दैलेखबजार । ‘भ्रष्टाचारलाई कारबाही गर’ मूल नाराका साथ राष्ट्रिय जनमोर्चाले सभा सम्पन्न गरेको छ ।
२०८२ साउन २९ गते बिहीबार दैलेखबजारको देवकोटाचोकमा सो कार्यक्रम सम्पन्न भएको हो ।
सभाका प्रमुख अतिथि रहनुभएका राजमो कर्णाली प्रदेश समितिका सदस्य नरबहादुर सिंहले भ्रष्टाचार चुलिएर जाँदा पनि सरकारले त्यसलाई ढाकछोप गरेको आरोप लगाउनुभयो ।
‘सरकारले भ्रष्टाचारीलाई कडा कारबाही गर्न आलटाल गरेको छ’ उहाँले भन्नुभयो– ॅहामी चाहन्छौँ, सरकारले यथाशीघ्र भ्रष्टाचारीलाई कडा कारबाही गरोस् ।’
सभालाई सम्बोधन गर्दै अर्का वक्ता राजमो दैलेखका जिल्ला सदस्य मणिराम न्यौपानेले भ्रष्टाचारकै कारणले जनताले विकासनिर्माणको लाभ लिन नसकेको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा राजमो दैलेखका जिल्ला सदस्य मानबहादुर चन्दको पनि उपस्थिति रहेको थियो ।
राजमो जिल्ला सदस्य कमल वरैले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।