• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मध्यावधि निर्वाचनकै लागि जेनजी आन्दोलन भएको थियो भन्ने लाग्दैन : भट्ट (भिडियो अन्तर्वार्ता)


  •   आइतबार, कार्तिक ०२, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले मध्यावधि निर्वाचनकै लागि जेनजी आन्दोलन भएको मान्न नसकिने धारणा व्यक्त गर्नुभएको छ ।

    Advertisement

    २०८२ असोज ३१ गते साँझ युगदर्शन मिडियालाई भिडियो अन्तर्वार्ता दिँदै उहाँले सो विश्लेषण अगाडि सार्नुभएको हो ।

    ‘फागुन २१ गते हुने भनिएको नियमित निर्वाचन नै हो’ उहाँले भन्नुभयो– ‘मलाई लाग्दैन, मध्यावधि निर्वाचन गर्नकै लागि जेनजीको यत्रो आन्दोलन र विध्वंस भएको थियो ।’

    यिनै कारणले गर्दा फागुन २१ गते प्रस्ताव गरिएको निर्वाचनप्रति आशङ्का रहेको उहाँको भनाइ थियो ।

    आफूहरूले सधैँजसो घटनाक्रमलगत्तै सबैभन्दा पहिला राजनीतिक धारणा सार्वजनिक गर्ने गरेकोमा अहिलेको परिस्थिति जटिल रहेकोले तिहारपछि मात्रै तात्कालिक राजनीतिक अवस्थाबारे धारणा सार्वजनिक गर्ने उहाँले जानकारी गनुभयो ।

    अर्कोतर्फ तिहारपछि ठुलो आन्दोलन चल्ने दाबीलाई पनि पूरै निराधार मान्न नसकिने उहाँको बताउनुभयो ।

    ‘तिहारपछि ठुलो आन्दोलन चल्ने कुरालाई पनि पूरै अस्वीकार गर्न सकिन्न’ उहाँले भन्नुभयो– ‘प्रहरी, जेलबाट लुटिएका हतियार, गोलीगठ्ठा बाहिरै छन् । हजारौँ हत्यारा बाहिरै छन् । उनीहरूलाई प्रयोग नगरिएलान् भन्न सकिन्न ।’

    यति यस्तो आन्दोलन चल्यो भने त्यसबाट सुशीला कार्कीको सरकार पनि बढारिने उहाँको भनाइ थियो ।

    उहाँले रुस युक्रेनको उदाहरण दिँदै भन्नुभयो– ‘रुस र युक्रेन आफ्ना सेना युद्धमा पठाएका छैनन् । दुवैले भाडाका सेना प्रयोग गरेका छन् । अहिले यस्ता सेना उपलब्ध हुन नसकेर जेलका कैदीलाई सेनाको ड्रेस लगाएर युद्धमा पठाइएको छ ।’

    फागुन २१ गतेको चुनावमा यस्तै असामाजिक तत्त्वलाई उपयोग गरेर कार्यकारी राष्ट्रपति पक्षधर शक्तिलाई चुनावमा विजय गराउने योजना पनि बन्न सक्ने उहाँले आशङ्का गर्नुभयो ।

    भत्किँदो पुराना दलको साख

    महासचिव भट्टले फागुन २१ गते चुनाव गर्ने भनिए पनि सत्ता सञ्चालन गरेका दलहरूको अवस्था पहिलेको जस्तो नरहेको बताउनुभयो ।

    ‘पुराना दलहरूको अवस्था पहिलेको जस्तो छैन । उनीहरूकै विरुद्ध जेनजी आन्दोलन चलेको थियो’ उहाँले भन्नुभयो– ‘यो अवस्थामा एमालेजस्ता पार्टीले चुनावमा जानुभन्दा पुरानै अवस्था कायम गर्न प्रयत्न गर्ने सम्भावना बढी छ ।’

    अर्कोतर्फ कम सिट भएका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) जस्ता पार्टीहरू उत्साहित रहेको उहाँले बुझाइ थियो ।
    आफ्नो पार्टीको अवस्थाबारे उहाँले भन्नुभयो– ‘तर हामी कम सिट भएका पार्टीजस्तो उत्साहित छैनौँ किनकि देश कता जान्छ भन्ने नै यकिन छैन ।’

    उहाँले देशको राजनीतिमा नयाँ नयाँ पात्रहरू साम्राज्यवादी शक्तिले अगाडि सार्ने गरेको गरेको उल्लेख गर्नुभयो ।

    हिँजो रवि लामिछानेको चरम चर्चा रहेको स्मरण गर्दै उहाँले त्यसपछि बालेनको चर्चा रहेको र अब सुधन गुरुङजस्ता पात्र अगाडि आएको बताउनुभयो ।

    सेनाको राजनीतिक इन्ट्रेस्ट

    अन्तर्वार्ताको क्रममा उहाँले अहिले जेनजी आन्दोलनको सन्दर्भमा नेपाली सेनाले राजनीतिप्रति चासो राखेको विचार व्यक्त गर्नुभयो ।

