• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

जीविकाका लागि उद्यमशील बन्दै पूर्वसांसद विश्वकर्मा


  •   बुधबार, भदौ ११, २०८२ मा प्रकाशित
  • झापा । प्रतिनिधिसभाकी पूर्वसांसद विमला विश्वकर्मा पछिल्लो समय राजनीतिसँगै आत्मनिर्भरताका लागि व्यापारमा सक्रिय हुनुहुन्छ । झापाको विर्तामोड नगरपालिका–१ निवासी उहाँ अर्थोपार्जनका लागि सरसफाइसम्बन्धी रासायनिक सामानको व्यापारमा लाग्नुभएको हो । उहाँलाई हलुका तीन पाङ्ग्रे सवारीसाधनमा सामानहरू राखेर सहरका गल्ली र चोकमा बिक्री गर्दै हिँडेको अवस्थामा भेट्न सकिन्छ ।

    Advertisement

    “राजनीति समाजको सेवा हो भने व्यापार जीविकोपार्जनको माध्यम हो”, विश्वकर्माले भन्नुभयो, “राजनीति इमानदारीपूर्वक गरिने जनसेवा भएकाले त्यसबाट जीविकोपार्जन हुँदैन । म र मेरो परिवारको दैनिकी जीवन चलाउन आम्दानीमूलक उद्यम गर्नै पर्छ । त्यसैले व्यापारको बाटो रोजेकी हुँ ।”

    पूर्वसांसद विश्वकर्मा मजदूर क्षेत्रबाट राजनीतिमा आउनुभएको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भ्रातृ सङ्गठन जिफन्टको कार्यकर्ताका रूपमा उहाँले लामो समय सङ्घर्षमय भुइँतहको राजनीतिक जीवन बिताउनुभएको थियो । पार्टीले विसं २०७४ मा समानुपातिक कोटाबाट प्रतिनिधिसभाको सदस्य निर्वाचित गरेपछि उहाँको जिम्मेवारी फेरियो ।

    “पदीय जिम्मेवारी अस्थायी कुरा हो भन्ने मलाई हेक्का थियो”, उहाँले भन्नुभयो, “त्यसैले सांसदको जिम्मेवारी सकिएपछि केही नयाँ उद्यम गरौँ भन्ने मनमा लागिरहेको थियो । त्यही भएर उद्योगमा हात हालेकी हुँ ।” पूर्वसांसद विश्वकर्माले घरमा रु २५ लाखको लगानीमा ‘युनिक केमिकल उद्योग’ सञ्चालन गरिरहनुभएको छ । उक्त उद्योगबाट कालो फिनेल, सेतो फिनेल, ट्वाइलेट क्लिनर, भाँडा माझ्ने डिसवास, सिसा पुछ्ने कोलिन र हेन्डवासलगायत सरसफाइका सामग्री उत्पादन भइरहेका उहाँले जानकारी दिनुभयो ।

    “आफू जहाँ गए पनि झोलामा वा गाडीमा आफ्नो उद्योगबाट उत्पादित सामानहरू लिएरै जान्छु”, उहाँले सुनाउनुभयो, “मैले व्यापार थालेकी छु है साथीहरू भन्छु । चिनेजानेका साथीसँग भेटेर व्यापारका बारेमा सूचना दिने गर्छु । भेटमा साथीहरूले एकएक पोका सामान किनिदिनु हुन्छ ।”

    अखिल नेपाल महिला सङ्घ झापाले दमकमा हालै आयोजना गरेको तीज विशेष कार्यक्रममा पूर्वसांसद विश्वकर्माले बिक्रीका सामानसहित सहभागिता जनाउनुभयो । तीज मनाउन भेला भएका जिल्लाभरका साथीहरूले सामान किनिदिएका उहाँले बताउनुभयो ।

    राजनीति गर्नेहरूले व्यवसायमा नजोडिने हो भने धेरै प्रश्न उठ्ने भएकाले राजनीतिक जिम्मेवारी निर्वाहसँगै महिला उद्यमी बन्ने आफ्नो चाहना रहेको उहाँले बताउनुभयो । सानो लगानीबाट आफूले उद्यम सुरु गरेको जनाउँदै उहाँले सामान उत्पादन गर्न छोराछोरीले सहयोग गरिरहेका उल्लेख गर्नुभयो । बढी उत्पादन गरेर मात्र नहुने भन्दै बजारीकरणका लागि आफू पहिला बजार खोज्नतिर केन्द्रित भएको उहाँले जानकारी दिनुभयो ।

    उहाँले आठ प्रकारका सामानलाई प्याकेज बनाई रु एक हजारमा बिक्री गर्दै आउनुभएको छ । विर्तामोड नगर अस्पताल, विर्तामोड नगरपालिका, केही सुपर मार्केटलगायत सङ्घसंस्थाले नियमित रूपमा सामान खरिद गरिदिने गरेका विश्वकर्माले जानकारी दिनुभयो ।

    उहाँ हाल नेकपा एमालेको कोशी प्रदेश कमिटीको सचिवालय सदस्य एवं मुक्ति समाजको झापा इञ्चार्जको राजनीतिक जिम्मेवारीमा हुनुहुन्छ । “व्यापारमा लाग्नु भनेको राजनीति छाडेको भन्ने होइन”, उहाँले भन्नुभयो, “उद्योग र व्यापारमा बढी समय दिइरहेकी छु । राजनीतिक काम पनि गरिरहेकै छु ।”

    बुधबार, भदौ ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.