• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

सैद्धान्तिक गोष्ठीको महत्व गम्भीर


  •   बुधबार, मङि्सर १०, २०८२ मा प्रकाशित
  • युगदर्शन साप्ताहिक वर्ष १७, अंक १२, मंसिर १० गते प्रकाशित सम्पादकीय

    Advertisement

    मङ्सिर ११ देखि १३ गतेसम्म काठमाडौँमा विश्व महिला गोष्ठी हुँदैछ । सोमबार आयोजकद्वारा राजधानीमा पत्रकार सम्पन्न गरेर त्यसको तयारीबारे जानकारी दिइयो । आयोजकका अनुसार चार महादेशका २० जति देशका महिला प्रतिनिधिको सहभागिता गोष्ठीमा हुनेछ । आयोजक विश्व महिला सम्मेलनकी एसिया कोअर्डिनेटरका अनुसार सो गोष्ठीमा साम्राज्यवादको विरोध, महिला उत्पीडन विरुद्ध सङ्घर्ष तथा विश्वव्यापी रूपमा देखा परेको आणविक खतराका विरुद्ध विश्वको ध्यानाकर्षणजस्ता मुख्य तीन विषयमा चर्चा हुनेछ । गोष्ठीलाई ‘सैद्धान्तिक’ कार्यक्रम बताइएको छ अर्थात् महिला आन्दोलनका सैद्धान्तिक विषयमा सो कार्यक्रम केन्द्रित रहनेछ । आयोजक संस्थाका अनुसार पहिलो दिन उद्घाटन कार्यक्रम आयोजना गरिएको छ तर सोही दिनबाटै गोष्ठीपत्र प्रस्तुत हुने र त्यसमाथि समूह छलफल अगाडि बढ्नेछ । सो छलफलले अन्तिम दिन एउटा निष्कर्ष दिनेछ । आशा गरिएको छ, यो गोष्ठीपछि सहमत सैद्धान्तिक विषयको आधारमा विश्वव्यापी महिला आन्दोलन अगाडि बढाइनेछ । सम्मेलनलाई क्रान्तिकारी तथा पार्टीको अन्तर्राष्ट्रिय संयोजन (आइकोर) तथा नेपालमा नेकपा (मसाल), क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेकपा (माओवादी), जनता समाजवादीलगायत विभिन्न पार्टीले व्यवस्थापनमा सहयोग गरिरहेका छन् ।

    विश्व महिला सम्मेलनले पत्रकार सम्मेलनमा जानकारी गराएअनुसार अहिले विश्वमा साम्राज्यवादको जगजगीसँगै महिलाका अधिकार खोसिँदै गएका छन् । साम्राज्यवादले थप शक्तिआर्जन गर्न तथा यस्तो शक्ति प्रदर्शनको क्रममा महिला आन्दोलनका स्थापित मुद्दालाई कटौति गर्दै गइरहेको छ । स्वयम् विकसित देशमा महिला र पुरुषको माझमा ज्यालामा अन्तर, महिलामाथिको दोहोरो श्रम, आत्मसम्मानको प्रत्याभूतिमा कमीजस्ता समस्या गम्भीर रूपमा विद्यमान छन् । जर्मनीमै महिलाले पुरुषको तुलनामा कम तलब पाउने गरेको कार्यक्रममा जानकारी गराइयो । यता, नेपालमा महिलाका समस्या झनै गम्भीर अवस्थामा छन् । २०६२–६३ सालपछि अवश्य पनि स्थितिमा केही सुधार आउने अपेक्षा गरिएको छ । फेरि पनि देशको उत्पादन सम्बन्धमा सामन्ती प्रभावका कारणले महिलाको अवस्था चिन्ताजनक छ । विकसित देशका समस्या पनि नेपालमा छन् नै, त्यससँगै सम्पत्तिमा समान अधिकार, विवाह, सम्बन्धविच्छेद र गर्भपतनको स्वतन्त्रता, पारिवारिक न्यायालयको स्थापना, फास्ट ट्रयाकबाट महिला उत्पीडनका मामिलामा सुनुवाइजस्ता समस्या गम्भीर छन् । २०७२ सालको संविधानले महिलाका लागि लैङ्गिक समानता, विवाह र सम्बन्धविच्छेदको अधिकार, सम्पत्तिमाथि समान अधिकारजस्ता विषयमा केही सुधार गरेको पक्कै छ, त्यसका बाबजुद त्यसको कार्यान्वयन सकारात्मक छैन । अहिले पनि महिला हिंसा गम्भीर छ । बलात्कारका कैयौँ चर्चित मामिलामा समेत न्याय पाउन नसकिरहेको अवस्था छ । घरेलु हिंसा अहिले पनि जर्जर छ । दहेज प्रथाले झन्‌पछि झन् आफूलाई सुदृढ गरिरहेको छ । महिलाका शिक्षा र स्वास्थ्यमा पहुँच अझै पनि गम्भीर अवस्थामा छ यद्यपि देशको प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपसभामुखजस्ता ठुला पदमा महिलाको उपस्थिति कायम भइसकेको छ ।

    नेपाल र विश्वका महिलाको उपर्युक्त अवस्था रहिरहेकै बेला यतिखेर विश्व महिला गोष्ठी हुन गइरहेको छ । यो गोष्ठीले विकसित र विकासोन्मुख देशका महिलाका माझमा आआफ्‌ना समस्याको जानकारी तथा त्यसलाई सम्बोधन गर्ने साझा उपाय खोज्ने विश्वास गर्न सकिन्छ । देशीय सरकार तथा विश्व साम्राज्यवादले क्रमशः महिलाका घोषित अधिकारसमेत कटौति गर्दै गइरहेको निष्कर्ष आयोजक संस्थाले निकालेको सन्दर्भमा यस्तो कार्यक्रमले त्यसको पुनःस्थापनाका लागि आधार तयार पार्नेछ । एकातिर साम्राज्यवादको विरुद्धमा विश्वव्यापी सङ्घर्ष अगाडि बढाउन र त्यसको आधारमा देशीय आन्दोलनलाई मदत पुर्‍याउन र अर्कोतिर महिला अधिकारको स्थापना तथा घोषित अधिकारको पुनस्थापनाका लागि गोष्ठीले पक्कै पनि मदत पुर्‍याउनेछ । सम्मेलनले तयार पार्ने सैद्धान्तिक प्रस्थापनाले आगामी दिनमा विश्व महिला आन्दोलनलाई दिशानिर्देश गर्नेछ । सही सिद्धान्त वा विचारविना कुनै पनि आन्दोलन अगाडि बढ्न नसक्ने भएकाले यो सैद्धान्तिक गोष्ठीको महङ्खव गम्भीर रहेको स्पष्टै छ ।

    बुधबार, मङि्सर १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.