ने दाउमा छ ।

    सुदूरपश्चिमका प्रशिक्षक जगत टमाटा पनि यसपटक उपाधि जित्नेमा ढुक्क देखिएका छन् । उनले भने, “गत वर्षको पनि उपविजेता टोली हौँ । यसपटक हामी जसरी पनि उपाधि जित्ने लक्ष्यमा छौँ । सबै खेलाडी सक्रियताका साथ खेलमा लागेका छन् । कुनै एक खेलाडीको भरमा हामी छैनौँ । जुन कुरा देखिसकेको पनि छ । लिग चरणमा जितेका खेलहरूमा पनि हाम्रो टिमका फरकफरक खेलाडी म्याच विनर बनेका छन् ।”

    विराटनगर किङ्गस

    सन्दीप लामिछानेले नेतृत्व गरेको विराटनगर लिग चरणका पाँच खेल जितेर पहिलो क्वालिफायरमा पुगिसकेको छ । गत वर्ष प्लेअफमा पुग्न नसकेको विराटनगरले यसपटक भने सुधारिएको प्रदर्शन गरेको छ । योसँगै उसले ट्रफी जित्ने योजना बनाएको छ ।

    लिग चरणका सुरुका तीन खेल जितेर शानदार सुरुआत गरेको विराटनगरले चौथो र छैटौँ खेलमा पराजित भएको थियो । पाचौँ र अन्तिम खेलमा विजयी भएर प्लेअफको यात्रा सुनिश्चित गरेको विराटनगरले पनि बलियो दाबेदारी पेस गरेको छ ।

    पहिलो खेलमा पोखरालाई ५३ रनले हराएपछि लोकेश बमको चर्चा चुलियो । व्यक्तिगत ७२ रन जोडेका लोकेश प्लेयर अफ द म्याचसमेत चुनिए । काठमाडौँमाथि पाँच विकेटको जीत निकालेको दोस्रो खेलमा मर्चेन्ट डे लाङ्गेले उत्कृष्ट खेल्दै महत्त्वपूर्ण दुई विकेट हात पारेपछि उनी प्लेयर अफ द म्याच भए ।

    तेस्रो खेलमा कप्तान सन्दीप लामिछाने प्लेयर अफ द म्याच भए । जनकपुरविरुद्धको उक्त खेलमा सन्दीपले चार विकेट हात पार्दा टिमले नौ रनको जित दर्ता गरेको थियो । विराटनगर चौथो खेलमा चितवनसँग ४८ रनले र छैटौँ खेलमा लुम्बिनीसँग पाँच विकेटले पराजित भयो ।

    पाँचौँमा कर्णाली याक्सलाई ती विकेटले हराएको खेलमा बसिर अहमदले ६२ रन पारी खेल्दै म्यान अफ द म्याच चुनिए । सातौँ खेलमा सुदूरपश्चिममाथि छ विकेटको जीत दर्ता गरेको विराटनगरका फाफ डु प्लेसिस प्लेयर अफ द म्याच घोषित भएका हुन् ।

    कप्तान लामिछानेका अनुसार विराटनगर पनि कुनै एक खेलाडीका भरमा नरहेकाले उपाधि जित्नेमा आशावादी छ । उनले भने, “हामी कुनै एक खेलाडीको भरमा छैनौँ । सबै खेलाडीले आ–आफ्नो मेहनतसहित उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । म्याच विनर पनि फरकफरक खेलाडी देखिएकाले एकअर्काप्रतिको विश्वास बढेको छ ।”

    काठमाडौँ गोर्खाज

    पहिलो संस्करणमा नेट रनरेटमा पछि पर्दै प्लेअफको स्वाद चाख्न नपाएका करण केसीको कप्तानीमा रहेको काठमाडौँ यसपटक भने सक्रियताका साथ प्रदर्शन गरिरहेको छ । लिग चरणका सातमध्ये पाँच खेल जितेर प्लेअफमा पुगेको काठमाडौँ च्याम्पियन बन्ने अडानमा छ ।

    काठमाडौँले पहिलो खेलमा जनकपुरलाई पाँच विकेटले हराउँदा दोस्रोमा सुदूरपश्चिमसँग २९ रन र तेस्रोमा विराटनगरसँग पाँच विकेटले पराजित भयो । त्यसपछि पुनरागमन गर्दै सबै खेलमा विजयी भयो ।

    काठमाडौँले चौथो खेलमा लुम्बिनीलाई २२ रन, पाचौँमा चितवनलाई ५३ रन, छैटौँमा कर्णाली याक्सलाई छ विकेट र सातौँमा पोखरालाई १३ रनले पराजित गर्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

    प्लेअफमा पुगेपछि टिमको जोडबल च्याम्पियन जित्नेमा रहेको कप्तान केसीले बताएका छन् । उनले भने, “प्लेअफमा पुगिसकेपछि अबका खेल राम्रो गर्दै च्याम्पियन कसरी बन्ने भन्नेमा ध्यान केन्द्रित छ । लिग चरणमा भएका कमीकमजोरीलाई सुधार गर्दै च्याम्पियन बन्ने लक्ष्य राखेका छौँ ।”

    लुम्बिनी लायन्स

    रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी चार खेल जितेर प्लेअफमा पुगेको छ । सुरुको खेलमा चितवनलाई छ विकेटले हराएर राम्रो सुरुआत गरेको लुम्बिनीले त्यसपछिका तीन खेल लगातार हार्‍यो । दोस्रोमा कर्णालीसँग नौ विकेटले, तेस्रोमा काठमाडौँसँग २२ रनले, चौथोमा सुदूरपश्चिमसँग सात विकेटले पराजित भयो ।

    लुम्बिनीले पाचौँ खेलपछि लगातार जीत निकालेर प्लेअफमा स्थान बनायो । पाचौँमा पोखरालाई तीन विकेट, छैटौँमा विराटनगरलाई पाँच विकेटले र सातौँमा जनकपुरमाथि चार विकेटको विजय हात पार्‍यो ।

    प्लेअफमा पुगेपछि लुम्बिनीका कप्तान पौडेलले आफ्नो टिमलाई उपाधि जित्न कसैले रोक्न नसक्ने ठोकुवा गरे । उनले भने, “प्लेअफमा पुगेका चारवटै टोलीमध्ये लुम्बिनी बलियो देख्छु, त्यसैले हामीले उपाधि जित्नेमा विश्वस्त छौँ । हामी कसैसँग पनि डराएर खेल्दैनौँ ।”

    प्रतियोगिताको पहिलो क्वालिफायर यही मङ्सिर २३ गते दिउँसो ४ः०० बजे सुदूरपश्चिम र विराटनगरबीच हुनेछ । जित्ने टोली सिधैँ फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले काठमाडौँ र लुम्बिनीबीच हुने इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा भिड्नेछ ।

    इलिमिनेटर खेल मङ्सिर २४ गते दिउँसो ४ः०० बजे हुनेछ । मङ्सिर २५ गते दिउँसो ४ः०० बजे हुने दोस्रो क्वालिफायरको विजेता टोली फाइनल खेल्नेछ । प्रतियोगिताको उपाधि भिडन्त भने मङ्सिर २७ गते दिउँसो ३ः३० बजे हुनेछ ।

    नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा यही मङ्सिर १ गतेदेखि जारी प्रतियोगितामा सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्ग्‌स, काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेञ्जर्स, चितवन राइनोज, कर्णाली याक्स र जनकपुर बोल्ट्स सहभागी छन् ।

    आइतबार, मङि्सर २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.