• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

एनपिएल : ब्याटिङतर्फ विदेशी, बलिङमा नेपाली खेलाडी अब्बल


  •   बुधबार, मङि्सर १७, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो संस्करण गरी मङ्गलबारसम्म तीनवटा शतक प्रहार भएका छन् ।

    Advertisement

    नेपाल क्रिकेट सङ्घ (क्यान) ले गत वर्षदेखि सुरु गरेको एनपिएलको हाल दोस्रो संस्करण कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा मङ्सिर १ गतेदेखि जारी छ ।

    पहिलो संस्करणमा एउटा मात्र शतक प्रहार भएको थियो । तीनवटै शतक विदेशी खेलाडीले बनाएका छन् । नेपाली खेलाडीले हालसम्म शतक बनाउन सकेका छैनन् । जारी संस्करणको २१औँ खेलमा मङ्गलबार पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले शतक प्रहार गरे । कर्णाली याक्सविरुद्धको उक्त खेलमा उनले ५५ बलमा शतक पूरा गरेका हुन् । उक्त खेलमा ५८ बल खेलेका उनी १०८ रनमा अविजित रहे ।

    कर्णालीलाई ३४ रनले हराएको यो खेलमा एडम प्लेयर अफ दी म्याचसमेत घोषित भए । एडम इङ्ल्याण्डका हुन् ।

    यस्तै कर्णाली याक्समा अनुबन्ध भएका स्कटल्याण्डका मार्क वाटले जारी संस्करणमा शतक हिर्काउने पहिलो खेलाडी हुन् । उनले लुम्बिनी लायन्सविरुद्धको खेलमा ४१ बलमा शतक बनाएका थिए । उक्त खेलमा ४४ बल खेलेका वाट ११४ रनमा अविजित रहे । यो खेल कर्णालीले ९ विकेटले जितेको थियो । वाट प्लेयर अफ दी म्याचसमेत चुनिए । एनपिएलमा सबैभन्दा छिटो शतक प्रहार गर्ने र एकै खेलमा सबैभन्दा बढी रन बनाउने खेलाडी पनि वाट नै हुन् ।

    एनपिएलको पहिलो संस्करणमा एकमात्र शतक अमेरिकी खेलाडी आन्द्रिज गोउसको नाममा छ । पोखराको टिममा आबद्ध गोउसले लुम्बिनीका विरुद्ध शतक जोडेका थिए । गोउसले ५४ बलम शतक पूरा गरेका थिए । उक्त खेलमा उनले अविजित १०४ रन बनाए ।

    अर्धशतकमा पनि विदेशीकै दबदबा
    जारी प्रतियोगितामा हालसम्म २२ खेलाडीले २६ अर्धशतक प्रहार गरेका छन् । यसमा १७ अर्धशतक विदेशी खेलाडीकै नाममा छन् । नौ अर्धशतक मात्रै नेपाली खेलाडीले प्रहार गर्न सकेका छन् ।

    अर्धशतक हिकाउने विदेशी खेलाडीमा चितवन राइनोजका रवी बोपरा-तीन, कर्णाली याक्सका प्रियाङ्क पञ्चाल-दुई तथा जनकपुर बोल्ट्सका वायन पार्नेल, सञ्जय कृष्णमुर्ति र माज सदाकत, सुदूरपश्चिम रोयल्सका जोश ब्राउन र हरमित सिंह, पोखराका सुमित बर्मा, जिमी निशम र एडम रोसिङ्टन, विराटनगर किंग्सका मार्टिन गुप्टिल, चितवनका डेविड मलान, कर्णालीका मार्क वाट तथा काठमान्डू गोर्खाजका जोन (सिम्प्सन)एक/एक रहेका छन् ।

    अद्र्धशतक प्रहार गर्ने नेपाली खेलाडीमा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल (दुई) तथा सुदूरपश्चिमका विनोद भण्डारी र ईशान पाण्डे, विराटनगर किंग्सका लोकेश बम र बसिर अहमद, चितवनका अर्जुन साउँद, जनकपुरका अनिल शाह र आशिफ शेखले -एक/एक रहेका छन् ।

    सर्वाधिक रन बनाउनेको सूचीमा पनि विदेशी खेलाडी नै रहेका छन् । एक्काइस खेल सकिँदासम्म सर्वाधिक रन बनाउनेको सूचीमा पोखराका एडम रोसिङ्टन पहिलो नम्बरमा रहेका छन् । उनले हालसम्म पाँच खेलमा २५३ रन हिर्काएका छन् ।

    दोस्रो नम्बरमा ६ खेलमा २४२ रन बनाएका कर्णालीका मार्क वाट, तेस्रोमा पाँच खेलमा २०७ रनसहित चितवनका रवी बोपरा, छ खेलमा १८१ रन जोडेका कर्णालीका प्रियाङ्क पञ्चाल चौथोमा तथा पाँचौँ नम्बरमा पाँच खेल खेलेका लुम्बिनीका कप्तानसमेत रहेका रोहितकुमार पौडेल (१७४ रन) रहेका छन् ।

    बलिङमा नेपाली खेलाडी अब्बल
    सर्वाधिक रन र व्यक्तिगत स्कोरमा विदेशी खेलाडीको वर्चश्व रहे पनि बलिङमा भने नेपाली खेलाडी अब्बल देखिएका छन् । सुदूरपश्चिमका अभिनाश बोहरा सबैभन्दा बढी विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन् । उनले हालसम्म पाँच खेलमा ११ विकेट लिइसकेका छन् ।

    विराटनगर किङ्ग्सका कप्तानसमेत रहेका सन्दीप लामिछाने पाँच खेलमा १० विकेट लिएर दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा काठमान्डूमा आबद्ध विदेशी खेलाडी मिलिन्द कुमार र चौथोमा काठमान्डूका कप्तान करण केसी रहेका छन् । मिलिन्द र करणले ६ खेलमा दश/दश विकेट छन् । यस्तै पाँच खेलमा नौ विकेट लिएर पाँचौँ स्थानमा सुदूरपश्चिममा आबद्ध विदेशी खेलाडी हर्मित सिंह रहेका छन् ।

    एनपिएलम विराटनगर र पोखराको उच्च स्कोर
    एनपिएल इतिहासमै उच्च स्कोर बनाउने टोली विराटनगर किङ्ग्स बनेको छ । विराटनगरले जारी संस्करणमा पोखराविरुद्ध २२० रन बनाएको थियो । यो हालसम्मकै उच्च स्कोर हो । दोस्रो उच्च स्कोर बनाउने टोली पोखरा रहेको छ । पोखराले कर्णालीकाविरुद्ध २०१ रन जोडेको थियो ।

    यो संस्करणमा सबैभन्दा कम स्कोर बनाउने टोली चितवन छ । चितवनले काठमान्डू गोर्खाजविरुद्ध ८९ रन बनाएको थियो । यही मङ्सिर १ गतेदेखि सुरु भएको एनपिएलको दोस्रो संस्करणमा आठ टोली सहभागी छन् ।

    हालसम्म सुदूरपश्चिम मात्रै प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । कर्णाली प्रतियोगिताबाट बाहिरिने पहिलो टोलीमा परेको छ । अन्य टोलीको छिनोफानो हुन बाँकी छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा भइरहेको प्रतियोगिता मङ्सिर २७ गते सम्पन्न हुनेछ ।

    बुधबार, मङि्सर १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.