• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जर्मनीमा १४८ कम्पनीमध्ये ८४ प्रतिशत ठूला उद्योग, ४३ प्रतिशतले उत्पादन विदेश सार्ने योजना : सर्वेक्षण


  •   शुक्रबार, मङि्सर १२, २०८२ मा प्रकाशित
  • बेर्लिन । अमेरिकी आयात–शुल्क बढेपछि जर्मन उद्योगहरूमा थप दबाब परेको एक नयाँ व्यावसायिक सर्वेक्षणले देखाएको छ । सर्वेक्षणका अनुसार, जर्मनीका करिब तीनमध्ये दुई उत्पादन उद्योगहरूले आफ्नो उत्पादन विदेश सारिसकेका छन् ।

    Advertisement

    डेलोइट कन्सल्टेन्सी र जर्मन उद्योग महासङ्घ (बीडीआई) को संयुक्त प्रतिवेदनमा उल्लेख भएअनुसार, सहभागी जर्मन कम्पनीहरूमध्ये पाँचमध्ये एकले पहिले नै आफ्नो उत्पादन संयन्त्र विदेश सारिसकेको छ । यो अनुपात दुई वर्षअघिको तुलनामा ८ प्रतिशतले बढी हो ।

    “शुल्क नीतिहरूले जर्मन उद्योगहरूको स्थानान्तरण प्रक्रियालाई तीव्र बनाइरहेका छन्,” प्रतिवेदनमा भनिएको छ ।

    सर्वेक्षणमा समावेश १४८ कम्पनीमध्ये ८४ प्रतिशत ठूला उद्योगहरू थिए, जसले जर्मनीका प्रमुख क्षेत्र—मेसिनरी, अटोमोबाइल र रसायन उद्योग—लाई प्रतिनिधित्व गर्छन् । प्रतिवेदनले ४३ प्रतिशत कम्पनीहरूले आगामी दुईदेखि तीन वर्षभित्र उत्पादन विदेश सार्ने योजना बनाएका छन्, जुन प्रतिशत दुई वर्षअघि ३३ मात्र थियो ।

    उत्पादनसँगै, ३० प्रतिशत कम्पनीहरू दुईदेखि तीन वर्षभित्र उत्पादन विकास पनि विदेश लैजाने तयारीमा छन्, भने ३५ प्रतिशतले आफ्ना अनुसन्धान गतिविधि जर्मनी बाहिर सञ्चालन गर्ने अपेक्षा राखेका छन् ।

    स्थानान्तरणको तयारी गरिरहेका कम्पनीहरूमध्ये करिब ३० प्रतिशतले युरोपलाई प्रमुख गन्तव्यका रूपमा हेर्दैछन् । उता एसियाप्रतिको आकर्षण पनि बढ्दो छ—१६ प्रतिशत कम्पनीले चीनलाई सम्भावित गन्तव्य मानेका छन् भने १९ प्रतिशतले अन्य एसियाली बजारमा आँखा लगाएका छन् ।

    डेलोइटका आपूर्ति–शृंखला विज्ञ जुएर्गेन सान्डाउका अनुसार, “विदेशमा उत्पादन गरेर कम्पनीहरूले केही छोटो–अवधिको लागत फाइदा त लिन सक्छन्, तर यसले उनीहरूलाई अनिवार्य रूपमा दीगो बनाउँदैन ।” उहाँका अनुसार आपूर्ति–शृङ्खलामा सानो अवरोधले पनि अपेक्षित फाइदा खेर जान सक्छ ।

    प्रतिवेदनले चेतावनी दिँदै बढ्दो संरक्षणवादका कारण कम्पनीहरूको आपूर्ति–शृङ्खला सुरक्षित गर्ने क्षमता कमजोर बन्दै गएको भनेको छ । नयाँ शुल्क नीतिहरूका कारण लागतमा उल्लेखनीय वृद्धि भएको छ । ५३ प्रतिशत कम्पनीका अनुसार आपूर्ति–शृङ्खला लागत मध्यम रूपमा बढेको छ, जबकि ३९ प्रतिशतले ती वृद्धि गम्भीर रहेको बताएका छन् ।

    शुक्रबार, मङि्सर १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.