• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपाली विद्यार्थीलाई कास्य पदक


  •   बुधबार, मङि्सर ०३, २०८२ मा प्रकाशित
  • काठमाडौँ । अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपाली विद्यार्थीले कास्य पदक हात पारेका छन् । बङ्गलादेशको राजधानी ढाकामा आयोजित २९औँ ओलम्पियाड प्रतियोगितामा सेन्ट जेभियर्स स्कुल, गोदावरीका कक्षा १० मा अध्ययनरत सौर्यम श्रेष्ठले नेपालका लागि उक्त पदक हात पारेका नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले जनाएको छ । प्रतियोगिता बङ्गलादेशको राजधानी ढाकामा गत कात्तिक २० गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो ।

    Advertisement

    सोसाइटीले सन् २०१८ देखि अन्तरराष्ट्रिय खगोल ओलम्पियाडमा सहभागिता जनाउँदै आएको अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार नेपालले यसअघि सन् २०१९ र २०२३ मा पनि कास्य पदक प्राप्त गरेको थियो ।

    नासोले अन्तरराष्ट्रिय खगोल ओलम्पियाड सहभागी हुनुपू्र्व नेपालमा राष्ट्रिय एष्ट्रोनोमी ओलिम्पियाडको आयोजना गर्दै आएको छ । राष्ट्रिय ओलम्पियाडको छनोटमा परेका उत्कृष्ट विद्यार्थीले मात्र अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा सहभागी हुन पाउने छन् । नेपालमा राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड सन् २०१४ देखि सुरु गरिएको हो ।

    के हो एष्ट्रोनोमी ओलिम्पियाड ?

    राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड एक शैक्षिक प्रतियोगिता हो, जसले प्रारम्भिकस्तरमा प्रतिभा पहिचान गर्ने उद्देश्य राख्छ । यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई अन्तरराष्ट्रिय प्रतियोगितामा सिफारिस गरिन्छ ।

    सन् २०१४ देखि सञ्चालन हुँदै आएको ओलम्पियाडमार्फत हालसम्म तीन हजारभन्दा बढी विद्यार्थीले आफ्नो क्षमता परीक्षण गरिसकेका नासोका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार उत्कृष्ट ठहरिएका विद्यार्थी देश तथा विदेशका प्रतिष्ठित विश्वविद्यालयमा विज्ञान विषयमा अध्ययनरत छन् ।

    ओलम्पियाड प्रतियोगिता कक्षा ८ देखि १२ सम्म अध्ययनरत १३–२० वर्ष उमेर समूहका विद्यार्थीलाई लक्षित गरी सुरु गरिएको हो । कनिष्ठ तथा वरिष्ठ विधामा विभाजन गरी नासोले सातै प्रदेशमा छनोट परीक्षा सञ्चालन गर्दै आएको छ । उत्कृष्ट विद्यार्थीलाई अन्तरराष्ट्रियस्तरमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्दै आइएको नासोले जनाएको छ ।

    बुधबार, मङि्सर ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनचाँदीको मूल्य बढ्यो
    गोरखा ११ लाई एनआरएनए टी–१० क्रिकेटको उपाधि
    एसियाली खेलकुद: नेपाल जापानसँग खेल्दै
    एउटै खेलमा लामिछानेको नाममा तीन उपलब्धि
    युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट
    ओमानमाथि नेपालको जित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.