• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

क्रान्तिकारी समाजवादी मानवतावादको दर्शन


  •   मङ्गलबार, साउन २७, २०८२ मा प्रकाशित
  • प्राडा श्रीधर गौतम ##

    Advertisement

    मार्क्सवादी हुनको लागि मानवतावाद छोड्नुपर्ने हुँदैन । मानवतावादलाई अँगाल्ने नाममा द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणलाई परित्याग गर्नु गैरमार्क्सवादी हुन जान्छ । वैज्ञानिक समाजवादसँग मेल खाने मानवतावादलाई बौद्विक एवम् सामाजिक आन्दोलनले प्राप्त गरेका सफलताको ऐतिहासिक पृष्ठभूमिमा हेर्नुपर्ने हुन्छ । उदाहरणका लागि ग्रीसको मानवतावाद, पुनर्जागरण कालको मानवतावाद पुँजीवादी युगअन्तर्गतको क्रान्तिकारी प्रजातान्त्रिक मानवतावादलाई लिनुपर्ने हुन्छ, जुन चेतनशील शक्तिहरूको प्रयासबाट सामाजिक सम्बन्धलाई मानवीय तर्कको अधीनमा ल्याइएको थियो ।

    ती प्रयासले मानवजातिलाई एक कदम अगाडि बढ्न मदत गरेका थिए तर भीषण बाधा कठिनाइ र उत्पादनका शक्तिको प्रचुर विकास भइनसकेको अवस्थामा उत्पन्न वर्गीय समाजमा सीमितताका कारणले गर्दा ती सबै प्रयास आफ्नो अन्तिम लक्ष्यमा पुग्न सकेनन् ।

    आज कतिपय मानवतावादीले प्रविधि, श्रम र भौतिक कारकको योगदानलाई इतिहासको निर्माणमा र मानवीय सम्बन्धमा विकासमा कम मूल्याङ्कन गर्छन् र विगतका कतिपय मानवीय उपलब्धिलाई उपेक्षा गर्छन् ।

    ग्रीसको समयदेखिका मानवतावादीले कला, विज्ञान र प्रविधिको विकासमा जोड दिएका थिए । उदाहरणका लागि लियोनार्डो डा भिन्चीले मानवीय श्रम, कला र विज्ञानको पक्षमा उच्च वकालत गरेका थिए । त्यसैगरी, फ्रान्सिस बेकनले प्रिन्टिङ प्रेस, बन्दुकको शक्ति र मेगनेटले गर्दा संसारको स्वरूपमा ठुलो परिवर्तन ल्याएको उल्लेख गर्दै कला र सिपलाई प्रकृतिको दर्शनको आधार बनाउने कुरा राखे । बेन्जामिन फ्र्याङ्कलिनले बिजुली र इन्भर्टरको परीक्षणको सुरुआत गरे र सन् १७४४ मा उपयोगी ज्ञानको वृद्धिका लागि अमेरिकी दार्शनिक समाज स्थापना गरे ।

    यी सबै मानवतावादीले आआफ्नो ढङ्गबाट प्रकृतिमाथि विजय प्राप्त गर्ने प्रयास गरे र विज्ञानको विकास गरी मानवीय जीवनलाई माथि उठाउने काम गरे । बेकनले यो उद्घोष गरे– मानवजातिको मुक्तिको आधारभूत कुरा भनेको ॅकारण’ बारेको ज्ञान प्राप्त गर्नु हो, जसअन्तर्गत चिजको सूक्ष्म गतिको ज्ञान प्राप्त गर्नुपर्ने कुरा पर्दछ र त्यसैको बलमा मानवीय सम्भावनाको साम्राज्य विस्तार गर्न सकिन्छ ।

