विराटनगर । तमोर कोरिडोरबाट खसेका गाडीबाट छ जना घाइतेको उद्दार गरिएको छ ।
Advertisement
धरानबाट पाँचथरको फिदिम जाँदै गरेको गाडी असोज १८ गते शनिबार तमोर करिडोरको कुम्मायक भन्ने ठाउँमा खसेकोमा सोही स्थानमा उद्धार गरिएको हो ।
उद्धार गरिएका घाइतेलाई अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
पाँचथरका डिएसपी अनिशकुमार कर्णका अनुसार उद्धार गरिएका पाँच जना घाइतेलाई उपचारका लागि धरान लगिएको छ भने एक जनालाई फिदिम लगिएको छ ।
उक्त गाडी सडकबाट झन्डै पाँच सय मिटर तल खसेको थियो । सूचना आएपछि उद्धार टोली परिचालन गरिएको कर्णले जानकारी गराएका छन् ।