काठमाडौँ । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को लागि आगामी २०८२ कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि हालसम्म २६ दलहरूले उमेदवारी दर्ता गराएका छन् ।
राष्ट्रिय जनमोर्चाले पार्टीका केन्द्रीय सल्लाहकार बद्रे आलमलाई उमेदवार चयन गरि दर्ता गरिसकेको छ । सो पार्टीले दिएको जानकारी अनुसार आलमलाई निर्वाचित गराउनका लागि आन्तरिक तयारी भैरहेको छ ।
हालसम्म राष्ट्रिय जनमोर्चा, ने.क.पा. (एमाले), नेपाली काँग्रेस, ने.क.पा. (माओवादी केन्द्र), ने.क.पा. (एकिकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका लागि नेपाली पार्टी, जनमत पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन, जनता समाजवादी पार्टी, जनप्रजातान्त्रिक पार्टी नेपाल, ने.क.पा. मार्क्सवादी (पुष्पलाल), संयुक्त नागरिक पार्टी, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), ने.क.पा. (मार्क्सवादी लेनिनवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेशनल रिपब्लिक नेपाल, राष्ट्रिय मातृभूमि पार्टी, नेपाली जनता दल, राष्ट्रिय यथार्थवादी पार्टी नेपाल, मंगोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल जनमुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, बहुजन शक्ति पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा नेपालले उमेदवारी दर्ता गरिसकेका छन् ।

