नयाँदिल्ली । तेलंगाना राज्यको राजधानी शहर हैदरावादमा बाढीको पानी पस्दा एक हजार मानिसहरूलाई राहत शिविरमा पुर्याइएको विविसी हिन्दीले जनाएको छ ।
Advertisement
हैदराबादमा मूसी नदीमा आएको बाढीको कारण शहरका तल्लो क्षेत्रमा पानी भरिएको हो ।
ती क्षेत्रहरूमा बस्ने एक हजार मानिसहरूलाई राहत शिविरमा पुर्याइएको छ । अधिकारीहरूले यसको जानकारी दिएका छन्।
अधिकारिहरूका अनुसार बाढीको पानी महात्मा गांधी बस स्टेसनमा पनि पसेको छ, जुन तेलंगाना राज्यको ठूलो बस टर्मिनल हो।
पानी भरिनुका कारण प्रशासनले बस पर्खिरहेका यात्रिहरूलाई सुरक्षित बाहिर निकालेर बस सेवाहरू व्यवस्था गरिरहेको छ ।