खलङ्गा । अनेरास्ववियु (छैठौँ) प्यूठान जिल्ला समितिको आयोजनामा तीन दिने प्रशक्षिण कार्यक्रम सम्पन्न भएका छ ।
Advertisement
जिल्ला अध्यक्ष बसन्त राज गोराथोकीको अध्यक्षता, प्रबिन जिसीको सञ्चालनबाट अगाडि बढेको सो प्रशिक्षण कार्यक्रम अखिल (छैठौँ) का पुर्व महासचिव तथा राजमो लुम्बिनी प्रदेश सल्लाहाकार सुरेश थापाले दीप प्रज्वलित गरि उद्घाटन गर्नुभएको थियो ।
त्यसतै नेकपा (मसाल) प्युठान प्रवक्ता राम पहाडी, अनेशिसंघका महासचिव चक्रपाणी पौडेल, युवक संघका उपाध्यक्ष चोपबहादुर बिक लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
साउन २१, २२ र २३ गते तीन दिनसम्म चलेको सो प्रशिक्षण कार्यक्रममा बोम बहादुर खत्री, सुरेश थापा, बासुदेव पोख्रेल र चक्रपाणि पौडेलले, चोप बहादुर बिकले बिद्यार्थी आन्दोल, इतिहास, राजनीति, दर्शन, सङ्गठन, अनुशासन लगायतका विषयहरूमा प्रशिक्षण दिनुभएको थियो ।