• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

चीन, अमेरिकाको द्वन्द्व नेपालको सरोकार


  •   सोमबार, भदौ ०९, २०८२ मा प्रकाशित
  • मनोज भट्ट

    Advertisement

    हिजो राजधानीमा एमसीसीको विषयलाई लिएर एउटा अन्तक्रिया कार्यक्रम आयोजना भएको थियो । उक्त कार्यक्रममा ने.क.पा. (मसाल) का महामन्त्री कमरेड मोहनविक्रम सिंहद्वारा व्यक्त विचारमाथि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले केही प्रश्नहरू उठाएका छन् । जस्तै दलाई लामाको पुनःस्थापना हावादारी भएको, चीन आफ्‌नो सुरक्षा आफै गर्न सक्षम रहेको, नेपालमा अमेरिकी गतिविधि बढ्दा चीनलाई असर नपर्ने जस्ता कुरा उठाइएको पाइएका छन् । त्यसबारे केही स्पष्टताको आवश्यकता छ ।

    १. नेपालको भूमि चीनका विरुद्ध प्रयोग नहोस् भनेर चीनले आफ्‌नो सुरक्षाको सवालमा नेपालबाट सधैँ आश्वस्त हुन चाहन्छ । नेपालको सरकारी प्रतिनिधि मण्डल चीन जाँदा वा चीनको सरकारी प्रतिनिधि मण्डल नेपाल आउँदा चीनको मुख्य सरोकार नेपालको भूमि चीनका विरुद्ध प्रयोग नहोस् भन्ने नै रहने गरेको छ ।

    २. नेपाली भूमि चीनका विरुद्ध प्रयोग हुन सक्दछ भन्ने सवालमा चीन चिन्तित छ । त्यसका पछाडि कैयौँ कारणले काम गरेको छ । नेपालमा कैयौँ तिब्बती शरणार्थी शिविरहरू छन् । ती तिब्बती शरणार्थी शिविरहरूलाई पश्चिमा शक्तिहरूले तिब्बत विरोधी गतिविधिमा गुप्त तथा खुल्ला रुपमा प्रयोग गर्ने गरेका छन् ।

    ३. केही समय यता नेपाललाई अमेरिकाले प्राथमिकतामा राख्दै आएको छ । अमेरिकाले नेपाललाई प्राथमिकता दिनुका पछाडि मुख्यतया चीनलाई कमजोर पार्ने रणनीति नै हो । अमेरिका सहित पश्चिमा शक्तिहरू नेपाली भूमिलाई चीनका विरुद्ध प्रयोग गर्ने पूरा प्रयत्न गरेका छन् । एमसीसी सम्झौता त्यसको एउटा कडीको रूपमा अगाडि सारिएको छ । त्यसैगरी नेपाल बढ्दो इसाइकरणले समेत चीनलाई चिन्तित बनाइरहेको छ ।

    ४. नेपाली भूमि चीनका विरुद्ध प्रयोग भएमा नेपाल अन्तर्राष्ट्रिय द्वन्द्वको वा युद्धको रणमैदानमा परिणत हुनेछ । त्यसबाट नेपालको सार्वभौमिकता र राष्ट्रियतालाई नै आघात पुग्ने छ ।

    ५. अमेरिकाले चीनको वरिपरि, २५० वटा सैन्य अखडा खडा गरेको छ ।

    ६. चीनको घेराबन्दीका लागि अमेरिकाले चीनसँग सीमा जोडिएका हिन्द प्रशान्त क्षेत्रका देशहरू नेपाल, बङ्गलादेश, श्रीलङ्का, बर्मालाई उच्च प्राथमिकता दिइरहेको छ ।

    ७. चीनका विरुद्ध बौद्ध, क्रिश्चियन तथा मुस्लिम धर्मालम्बीहरूलाई समेत प्रयोग गरेर अमेरिका सहितका पश्चिमा शक्तिहरूले चीनमा उपद्रव मच्चाइरहेका छन् ।

    ८. अमेरिका र चीनबिचको द्वन्द्व वा युद्धले विश्व शान्तिलाई असर पर्दछ नै त्यसका साथै यदि नेपाली भूमि अमेरिकाले चीनका विरुद्ध प्रयोग गरेमा नेपाल अन्तर्राष्ट्रिय शक्ति केन्द्रको रण मैदानमा परिणत हुने छ । त्यसबाट नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामा नै असर पर्नेछ । त्यसैले कसैलाई मोहनविक्रम सिंह व्यक्तिगत रूपमा मन नपर्न सक्नु हुन्छ । तर उहाँबाट व्यक्त विचार राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको चिन्ताबाट प्रेरित छन् ।

    नेपालमा बढ्दो अमेरिकी गतिविधिलाई खिसिट्युरीको विषय बनाउनुको परिणाम अन्ततः जान वा अन्जानमा साम्राज्यबादीहरुको रणनीतिको सेवा गर्नु नै हुनेछ।

    सोमबार, भदौ ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.