    यी सबै आन्दोलनले सामाजिक विकासमा मदत पुऱ्याए पनि तिनले त्यसका लागि असर पर्ने आर्थिक र सामाजिक शक्तिको विस्तार गरी मानवीय सम्भावनाका साम्राज्यको विस्तारतर्फ ध्यान पुऱ्याउन सकेनन् । ती कमीकमजोरी हुँदाहुँदै पनि उनीहरूले आदर्शवादी दर्शनको परम्परा सुरु गरे र यो सम्भावनालाई देखाए कि मानिसले ज्ञानविज्ञानको सहयोगमा सामूहिक प्रयासको माध्यमबाट प्रकृतिबाट आवश्यक पर्ने शक्तिआर्जन गर्न सक्छ र मानवजातिको जीवनमा आमूल परिवर्तन ल्याई उच्चतम आकाङ्क्षाको परिपूर्ति गर्न सक्छ ।

    मार्क्सपूर्वका मानवतावादीले अगाडि कतिपय कठिनाइ र अन्तविरोधको पनि सामना गर्नुपरेको थियो । उनीहरूले अगाडि सारेका कतिपय नीति तथा योजना शोषित तथा उत्पीडित सामाजिक यथार्थताले गर्दा व्यवहारमा लागु गर्न सम्भव थिएन । उनीहरूको आदर्शवादी सोचाइ र सामाजिक यथार्थताको बिचमा खाडललाई केवल मार्क्सवादले प्रतिपादन गरेको समाजवादको सफलतापूर्वक कार्यान्वयनपछि हुने मानवीय सम्बन्धको पुनर्स्थापनाबाट मात्र सम्भव हुन सक्दथ्यो ।

    विश्व कम्युनिस्ट आन्दोलनमा मार्क्सवादका मानवतावादसँग कुनै सङ्गति हुँदैन भन्ने प्रवृत्ति पनि देखा पर्ने गरेका छन् तर ती गल्तीका पछाडि मावतावादलाई निम्नपुँजीपति वर्गको आन्दोलन र संशोधनवादी विचारसँग जोडेर हेर्दा उत्पन्न भएका हुन् । यस्तो गल्ती उग्रवामपन्थी विचारधारा भएकाबाट पनि प्रजातन्त्रलाई वर्गीय समाजमा सीमित स्वरूपमा राखेर हेर्ने गर्दा हुँदै आएका छन् ।

    मार्क्सवाद मानवतावादी दर्शन हो तर यो पश्चिमी पुँजीपति समाजमा अपनाइएको संसदीय शासनशैलीमा पाइनेभन्दा आधारभूत फरक छ । मार्क्सवादले प्रतिपादन गरेको मजदुरको प्रजातन्त्र पुँजीवादी व्यवस्थाअन्तर्गतको मानवतावादले अगाडि सारेका प्रजातन्त्रबाट बेग्लै छ ।

    क्रान्तिकारी समाजवादी मानवतावाद भौतिकवादी एवम् ऐतिहासिक हुँदा यसले विद्यमान वर्गीय स्वरूपलाई अस्वीकार गर्दैन बरु यसले त कामदार वर्गलाई केन्द्रमा राखी मानवीय चेतनाको विकास हुनेमा र मानवीय विकासले फड्को मार्ने कुरामा विश्वास राख्छ । क्रान्तिकारी अथवा वैज्ञानिक समाजवादले मानवतालाई कुनै दैवीशक्तिको सहयोगविना मानवले आफ्नो मुक्तिको बाटो आफै कोर्न र विस्तार गर्न सक्छ भन्ने कुरामा विश्वास राख्छ ।

    यसलाई यसकारण मानवीय भनिएको हो किनकि यसले देखाउने आन्दोलनको बाटोबाट मात्रै मानव जातिलाई विद्यमान गरिबी, असमानताबाट उठाउन सकिन्छ र उसको भविष्यलाई पनि सुरक्षित गर्न सकिन्छ । क्रान्तिकारी सामाजिक मानवतावाद यसकारणले मानवीय छ कि यसले सबै प्रकारमा उत्पीडन र शोषणको अन्त्यका लागि आह्वान गर्छ र वर्गीय समाजअन्तर्गत हुने सम्बन्धमा नयाँ आयामको पक्षमा वकालत गर्छ, जसले गर्दा कुनै मानवले हेपिएको, टाढा भएको अनुभव गर्नुनपरोस् र ऊभित्र रहेका सबै सृजनात्मक सम्भावनाको पनि उच्चतम विकास हुन पाओस् । यही कुरा एङ्गेल्सले आफ्नो लेख “समाजवाद : काल्पनिक कि वैज्ञानिक” मा पनि भनेका छन् ।

