नयाँदिल्ली । लेहमा बुधबार भएका हिंसात्मक प्रदर्शनहरू पछी शिक्षाविद् र वातावरण कार्यकर्ता सोनम वाङ्गचुकलाई उनको गाउँ उलेटोक्पोबाट पक्राउ गरिएको छ ।
लेह एपेक्स बॉडीका वकील हाजी मुस्तफाले खबरको पुष्टि गरेका छन् । इंजीनियर, नवप्रवर्तक, शिक्षाविद् र वातावरण कार्यकर्ता सोनमले गत वर्षदेखि विभिन्न अवसरहरूमा लद्दाखलाई संविधानको छठौँ अनुसूचीमा समावेश गर्नका लागि आमरण अनशन र दिल्लीसम्म मार्च गरिसकेका छन् । गत वर्ष मार्चमा उनले लद्दाखलाई पूर्ण राज्यको दर्जा दिन र यसलाई छठौँ अनुसूचीमा समावेश गर्नका लागि २१ दिनसम्म भूख हडताल गरेका थिए ।
त्यही अक्टूबर २०२४ मा उनले यही मागलाई लिएर लद्दाखदेखि दिल्लीसम्म पैदल मार्च निकालेका थिए । हालाँकि दिल्ली पुलिसले सिंघु बोर्डरबाट उनलाई हिरासतमा लिएको थियो ।
वाङ्गचुकले हालै ३५ दिनको भूख हडतालको १५ औं दिन २४ सेप्टेम्बरमा लेहमा आन्दोलन हिंसक भएपछि विचमै छोडेका थिए । जुन आन्दोलनमा ४ जनाको मृत्यु भयो र लगभग ७० जना भन्दा अधिक घाइते भएका छन् ।