• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

हामी बर्बाद हुनेछौँ : नयाँ प्रतिबन्धपछि इरानीहरूको पीडा


  •   आइतबार, असोज १२, २०८२ मा प्रकाशित
  • तेहरान । संयुक्त राष्ट्रसङ्घका प्रतिबन्धहरू आइतबारदेखि पूर्ण रूपमा लागू भएपछि इरानी नागरिकहरू तनावमा परेका छन् । मूल्य तीव्र रूपमा बढ्दै गएको छ भने रियाल नयाँ तल्लो स्तरमा पुगेको छ ।

    Advertisement

    ३३ वर्षीया ग्राफिक डिजाइनर हेलियाले प्रतिबन्धको असर तत्काल महसुस गर्नुभयो । उहाँको नयाँ घरका लागि लिन खोजिएको फर्निचरको मूल्य तीन दिनमै ह्वात्तै बढ्यो ।

    “डलर बढ्नुअघि नै मूल्य चुलिएको छ । मासुबाट ट्याक्सीसम्म जीवन झन् गाह्रो बनेको छ”, उहाँले एएफपीलाई भन्नुभयो ।

    इरान सरकारले प्रतिबन्धलाई ‘अन्यायपूर्ण’ भन्दै निन्दा गरेको छ । सन् २०१५ को आणविक सम्झौताअन्तर्गत बेलायत, फ्रान्स र जर्मनीले सक्रिय गरेको ‘स्न्यापब्याक’ संयन्त्रपछि इरानको आणविक तथा ब्यालिस्टिक क्षेप्यास्त्र गतिविधिसँग सम्बन्धित सबै कारोबारमा रोक लगाइएको हो ।

    तेहरानको विदेश मन्त्रालयले अन्य देशहरूलाई आफ्नो राष्ट्रिय हितका लागि प्रतिबन्ध लागू नगर्न आग्रह गरेको छ । तर राजधानीभरि नै निराशा छाएको छ ।

    ५६ वर्षीया शोधकर्ता नासिम कम्पनीले चिन्ता व्यक्त गर्दै भन्नुभयो, “हामी बर्बाद हुनेछौँ । सामान्य मानिसहरू अहिले जस्तै जीवन धान्न सक्दैनन् ।”

    १९ वर्षीय विद्यार्थी मेहरसादले प्रतिबन्धपछि इरान ‘आर्थिक र राजनीतिक रूपमा अलग–थलग’ हुने टिप्पणी गर्नुभयो ।

    – राहत दिनु पर्थ्यो –

    राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकाले सम्पूर्ण समृद्ध युरेनियम भण्डार हस्तान्तरणको बदलामा छोटो राहतको प्रस्ताव गरे पनि आफूहरूले स्वीकार नगरेको जानकारी दिनुभयो । उहाँका अनुसार त्यो प्रस्ताव ‘अस्वीकार्य’ थियो ।

    तर ७० वर्षका लेखक नाभिद मोरादीले सरकारको दृष्टिकोणप्रति असहमति जनाउँदै भन्नुभयो, “वार्ता जारी राख्नुपर्थ्यो । कहिलेकाहीँ केही राहत दिएर बदलामा केही लिन सकिन्थ्यो । तर यसरी जनताले मात्र दुःख पाउनुपरेको छ ।”

    मुद्राको तीव्र गिरावटसँगै मूल्यवृद्धि भएको छ । कालो बजारमा रियाल एक अमेरिकी डलरको बदलामा ११ लाख २० हजारमा झरेको थियो, पछि थोरै सुधार भएर ११ लाखमा पुगेको मुद्रा–ट्र्याकिङ वेबसाइटहरूले जनाएका छन् ।

    मोरादीका अनुसार एक किलो मासु अहिले १० डलर बराबर (करिब एक करोड रियाल) पुगेको छ, जुन न्यूनतम पारिश्रमिकमा बाँच्नेहरूको लागि ठूलो चुनौती हो । “एउटा परिवारले कसरी बाँच्न सक्छ ?” उहाँले प्रश्न गर्नुभयो ।

    – कठिनाइ र आशा –

    १९ वर्षीय विद्यार्थी अमिर–अब्बासले आफ्नो रुचि सङ्गीतलाई पछ्याउनै नसक्ने अवस्था आएको बताउनुभयो । “मैले गिटार ३० लाख रियालमा किनेको थिएँ, अहिले तीन अर्ब रियाल भएको छ । आयात बन्द भएकाले औषधि पनि महँगो हुँदै गएको छ”, उहाँले दुःख पोख्नुभयो ।

    विदेशबाट फर्किएका एक अनुसन्धानकर्ताले भने, “मूल्य, डलर, सुन–सबै बढ्नेछन् । सामान्य जीवन सम्भव हुनेछैन । अपराध र बालश्रम बढ्न सक्छ । म फेरि देश छोड्ने सोचमै छु ।”

    यद्यपि कठिनाइका बीच पनि केही आशा बाँकी छ । हेलियाले मुस्कुराउँदै भन्नुभयो, “हामी एक डलर बराबर एक लाख रियाल हुँदा पनि बाँचेका थियौँ । अहिले यो ११ लाख भए पनि हामी अझै उभिएका छौँ । हामी आशामा बाँचिरहेका छौँ । अनि त्यो आशा अझै बाँकी छ ।”

    आइतबार, असोज १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.