प्यूठान । भारतको राजस्थानमा सम्पन्न भएको प्रथम आइएसकेएफ इण्डो नेपाल कराते च्याम्पियनसिपमा स्वर्गद्वारी नगरपालिका प्यूठानका खेलाडीहरूले विभिन्न समूहमा स्वर्ण पदक र काश्य पदक जितेका छन ।
Advertisement
स्वर्गद्वारी करातेका प्रशिक्षक किसन बैजाली मगरका अनुसार सहभागी सम्पूर्ण खेलाडीहरूले पदक जितेका छन् । स्वर्गद्वारी नगरपालिका प्यूठानमा विगत एक वर्ष अगाडिदेखि कराते खेलाइरहेका प्रशिक्षक बैजाली मगरसहित खेलाडीहरू कराते प्रतियोगितामा भाग लिन गएका थिए ।
प्रतियोगितामा जेनिशा थापा मगर, सफल श्रेष्ठ, प्रेम डागी, प्रियांका गुरुङ, निर्मल बैजाली, संकल्प श्रेष्ठ, अनमोल श्रेष्ठ, विजय बुढाथोकी लगायतका खेलाडीहरूले फरक–फरक समूहमा स्वर्ण पदक जितेका हुन् ।