• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

इन्डोनेसियामा विद्यालय भवन ढल्दा गयो दर्जनौँको ज्यान, उद्धार कार्य जारी


  •   मङ्गलबार, असोज १४, २०८२ मा प्रकाशित
  • सिडोआरजो (इन्डोनेसिया) ।  इन्डोनेसियाको विद्यालय भवन ढलेर अस्थिर कङ्क्रिटको भग्नावशेषमा फसेका विद्यार्थीहरूलाई उद्धारकर्ताहरूले अक्सिजन र पानी उपलब्ध गराउँदै आएका छन् ।

    Advertisement

    मङ्गलबार बिहानसम्म १२ घण्टाभन्दा बढी समय बितिसक्दा पनि बाँचेका मानिसहरूलाई मुक्त गर्न उनीहरू निरन्तर प्रयासरत छन् । कम्तीमा एक जना विद्यार्थीको निधन भएको पुष्टि भएको छ भने, दर्जनौँ घाइते हुनुका साथै करिब ६५ जना भग्नावशेषमा पुरिएको अनुमान गरिएको छ ।

    पूर्वी जाभाको सिडोआरजोस्थित अल खोजिनी इस्लामिक बोर्डिङ स्कुलमा भएको दुर्घटनापछि उद्धारकर्मी, प्रहरी र सैनिकहरूले रातभरि उत्खनन गरी आठ जना कमजोर र घाइते विद्यार्थीलाई बाहिर निकाल्न सफल भएका थिए । तर भग्नावशेषभित्र थप शव देखिएकाले मृतकको सङ्ख्या बढ्ने आशङ्का गरिएको छ ।

    भग्नावशेष हल्लिएर अर्को दुर्घटना हुने जोखिम देखिएपछि मङ्गलबार बिहान १०ः१५ बजे उद्धार कार्य अस्थायी रूपमा रोक्नुपरेको थियो । घटनास्थलमा रहेका दर्जनौँ एम्बुलेन्स र उद्धार टोलीहरूले सुरक्षाको कारण सबैलाई तत्काल क्षेत्र खाली गर्न आग्रह गरेपछि उपस्थितहरू आतङ्कित हुँदै भागेका थिए ।

    विद्यार्थीहरूका परिवारजनहरू अस्पताल तथा ध्वस्त भवन वरिपरि भेला भई आफ्ना प्रियजनको खबरको प्रतीक्षामा बसिरहेका छन् । धुलोले ढाकिएका घाइते विद्यार्थीहरूलाई बाहिर निकालिँदा आफन्तहरूले विलाप गरेको दृश्य हृदयविदारक बनेको छ । विद्यालय परिसरमा राखिएको सूचना बोर्डअनुसार मङ्गलबार बिहानसम्म ६५ जना विद्यार्थी बेपत्ता रहेको र उनीहरू प्रायः १२ देखि १७ वर्ष उमेरका भएको उल्लेख गरिएको छ ।

    “हे भगवान्… मेरो छोरो अझै भग्नावशेषमुनि छ, कृपया मद्दत गर्नुहोस् !” भन्दै एक आमाले आँसु झारिरहनुभएको थियो । त्यस्तै एक बुबाले उद्धारकर्ताको हात समात्दै ‘कृपया, सर, मेरो छोरालाई तुरुन्तै खोजिदिनुहोस्” भनेर विन्ती गर्नुभयो ।

    उद्धार प्रयासको नेतृत्व गरिरहनुभएका अधिकारी नानङ सिगितका अनुसार कङ्क्रिटका भारी स्ल्याब र अस्थिर भागहरूले खोजीमा कठिनाइ बढाएको छ  भारी उपकरण प्रयोग गर्दा थप दुर्घटना हुने जोखिम भएकाले प्रयोग नगरेको उहाँले बताउनुभयो । “हामी अझै पनि फसेकाहरूलाई अक्सिजन र पानी प्रवाह गरिरहेका छौँ, बाँचेका व्यक्तिहरूलाई जीवित राख्दै बाहिर निकाल्न केन्द्रित भएका छौँ”, उहाँले भन्नुभयो ।

    सयौँ उद्धारकर्मीहरू सास फेर्न सहयोग गर्ने उपकरण, निकासी तथा स्वास्थ्य उपचार सामग्रीसहित खटिएका छन् । विद्यार्थीहरू दिउँसो प्रार्थना गरिरहेको बेला दुर्घटना भएको हो । प्रान्तीय प्रहरी प्रवक्ता जुल्स अब्राहम अबास्टका अनुसार दुर्घटनाग्रस्त भवन एक अनधिकृत विस्तार गरिएको संरचना थियो ।

    उद्धारपश्चात घाइते विद्यार्थीहरूलाई नजिकैका बासिन्दा, शिक्षक तथा प्रशासकहरूले प्राथमिक उपचारमा सहयोग गरेका थिए । धेरैलाई टाउकोमा चोट लागेको तथा हड्डी भाँचिएको अवस्था थियो । महिला विद्यार्थीहरू भने भवनको अर्को भागमा प्रार्थना गरिरहेकाले भाग्न सफल भएको बताइएको छ ।

    अधिकारीहरूका अनुसार १३ वर्षे एक विद्यार्थीको मृत्यु भएको छ भने अन्य १०२ जना विद्यार्थी घाइते भई अस्पताल लगिएको छ । तीमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

    प्रारम्भिक अनुसन्धानअनुसार दुई तले पुरानो भवनलाई अनुमति बिना थप दुई तला बनाइएको थियो । “पुरानो भवनको जगले कङ्क्रिटका थप तला सहन सकेन र ढलेको देखिन्छ”, अबास्टले भन्नुभयो ।

    मङ्गलबार, असोज १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.