    उनी भन्दछन्, समाजवादी प्रजातन्त्रको योजनाबद्ध अर्थतन्त्रअन्तर्गत जीविकाको लागि व्यक्तिगत सङ्घर्ष गर्नुपर्ने अवस्थाको अन्त्य हुन्छ । विगतको असमान एवम् कष्टदायी अवस्थाको अन्त्य भएपछि मानव जातिले यस्तो अवसर पाउनेछ, सामूहिक रूपमा प्रजातान्त्रिक ढङ्गबाट लिइने निर्णय र उच्च चेतनाको बलमा बनाइएका योजनाले गर्दा मानवको जीवनमा क्रान्तिकारी परिवर्तन आउनेछ । क्रान्तिकारी सामाजिक मानवतावादअन्तर्गत प्रकृतिमाथि थप विजय प्राप्त हुनेछ र व्यक्तिको बिचमा सौहार्दपूर्ण एवम् तर्किक सम्भावनाको विकास हुनेछ । पुँजीवादी व्यवस्थाअन्तर्गत विज्ञान र प्रविधिले प्राप्त गरेका उपलब्धि र ठुलो मात्रामा औद्योगिक उत्पादनको अवस्था अघि बढ्दै वैज्ञानिक समाजवादमा कामदार वर्गले राजनैतिक सर्वोच्च स्थान लिनेछन् र सामूहिक मालिकत्वको आधारमा उत्पादनका साधन तलदेखि माथिसम्म योजनाबद्ध रूपमा तार्किक सामाजिक अवस्थाको विकासमा लगाइनेछ ।

    वैज्ञानिक अथवा क्रान्तिकारी समाजवादले यो कुरा देखाउँछ कि उत्पादनका साधन र सुविधामाथि पुँजीवादी आधिपत्य नै आर्थिक सुरक्षा, सामाजिक ऐक्यबद्धता र मानवीय सुख पाउने बाटोको मुख्य तगारोको रूपमा रहेको हुन्छ । यसले मान्दछ, औद्योगिक मजदुर वर्गको आफ्नै आर्थिक अवस्थाको कारणले गर्दा यो विद्यमान अवस्थालाई परिवर्तन गर्न इच्छुक हुन्छ र त्यसको लागि सक्षम पनि हुन सक्छ । लामो समयसम्मको आम जनताको सङ्घर्ष र आन्दोलनबाट मात्रै पुँजीवादी शक्ति र सम्पत्तिलाई सामूहिकीकरणमा परिवर्तन गर्न सकिन्छ ।

    यसको अर्थ वर्गरहित सौहार्दपूर्ण समाजतर्फको बाटो सामाजिक क्रान्तिको माध्यमबाट मात्र सम्भव हुन्छ । वैज्ञानिक समाजवादले मार्क्सवादलाई बुर्जुआ मावतावादी कार्यभन्दा बेग्लै राखेर हेर्छ । क्रान्तिकारी समाजवादअन्तर्गत पुँजीपतिलाई पूर्ण रूपमा परास्त गरिएको हुँदैन । त्यसैले मजदुर वर्गले सधैँ यो कुरामा चनाखो हुनुपर्छ, कुनै नयाँ मालिकले उनीहरूलाई पुनः दास बनाउने षड्यन्त्र गर्न नपाउन् । त्यसैले जबसम्म राज्यविहीन अवस्थाको प्रत्याभूति हुँदैन, मजदुर वर्गले प्रजातान्त्रिक व्यवस्थालाई उच्च सजगतासाथ अघि बढाउनुपर्छ ।

