• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

अमेरिकासँगको तनाव चुलियोः कोलम्बियाका राष्ट्रपति पेट्रोको भिसा रद्द


  •   शनिबार, असोज ११, २०८२ मा प्रकाशित
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशको अवज्ञा गर्न अमेरिकी सैनिकहरूलाई खुलेर आह्वान गरेका कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोको भिसा रद्द गर्ने निर्णय अमेरिकी विदेश मन्त्रालयले गरेको छ । यस कदमपछि अमेरिका–कोलम्बिया सम्बन्धमा थप तनाव आएको छ ।

    Advertisement

    विदेश मन्त्रालयले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै भनेको छ, “राष्ट्रपति पेट्रोको लापरवाह र भड्काउने गतिविधिका कारण उहाँको भिसा रद्द गरिएको हो ।”

    राष्ट्रपति पेट्रो संयुक्त राष्ट्र महासभाको वार्षिक अधिवेशनका लागि न्युयोर्कमा रहँदा गाजामा जारी युद्धविरुद्ध भएको विरोध प्रदर्शनमा सहभागी हुनुभएको थियो । त्यस क्रममा उहाँले भन्नुभएको थियो, “म संयुक्त राज्य अमेरिकाका सैनिकहरूलाई भन्छु, मानवताविरुद्ध आफ्नो राइफल नउठाउनुहोस्, ट्रम्पका आदेशहरूको अवज्ञा गर्नुहोस् ।”

    यस घोषणापछि राष्ट्रपति पेट्रो शनिबार कोलम्बिया फर्कनुभएको थियो । तर, अमेरिकी कदमले उहाँको भविष्यका भ्रमणहरूमा प्रभाव पार्ने वा नपार्ने भन्ने विषयमा विदेश मन्त्रालय मौन छ ।

    “यो सजायले मलाई फरक पार्दैन, किनभने म युरोपेली नागरिक पनि हुँ, जसलाई अमेरिकामा प्रवेशका लागि भिसा आवश्यक पर्दैन”, कडा, प्रायः वैचारिक भाषणका लागि चिनिनु भएका राष्ट्रपति पेट्रोले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै भन्नुभयो, “मानवता विश्वभर स्वतन्त्र हुनुपर्छ ।”

    विशेषगरी लागुऔषध तस्करीविरुद्धको लडाइँमा कोलम्बिया लामो समयदेखि अमेरिकाको नजिक सहयोगी मानिँदै आएको छ । तर, वामपन्थी तथा पूर्व विद्रोही नेता पेट्रो र ट्रम्प प्रशासनबीच बारम्बार मतभेद देखिँदै आएको छ ।

    यसअघि वर्षको सुरुमा राष्ट्रपति पेट्रोले अमेरिकी सैन्य विमान प्रयोग गरी निर्वासन उडानहरू सञ्चालन गर्ने कदमको विरोध गर्नुभएको थियो । यस घटनाले कूटनीतिक तनाव निम्त्याएको थियो । त्यसपछि राष्ट्रपति ट्रम्पले उच्च भन्सार शुल्क र भिसा निलम्बनसहित कडा कदम चाल्ने चेतावनी दिनुभएको थियो ।

    अमेरिका कोलम्बियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । त्यही कारण राष्ट्रपति पेट्रोको सरकारले अन्ततः ती विमानहरू स्वीकार गर्ने निर्णय लिएको थियो । तर, यस महिनाको सुरुमा अमेरिकाले कोलम्बियालाई लागुऔषध नियन्त्रणका प्रयासमा असफल भएको भन्दै आलोचना गरेको थियो ।

    राष्ट्रपति पेट्रोले जवाफमा भन्नुभयो, “हाम्रो देशले कोकेनलाई संयुक्त राज्य अमेरिका पुग्न नदिन अनगिन्ती प्रहरी, सैनिक र सामान्य नागरिकहरूको ज्यान गुमाएको छ ।”

    शनिबार, असोज ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.