• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

अम्बे स्टिलमा आगलागी हुँदा आठ मजदुर घाइते, दुई लखनउ रिफर

बाढीपहिरोबाट मङ्गलामा ठूलो क्षति, १६६ परिवार प्रभावित

युरोपमा जनआन्दोलन समाप्त पार्ने साम्राज्यबादी मनोबैज्ञानिक युद्ध

राष्ट्रिय जनमोर्चाद्वारा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र न्यायिक भ्रष्टाचारको विरोध

सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

कवि

गजल

लागुऔषधसहित १३ जना पक्राउ

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

जर्मनीमा १४८ कम्पनीमध्ये ८४ प्रतिशत ठूला उद्योग, ४३ प्रतिशतले उत्पादन विदेश सार्ने योजना : सर्वेक्षण


  •   शुक्रबार, मङि्सर १२, २०८२ मा प्रकाशित
  • बेर्लिन । अमेरिकी आयात–शुल्क बढेपछि जर्मन उद्योगहरूमा थप दबाब परेको एक नयाँ व्यावसायिक सर्वेक्षणले देखाएको छ । सर्वेक्षणका अनुसार, जर्मनीका करिब तीनमध्ये दुई उत्पादन उद्योगहरूले आफ्नो उत्पादन विदेश सारिसकेका छन् ।

    Advertisement

    डेलोइट कन्सल्टेन्सी र जर्मन उद्योग महासङ्घ (बीडीआई) को संयुक्त प्रतिवेदनमा उल्लेख भएअनुसार, सहभागी जर्मन कम्पनीहरूमध्ये पाँचमध्ये एकले पहिले नै आफ्नो उत्पादन संयन्त्र विदेश सारिसकेको छ । यो अनुपात दुई वर्षअघिको तुलनामा ८ प्रतिशतले बढी हो ।

    “शुल्क नीतिहरूले जर्मन उद्योगहरूको स्थानान्तरण प्रक्रियालाई तीव्र बनाइरहेका छन्,” प्रतिवेदनमा भनिएको छ ।

    सर्वेक्षणमा समावेश १४८ कम्पनीमध्ये ८४ प्रतिशत ठूला उद्योगहरू थिए, जसले जर्मनीका प्रमुख क्षेत्र—मेसिनरी, अटोमोबाइल र रसायन उद्योग—लाई प्रतिनिधित्व गर्छन् । प्रतिवेदनले ४३ प्रतिशत कम्पनीहरूले आगामी दुईदेखि तीन वर्षभित्र उत्पादन विदेश सार्ने योजना बनाएका छन्, जुन प्रतिशत दुई वर्षअघि ३३ मात्र थियो ।

    उत्पादनसँगै, ३० प्रतिशत कम्पनीहरू दुईदेखि तीन वर्षभित्र उत्पादन विकास पनि विदेश लैजाने तयारीमा छन्, भने ३५ प्रतिशतले आफ्ना अनुसन्धान गतिविधि जर्मनी बाहिर सञ्चालन गर्ने अपेक्षा राखेका छन् ।

    स्थानान्तरणको तयारी गरिरहेका कम्पनीहरूमध्ये करिब ३० प्रतिशतले युरोपलाई प्रमुख गन्तव्यका रूपमा हेर्दैछन् । उता एसियाप्रतिको आकर्षण पनि बढ्दो छ—१६ प्रतिशत कम्पनीले चीनलाई सम्भावित गन्तव्य मानेका छन् भने १९ प्रतिशतले अन्य एसियाली बजारमा आँखा लगाएका छन् ।

    डेलोइटका आपूर्ति–शृंखला विज्ञ जुएर्गेन सान्डाउका अनुसार, “विदेशमा उत्पादन गरेर कम्पनीहरूले केही छोटो–अवधिको लागत फाइदा त लिन सक्छन्, तर यसले उनीहरूलाई अनिवार्य रूपमा दीगो बनाउँदैन ।” उहाँका अनुसार आपूर्ति–शृङ्खलामा सानो अवरोधले पनि अपेक्षित फाइदा खेर जान सक्छ ।

    प्रतिवेदनले चेतावनी दिँदै बढ्दो संरक्षणवादका कारण कम्पनीहरूको आपूर्ति–शृङ्खला सुरक्षित गर्ने क्षमता कमजोर बन्दै गएको भनेको छ । नयाँ शुल्क नीतिहरूका कारण लागतमा उल्लेखनीय वृद्धि भएको छ । ५३ प्रतिशत कम्पनीका अनुसार आपूर्ति–शृङ्खला लागत मध्यम रूपमा बढेको छ, जबकि ३९ प्रतिशतले ती वृद्धि गम्भीर रहेको बताएका छन् ।

    शुक्रबार, मङि्सर १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी
    इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु
    हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट
    हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन
    शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन
    उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

    • २.
      अम्बे स्टिलमा आगलागी हुँदा आठ मजदुर घाइते, दुई लखनउ रिफर

    • ३.
      बाढीपहिरोबाट मङ्गलामा ठूलो क्षति, १६६ परिवार प्रभावित

    • ४.
      युरोपमा जनआन्दोलन समाप्त पार्ने साम्राज्यबादी मनोबैज्ञानिक युद्ध

    • ५.
      राष्ट्रिय जनमोर्चाद्वारा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र न्यायिक भ्रष्टाचारको विरोध

    • ६.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    • ७.
      कवि

    • ८.
      गजल

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.