• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

अम्बे स्टिलमा आगलागी हुँदा आठ मजदुर घाइते, दुई लखनउ रिफर

बाढीपहिरोबाट मङ्गलामा ठूलो क्षति, १६६ परिवार प्रभावित

युरोपमा जनआन्दोलन समाप्त पार्ने साम्राज्यबादी मनोबैज्ञानिक युद्ध

राष्ट्रिय जनमोर्चाद्वारा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र न्यायिक भ्रष्टाचारको विरोध

सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

कवि

गजल

लागुऔषधसहित १३ जना पक्राउ

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

अफगान शरणार्थी फिर्तीले आर्थिक दबाब तीव्र, युएनडिपीको चेतावनी


  •   मङ्गलबार, मङि्सर ०९, २०८२ मा प्रकाशित
  • काबुल । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले अफगान जनताको आर्थिक अवस्था तथा निर्वासित आप्रवासीहरूबारे विस्तृत प्रतिवेदन सार्वजनिक गर्दै छिमेकी राष्ट्रबाट २३ लाख अफगान एकैपटक फर्किनुले अफगानिस्तानको पुनर्निर्माण प्रयासमा गम्भीर दबाब परेको बताएको छ ।

    Advertisement

    अफगानिस्तानका लागि युएनडिपीका प्रतिनिधि स्टिफन रोड्रिक्सले वर्तमान आर्थिक झट्का, आवधिक प्राकृतिक प्रकोप र व्यापक फिर्तीबीचको सम्बन्धलाई उल्लेख गर्दै दीर्घकालीन, समन्वित र समुदाय–केन्द्रित समाधान अत्यावश्यक रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “फर्कनेहरूको ठूलो सङ्ख्या अहिलेको आर्थिक अस्थिरता र प्रकोपको प्रभावसँग जोडिँदा हामीलाई स्थानीय स्तरमै जरा गाडिएका तर पर्याप्त परिमाणका समाधान अपरिहार्य हुन्छन् ।”

    टोलो न्युजका अनुसार युएनडिपीका कार्यकारी निर्देशक तथा न्युयोर्कस्थित क्राइसिस ब्युरोका प्रमुख सोको नोडाले महिलालाई केन्द्रमा राखेर काम गर्नु अतिआवश्यक भएकोमा विशेष जोड दिनुभयो । उहाँले भन्नुभयो, “हिजो भेटिएका ती बहिनीहरूले जीवन पुनः सुरु गर्ने दृढता देखाउनुभयो । तर परिवार र समुदाय दुवै तहमा उनीहरूले व्यहोर्नुपरेका चुनौतीहरू पनि निकै पीडादायी छन् । जबरजस्ती विस्थापनका कारण तत्काल मानवीय राहतभन्दा पर, दीर्घकालीन लचिलोपन, जीविकोपार्जनको पुनःस्थापना र आधारभूत आवश्यकताहरू सुनिश्चित गर्नु अत्यन्तै जरुरी हुन्छ ।”

    यसैबीच, अफगानिस्तानका लागि यूरोपेली सङ्घ प्रतिनिधिमण्डलका सहयोग विभाग प्रमुख एरिक ब्युमोन्टले मुलुकका ‘वास्तविक अधिकारी’हरूले तयार गरिरहेको राष्ट्रिय विकास योजना अन्तर्राष्ट्रिय साझेदारहरूका लागि पनि मार्गदर्शक दस्तावेज बन्ने विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रममा उपस्थित जापानी राजदूतले पनि अफगान जनतालाई, विशेषतः जबरजस्ती फिर्ता गरिएका वा स्वेच्छाले फर्किएका आप्रवासीहरूलाई निरन्तर सहयोग पुर्‍याउनेमा जापान प्रतिबद्ध रहेको बताउनुभयो ।

    यसैबीच पझवोक समाचार एजेन्सीका अनुसार केवल एक दिनमै इरान र पाकिस्तानबाट १० हजार ४०५ अफगान नागरिक देश फर्किएका छन् । युएन शरणार्थी एजेन्सी (युएनएचसिआर) ले ती देशहरूबाट फिर्ता हुनेहरूको तीव्रताको तुलनामा मानवीय सहायता घट्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरिसकेको छ ।

    मङ्गलबार, मङि्सर ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नाइजेरियामा ४८ लडाकु मारिएको सेनाको दाबी
    इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु
    हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट
    हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन
    शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन
    उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

    • २.
      अम्बे स्टिलमा आगलागी हुँदा आठ मजदुर घाइते, दुई लखनउ रिफर

    • ३.
      बाढीपहिरोबाट मङ्गलामा ठूलो क्षति, १६६ परिवार प्रभावित

    • ४.
      युरोपमा जनआन्दोलन समाप्त पार्ने साम्राज्यबादी मनोबैज्ञानिक युद्ध

    • ५.
      राष्ट्रिय जनमोर्चाद्वारा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र न्यायिक भ्रष्टाचारको विरोध

    • ६.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    • ७.
      कवि

    • ८.
      गजल

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.