    द्वन्द्वात्मक भौतिकवादले क्रान्तिकारी मानवतावादलाई यस अर्थमा बलियो बनाउँछ कि यसले यसभन्दा अगाडिमा सबै असत्य कथनलाई उदाङ्गो पारिदिन्छ र वैज्ञानिक समाजवादलाई आधारलाई सुदृढ बनाई प्रगतिशील पक्षलाई उजागर गर्छ । वैज्ञानिक समाजवादले अभौतिक अथवा दिव्य शक्ति र पण्डित, पादरी, पुरोहितका सत्तालाई भत्काउँदै क्रान्तिकारी मानवतावादको पक्षलाई बलियो बनाउँछ । प्रकृति र मानवताभन्दा माथि कोही केही हुँदैन भन्ने सारतŒवमा जोड दिँदै कुनै भगवान्ले मानवजातिको सृष्टि गरेको कुरालाई खण्डन गर्छ र आर्थिक विकासको उच्चस्तरमा पुगेपछि मानवजातिले कुनै अलौकिक शक्तिको अगाडि समर्थन गर्न छोडेको कुरालाई स्थापित गर्छ । यसको अर्थ भौतिक संसार नै वास्तविक हो भन्ने मान्यतामाथि जोड दिँदै यस भौतिक संसारमा मानवजातिको उद्देश्य भनेको सबै मानव सम्भावनालाई विकास गर्दै अर्थात् भौतिक सम्पत्तिका स्रोतमाथि मानवको विजयलाई सुनिश्चित गर्नु हुन्छ ।

    मानवको लागि दिव्यशक्ति भनेको नै मानवता हुन्छ । क्रान्तिकारी समाजवादले यो कुरा स्वीकार गर्छ कि आजसम्मका मानवता उपलब्धिमाथि टेकेर मानवलाई पूर्णताको दिशामा अगाडि लैजानुपर्दछ । त्यसैले मार्क्सले वैज्ञानिक समाजवादको विचारमा प्र्रादुर्भावभन्दा अगाडिको समयलाई मानवजातिको पूर्व इतिहासको रूपमा व्याख्या गरेका छन् । वास्तविक अर्थमा मानवजातिको इतिहास त्यति बेला सुरु भएको मानिनेछ, जति बेला सामाजिक सम्पत्तिको विकास भई मानिस यसअघिका सबै दुःखकष्टका दिनलाई बिर्सन सक्ने अवस्थामा पुग्छ ।

    क्रान्तिकारी सामाजिक मानवतावाद मानवका बुद्धिविवेक चेतनामाथि विश्वास राख्नदछ तर यस्तो विकास आदर्शवादी मानवतावादको भन्दा यस अर्थमा फरक हुन्छ कि यसले सामाजिक परिवेश, स्थान र समयबाट छुट्टै कुनै बुद्धिविवेक हुन्छ भन्ने कुरा मान्दैन । तर्क र विवेक पनि सामाजिक गतिविधिको नै एउटा उपज हो भन्ने कुरा यसले मान्छ । त्यसैले क्रान्तिकारी मानवतावादले वर्तमान शोषणमूलक पुँजीवादी व्यवस्थाको समाप्ति र समाजवादको स्थापनालाई प्रमुख कामको रूपमा लिन्छ । यस्तो मानवतावादले मानवीय शिष्टता, भद्रता र पारस्परिक भाइचारा सम्बन्धमा विश्वास राख्छ तर प्रगतिशील नैतिकतालाई सामाजिक अवस्था र परस्पर विरोधी शक्तिका बिचको सङ्घर्षबाट अलग राखेर हेर्दैन । त्यसैले क्रान्तिकारी सामाजवादी मानवतावाद आफैमा वैज्ञानिक र मानवीय चिन्तन प्रणलीको एउटा स्वरूप हो । यही मानवतावादले नै पहिलोपटक यस्तो भौतिक र सांस्कृतिक पूर्व आवश्यकताको पूर्ति गर्नेछ, जसको माध्यमबाट स्वतन्त्रता, समानता र न्यायलाई अनुभूति गराउने समाजको निर्माण गर्न सकियोस् । प्रत्येक व्यक्तिको सम्पूर्ण स्वरूपको विकास गर्न सकियोस् । सम्पूर्ण मानवताको खुसीयालीलाई स्थापित गर्न सकियोस् ।

    मङ्गलबार, साउन २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    जनजाति मुक्ति आन्दोलन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.