    ‘अहिले सेना पनि पोलिटिक्समा इनभल्भ भएको छ । राजालाई शासक बन्न बोलाउनु, आन्दोलनको स्टेकहोल्डरको रूपमा बैङ्क ठगीका बदनाम मात्र दुर्गा प्रसाईंलाई अगाडि सारेर आफ्नै परमाधिपति राष्ट्रपति विरुद्ध जानु भनेको सेनाले राजनीतिमा इन्ट्रेस्ट राखेको नै हो’ उहाँले भन्नुभयो ।

    जेनजी आन्दोलनको सेनाले आफू निष्क्रिय बसेर ध्वंस हुन दिएको र यसरी सरकारको पतनका लागि वातावरण तयार पारेको तथा दुर्गा प्रसाईंलाई अघि सारेर राष्ट्रपतिमाथि दबाब बनाएको धारणा उहाँको थियो ।

    कम्युनिस्ट नयाँ शक्ति

    अन्तर्वार्ताको क्रममा महासचिव भट्टले कम्युनिस्ट पार्टी पुरानो नभएर नयाँशक्ति भएको बताउनुभयो ।

    ‘कम्युनिस्ट पार्टी सदाबहार नयाँ पार्टी हो । उनीहरू वर्गविहीन समाज निर्माण गरी राज्य, पार्टी र सरकार नै विलोप गराउन चाहन्छन्’ उहाँले भन्नुभयो– ‘नेकपा (मसाल) नयाँ शक्ति हो । एमाले पनि पुरानो शक्ति होइन तर मसालको जस्तो समाजमा आमूल परिवर्तनको नीति नअपनएकाले मसालभन्दा पुरानो शक्ति हो ।

    जेनजी आन्दोलन अपेक्षित

    उहाँले जेनजी आन्दोलन अपेक्षित रहेको तर्क अगाडि सार्नुभयो ।

    ‘मैले आफ्ना लेख, अन्तर्वातार्, प्रशिक्षणमा भनेकै थिएँ, यस्तो स्थिति आउन सक्छ भनेर’ उहाँले भन्नुभयो– ‘सत्तारूढ दलको कुशासनको विरुद्ध जनतामा चरम असन्तोष छ । सत्तारूढ दलभित्रैबाट विकल्प खोजिएको छ । यस्तो अवस्थामा विद्रोह अवश्य हुन्छ भनेर मैले भन्दै आएको थिएँ ।’

    विद्रोह हुने तर त्यस्तो विद्रोहको नेतृत्व कसले गर्दछ भन्ने कुरा टुङ्गो नभएको विचार आफूले व्यक्त गरेको उहाँले दाबी गर्नुभयो ।

    राजमो वैकल्पिक शक्ति

    उहाँले राजमोबाहेक संसद्भित्रका धेरै दलहरू परीक्षित भइसकेको अवस्थामा राजमो मात्रै परीक्षण गर्नका लागि बाँकी रहेकाले आफूहरू नै वैकल्पिक शक्ति रहेको दाबी गर्नुभयो ।

    ‘राष्ट्रिय जनमोर्चाजस्तो शक्ति पनि संसद्मा थियो । ऊ इमानदार थियो । नीतिविचार पनि सही थियो । एकपटक यसलाई पनि जनताले परीक्षण गर्नुपर्छ भन्ने हाम्रो धारणा थियो’ उहाँले भन्नुभयो– ‘तर हाम्रो सङ्गठन, साधनस्रोत र सम्पर्कको कमजोर अवस्थाले गर्दा हाम्रा यी आवाज जनतामाझ पुगेनन् वा हामीले पुर्‍याउन सकेनौँ ।’

    उहाँले यदि देशमा राजमोको नेतृत्व रहेको भए आजको विध्वंसात्मक अवस्था आइनपर्ने विचार व्यक्त गर्नुभयो ।

    भ्रष्टाचारसम्बन्धी कानुन कमजोर

    अन्तर्वार्ताको क्रममा उहाँले नेपालमा भ्रष्टाचार विरुद्धको कानुन समयसापेक्ष नभएको विचार व्यक्त गर्नुभयो ।

    ‘भ्रष्टाचारसम्बन्धी नेपालको कानुन अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैन’ उहाँले भन्नुभयो– ‘अहिले भ्रष्टाचारको स्वरूप बदलिएको छ । अब टेबुलमुनिबाट होइन, डिजिटल लेनदेन हुने गरेको छ ।’

    कमजोर भएकै कारण कानुनले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको उहाँको विचार थियो ।

    महासचिव भट्टले भ्रष्टाचारसम्बन्धी कमजोर कानुनकै कारण भ्रष्टाचार बढेको र फलस्वरूप दक्षिण एसियाबाट नेपालीले स्विटजरल्यान्डमा सबैभन्दा धेरै पैसा जम्मा गरेको बताउनुभयो ।

    अन्तर्वार्ताको क्रममा उहाँले वर्तमान कार्की सरकारले पनि भ्रष्टाचारको विरुद्धमा काम गर्न नसकेको आरोप लगाउनुभयो ।

    (अन्तर्वार्ताको पूर्ण पाठका लागि युगदर्शन मिडियाको युट्युब च्यानल https://www.youtube.com/watch?v=DG8o4JS895Iवाच गर्न अनुरोध गर्दछौँ)

    आइतबार, कार्तिक ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.