• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

सामुदायिक वनमा बढ्दै वन्यजन्तु र पक्षी


  •   शनिबार, असोज ११, २०८२ मा प्रकाशित
  • महोत्तरी । बर्दिवास नगरपालिका–३ स्थित कालीदमार तथा रातु महिला सामुदायिक वन संरक्षित गरिएपछि वन्यजन्तु र पक्षी निकै बढेका छन् । बर्दिवास–३ को चुरेकाछको बस्ती कालापानीका २१० घर उपभोक्ता रहेका यी दुवै वन क्षेत्रमा चरीचरण र सिकार पूर्ण रुपले बन्द गरिएपछि वन्यजन्तु तथा पक्षीको सङ्ख्या निकै बढेको हो ।

    Advertisement

    करिब ३५९ हेक्टरको कालीदमार र ३५० हेक्टरको रातु महिला सामुदायिक वनका कालापानीकै बासिन्दा उपभोक्ता छन् । एउटै क्षेत्रभित्रको दुवै वन भए पनि वनको संरक्षणमा महिला सहभागिता बढाउन महिलाकै प्रत्यक्ष भूमिका हुनेगरी रातु महिला सामुदायिक वन बनाइएको उपभोक्ताको भनाइ छ । रातु महिला सामुयिक वन उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यमा सबै महिला छन् ।

    “एउटै बस्तीका उपभोक्ताका दुई वटा सामुदायिक वन भएपछि संरक्षणको पहलकदमी बढेको छ”, कालीदमार सामुदायिक वन उपभोक्ता समितिका संस्थापक सचिव बालकिशोर रायमाझी भन्नुहुन्छ, “खासगरी वन संरक्षणमा यहाँका महिलाले देखाएका अग्रसरता अनुकरणीय छ ।” वनमा चरीचरण पूर्ण बन्द गरिएपछि एक÷दुई वर्ष पहिलेका पोथ्रा हलक्क बढेका रायमाझीको भनाइ छ ।

    अहिलेको कालीदमार वनक्षेत्रमै कालापानी उद्यान (पार्क) पनि छ । बिपी राजमार्गको दायाँबायाँ पर्ने यो वनक्षेत्रमा अहिले मयुँर र लुइँचे पक्षी बाक्लै बढेका छन् । यसैगरी वनमा मृग, हरिण, दुम्सी, नीलगाई र बँदेलको सङ्ख्या बढेको रायमाझीले बताउनुभयो । कालापानी उद्यानको संरक्षित वन क्षेत्रका हरिण त मान्छेसँग रतिएर खेल्ने गरेका उहाँको भनाइ छ ।

    वन क्षेत्रको संरक्षण चासो घरघरका महिलाले लिने गरेका रातु महिला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मुना श्रेष्ठ बताउनुहुन्छ । “वन संरक्षणको कुरामा हामी मोलाहिजा गर्दैनौँ, सबै महिला पहरेदारी गर्छौं”, श्रेष्ठ भन्नुहुन्छ, “यो सामूहिक प्रयत्नले वन अहिले जोगिएको मात्र होइन बढेको छ ।” संरक्षणको सवालमा दुवै वन उपभोक्ता समितिबीच आपसी समन्वय हुने गरेको उहाँको भनाइ छ ।

    उद्यान क्षेत्रमा बढेका विभिन्न रङका चराचुरुङ्गीको थरिथरिका चिरिबिर (कलरब) ले त्यसक्षेत्रमा भ्रमण गर्ने पर्यटक दङ्ग पर्छन् । “नाउँ नै नजानिएका थरिथरिका चराचुङ्गी निकै बढेछन्, अनि उद्यान क्षेत्रमा लगाइएको तारबारले घरपालुवा पशुवस्तु र मान्छे छिर्न नमिल्ने बन्दोबस्त रहेछ”, उद्यान अवलोकनमा पुग्नुभएका होटल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष गुञ्जबहादुर कार्की भन्नुहुन्छ, “वन संरक्षणमा देखिएको स्थानीय पहलकदमीले उद्यान क्षेत्र जिल्लाकै पर्यटकीय गन्तव्यका रुपमा विकास हुने सम्भावना देखिन्छ ।” स्थानीय प्रयत्नमा राज्यका निकायको भरथेग हुनसके यो ठाउँ पर्यटकको मन लोभ्याउने गन्तव्य बन्ने कार्कीको कथन छ ।

    महोत्तरीमा पर्ने चुरेक्षेत्र सबै बर्दिवास नगरपालिका क्षेत्रमा मात्र छ । यहाँको सघन वनक्षेत्रसँगै रहेका पौराणिक, धार्मिक र पुरातात्विक महत्वका ठाउँको विकासमा सबैभन्दा पहिले स्थानीयतहले योजनाबद्ध कामको थालनी गर्नपर्ने पर्यटन व्यवसायी बताउँछन् ।

    “यही नै महाभारतकालीन जनश्रुतिको टुटेश्वरनाथ महादेव मन्दिर, आदिशक्ति भगवतीको पञ्चधुरा देवी शक्तिपिठ, इन्द्रले तपस्या गरेर शिवजी प्रसन्न तुल्याएका राइमण्डलधाम, पाषाण युगकालीन हतियार कारखाना, लोपोन्मुख पक्षी गिद्धको बासस्थान, उच्च पहाडी क्षेत्रमा हुने जुनार, सुन्तलासहितका फल फल्ने चनौटेडाँडा र बहुमूल्य जडीबुटीको भण्डार रहेको बेसारे तथा सोलीघोप्टे पाहाडी थुम्का छन्”, बर्दिवासका संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिका संयोजकसमेत रहनुभएका नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशका अध्यक्ष हिरालाल गौतम भन्नुहुन्छ, “प्रकृतिले दिएको यो अनुपम भण्डारलाई पर्यटनसँग जोडेर प्रवर्द्धन गर्नसके समृद्धि हामी प्राप्त गर्न सक्छौँ ।”

    यसका अतिरिक्त विदेहराज जनकको विद्वतसभाका महाज्ञानी अष्टावक्रको जन्मस्थान पनि यहीँकै चुरेकाछको हालको रजबासमा रहेको मानिएको छ । यी स्थलको समयोचित विकास तीनै तहका सरकारको संयुक्त पहलकदमी हुनपर्ने गौतमको सुझाव छ ।

    शनिबार, असोज ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.