• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

नुनका नदीहरू : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष


  •   सोमबार, मङि्सर ०८, २०८२ मा प्रकाशित
  • खुल्ना (बङ्गलादेश) । विशाल हिमाली नदीहरू समुद्रको अँगालोमा प्रवेश गर्ने बङ्गलादेशको तटीय डेल्टाको त्यही पानीले जीवनको हरेक लय, हरेक सङ्घर्ष र हरेक परिवर्तनलाई परिभाषित गर्दछ ।

    Advertisement

    सरकारी वैज्ञानिकहरूको भनाइमा जलवायु परिवर्तनका कारण समुद्रको सतह असाध्यै तीव्र रूपमा बढ्दै गइरहेको छ । यसले तल्लो भूभागलाई बगाउँदै लैजान थालेको छ भने आँधीबेहारी र चक्रवातहरूले समुद्री नुनिलो पानीलाई अझ भित्री क्षेत्रसम्म पु¥याई कुवा, पोखरी र तालका पानीलाई नुनिलो बनाइरहेका छन्।

    माटो र म्यानग्रोभ वनले भरिएको पर्यावरणीय रूपमा अति संवेदनशील डेल्टामा बस्ने लाखौँ नागरिकका लागि पिउने शुद्ध पानी फेला पार्नु अहिले एक कठिन चुनौती बनेको छ ।

    सन् २००९ मा आएको विनाशकारी चक्रवात आइला तटीय जीवनमा एक निर्णायक मोड सावित भयो । बाँधहरू भत्किए, समुद्री नुनिलो पानी बस्तीमा पस्यो, घरहरू मात्रै नभइ, उर्वर मरुभूमि पनि नुनले छोपियो । कुनै समय जीवनरक्षक मानिने ताजापानी अचानक पिउन अयोग्य बन्यो र खेतबाली रोपिने जमिन बिस्तारै नुनिलो तहमुनि धसिँदै गयो ।

    आज खुल्ना र सतखिराका बासिन्दाहरू भूमिमा र समुद्रसँगको कडा सङ्घर्षबीच नाजुक सन्तुलनमा बाँचिरहेका छन् । निरन्तर ज्वारभाटा बाढीबाट जोगिन धेरै परिवारहरू बाँसका स्टिल्टमा उचो बनाइएका घरमा बस्छन् ।

    बालबालिकाहरू पहेँलो, नुनिलो पानीमै नुहाउँछन्, त्यसै परिवेशमा खेल्छन् र त्यहीँ हुर्कन्छन् । त्यहाँ नदीहरूले वर्षाैँ अघिदेखि नै घर, बस्ती, विद्यालय बगाइरहेकै छन् । विस्थापन यहाँ सामान्य जीवनचक्रको एक भागझैँ बनिसकेको छ ।

    पुरुषहरू महिनौँसम्म काम खोज्दै घरदेखि टाढा बसाइँ सर्छन् । उता महिलाहरू र बालबालिकाहरू भने परोपकारी संस्थाले उपलब्ध गराइदिने ट्याङ्की वा टाढाका पोखरीबाट वर्षाको पानी सङ्कलन गर्न घन्टौँसम्म सुक्खा र पत्र पत्र भएको माटोमा हिँड्न बाध्य छन् ।

    प्रत्येक घरधुरीले धेरै मुश्किलले केही हजार लिटर पानी सङ्कलन गर्छ । त्यो पानी अर्को मनसुन नआउँदासम्म अत्यन्तै सावधानीपूर्वक बाँडेर प्रयोग गर्नुपर्ने हुन्छ ।

    दैनिक पानी बटुल्ने, भण्डारण गर्ने, हेरचाह गर्ने काम यहाँका परिवारका लागि धैर्य र सहनशीलताको मौन अनुशासनझैँ बनिसकेको छ ।

    यो प्रतिवेदन एएफपीको सन् २०२५ माराई फोटो ग्रान्टअन्तर्गत युवा फोटो–पत्रकार मुहम्मद अमदाद हुसेनद्वारा तयार पारिएको फोटोग्राफी शृङ्खलासँग प्रकाशित गरिएको हो ।

    यो सम्मानित पुरस्कार दक्षिण एसियाका २५ वर्ष वा सोभन्दा कम उमेरका फोटोग्राफरहरूका लागि खुला हुन्छ र यस वर्षको विषयवस्तु ‘जलवायु परिवर्तन’ तथा त्यसले दैनिक जीवनमा पारेको प्रभावमा केन्द्रित थियो ।

    एजेन्स फ्रान्स–प्रेसले यो पुरस्कार आफ्नो दिवङ्गत फोटो पत्रकार शाह माराईको नाममा स्थापना गरेको हो । माराई अफगान फोटोग्राफी जगतका लागि प्रेरणा व्यक्तित्व थिए र एएफपी काबुल ब्युरोका फोटो प्रमुखका रूपमा कार्यरत रहँदै सन् २०१८ अप्रिल ३० मा आत्मघाती आक्रमणमा ४१ वर्षको उमेरमा शहीद भएका थिए ।

    सोमबार, मङि्सर ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.