पाण्डेचरी । फुलबारी २ ताप्लेजुङ जिल्ला नेपाल घर भएका बाबा चन्द्र संशेर लिम्बुका छोरा चन्द्र बहादुर लिम्बु बिगत २८ बर्षदेखि दक्षिण भारतको कान्जिपुरम ६ बर्ष र पाण्डेचरीको सुरुगुरु होटेलमा २२ बर्षदेखी काम गर्दै आएका थिए ।
गत नोभेम्वर ९ गते डियुटीमा बसिरहेको बेला रिङ्गटा लागेपछि विश्राम लिन भनी रुममा गएका थिए । तर १० गते राति १०ः३० बजे नजिकै बस्ने साथीले बाथरुमा पल्टेको अबस्थामा देखेपछि तत्काल मूल प्रवाह केन्द्रीय उपाध्यक्ष जनकराज पौडेललाई फोनमार्फत खबर गरेका थिए ।
मूल प्रवाह केन्द्रीय सदस्य चन्द्रकान्त शर्मा, नगर उपाध्यक्ष गम बहादुर बिक र नगर सचिव रवि पौडेल घटना स्थलमा पुगि राति नै संगै काम गर्ने साथिहरू, होटेल, स्टाफ सहित, जनरल हस्पिटलमा पुर्याइएको थियो । तर चेकजाँच पछि डाक्टरहरूले चार घण्टा पहिले नै मृत्यु भएको जानकारी दिएका थिए ।
मृतक चन्द्र बहादुर लिम्बूको प्रहरी प्रशासनीक प्रकृया पूरा गरी तेस्रो दिन ११–११–२०२५ का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष तथा क्षेत्रीय सचिव जनकराज पौडेलले उहाँको प्रार्थिव शरिरमा सङ्गठनको झण्डा ओडाइ अन्तिम श्रद्धाञ्जली अर्पण गरियो ।
लिम्बू मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पाण्डेचरी नगर समिति अन्तरगत टोल र एरिया समितिमा रहि काम गर्दै आएका थिए ।