• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

अफगान शरणार्थी फिर्तीले आर्थिक दबाब तीव्र, युएनडिपीको चेतावनी


  •   मङ्गलबार, मङि्सर ०९, २०८२ मा प्रकाशित
  • काबुल । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले अफगान जनताको आर्थिक अवस्था तथा निर्वासित आप्रवासीहरूबारे विस्तृत प्रतिवेदन सार्वजनिक गर्दै छिमेकी राष्ट्रबाट २३ लाख अफगान एकैपटक फर्किनुले अफगानिस्तानको पुनर्निर्माण प्रयासमा गम्भीर दबाब परेको बताएको छ ।

    Advertisement

    अफगानिस्तानका लागि युएनडिपीका प्रतिनिधि स्टिफन रोड्रिक्सले वर्तमान आर्थिक झट्का, आवधिक प्राकृतिक प्रकोप र व्यापक फिर्तीबीचको सम्बन्धलाई उल्लेख गर्दै दीर्घकालीन, समन्वित र समुदाय–केन्द्रित समाधान अत्यावश्यक रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “फर्कनेहरूको ठूलो सङ्ख्या अहिलेको आर्थिक अस्थिरता र प्रकोपको प्रभावसँग जोडिँदा हामीलाई स्थानीय स्तरमै जरा गाडिएका तर पर्याप्त परिमाणका समाधान अपरिहार्य हुन्छन् ।”

    टोलो न्युजका अनुसार युएनडिपीका कार्यकारी निर्देशक तथा न्युयोर्कस्थित क्राइसिस ब्युरोका प्रमुख सोको नोडाले महिलालाई केन्द्रमा राखेर काम गर्नु अतिआवश्यक भएकोमा विशेष जोड दिनुभयो । उहाँले भन्नुभयो, “हिजो भेटिएका ती बहिनीहरूले जीवन पुनः सुरु गर्ने दृढता देखाउनुभयो । तर परिवार र समुदाय दुवै तहमा उनीहरूले व्यहोर्नुपरेका चुनौतीहरू पनि निकै पीडादायी छन् । जबरजस्ती विस्थापनका कारण तत्काल मानवीय राहतभन्दा पर, दीर्घकालीन लचिलोपन, जीविकोपार्जनको पुनःस्थापना र आधारभूत आवश्यकताहरू सुनिश्चित गर्नु अत्यन्तै जरुरी हुन्छ ।”

    यसैबीच, अफगानिस्तानका लागि यूरोपेली सङ्घ प्रतिनिधिमण्डलका सहयोग विभाग प्रमुख एरिक ब्युमोन्टले मुलुकका ‘वास्तविक अधिकारी’हरूले तयार गरिरहेको राष्ट्रिय विकास योजना अन्तर्राष्ट्रिय साझेदारहरूका लागि पनि मार्गदर्शक दस्तावेज बन्ने विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रममा उपस्थित जापानी राजदूतले पनि अफगान जनतालाई, विशेषतः जबरजस्ती फिर्ता गरिएका वा स्वेच्छाले फर्किएका आप्रवासीहरूलाई निरन्तर सहयोग पुर्‍याउनेमा जापान प्रतिबद्ध रहेको बताउनुभयो ।

    यसैबीच पझवोक समाचार एजेन्सीका अनुसार केवल एक दिनमै इरान र पाकिस्तानबाट १० हजार ४०५ अफगान नागरिक देश फर्किएका छन् । युएन शरणार्थी एजेन्सी (युएनएचसिआर) ले ती देशहरूबाट फिर्ता हुनेहरूको तीव्रताको तुलनामा मानवीय सहायता घट्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरिसकेको छ ।

    मङ्गलबार, मङि्सर ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.