चण्डीगढ । भारतको चंडीगढमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको देउसीभैलो समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ । समिक्षा भेला आज आईतबार १६ नोभेम्बर १६, २०२५ का दिन भव्य रुपमा सम्पन्न गरिएको हो ।
कार्यक्रम समाजका केन्द्रीय सदस्य खिमराज चालिसेको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।

चालिसेले समारोहलाई सम्वोधन गर्दै “देउसीभैलो समिक्षा भनेको आर्थिक पारदर्शीताको साथै कार्यकर्ताहरूमा नयाँ उर्जा नयाँ हौसलाको साथ प्रगतिशील सांस्कृतिक रुपान्तरणको लागि प्रयास गर्नु हो” भन्नु भयो । वहाँले देशमा राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षता खतरामा परेको हुँदा प्रवासका गल्ली मोहल्लाबाट सचेत संगठित हुँदै सशक्त प्रतिकारको लागि तैयार हुनुपर्ने धारणा राख्नु भयो।
अखिल भारत नेपाली विद्यार्थी संघका केन्द्रीय अध्यक्ष एवं अधिवक्ता माधव पोख्रेल, मूल प्रवाहका सुदुर पश्चिमोत्तर क्षेत्रीय सहसचिव तेज बहादुर रोका, क्षेत्रीय सदस्य एवं सांस्कृतिक विभाग संयोजक जुना भण्डारी चालिसे, सांस्कृतिक विभागका केन्द्रीय सदस्य बिनु नेपाली, भैलो टिम ए का नेतृत्व मान बहादुर केसी, टिम बि का नेतृत्व थमन थापा, विद्यार्थी संघका केन्द्रीय सदस्य नारायण आचार्य लगायतले सो समारोहमा मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा मिना बण्जाडे, माया नेपाली, विष्णु अर्याल, संझना विकले समिक्षा टिप्पणी गर्नुभएको थियो ।
समारोहमा भैलोमा सहभागी भएका बालबालिकाहरूलाई क्षेत्रीय सदस्य जुना भण्डारी चालिसेले अबिर टिका लगाएर सम्मान गर्नु भएको थियो ।
प्रमुख अतिथि खिमराज चालिसे र नगर अध्यक्ष मान बहादुर केसीले संयुक्त रुपमा स्मृति चिन्ह प्रदान गरि सम्मान गर्नुभएको थियो ।

समारोहमा संदिप विक, संझना विक, कल्पना जिसी, संगिता विक, कृतिका पाण्डे, साहिल आचार्य, आशिष आचार्य, निकाता पाण्डे, वर्षा पाण्डे, शुभम नेपाली, सुरज जीसी, गंगा परियार, सुरज चालिसे, सार्थक पाण्डे, प्रमी ओली, नविन कुमार सोनी, सारब पाण्डे, सौरव पौडेल लगाएतका बालबालिकाहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रम थानेश्वर पाण्डेको सञ्चालनमा तथा प्रेम गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो भने स्वागत सरस्वता भुसाल र सांस्कृतिक विभागका कलाकारहरूले गर्नु भएको थियो।

