• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

सन् १९५० को सन्धि र भारतस्थित नेपालीहरूको समस्या


  •   मङ्गलबार, साउन २०, २०८२ मा प्रकाशित
  • ठाकुर खनाल ##

    Advertisement

    सन् १९५० को नेपाल भारत शान्ति तथा मैत्री सन्धि भएको ७५ वर्ष भएको छ । यो ७५ वर्षको अवधीमा धेरै परिवर्तन भएका छन्, पहिले जस्तो अवस्था छैन । सन् १९५० को अवधीलाई हेर्ने हो भने त्यो समय दुबै देशको अवस्था अत्यन्तै नाजुक थियो । भारतमा भरखरै ब्रिटेन पलायन भई फर्केको र राज्यसत्ताको बागडोर नयाँ शक्ती भारतीय काँग्रेसको हातमा पुगेको थियो । भरखरै सत्तामा पुगेको सरकारको सामु धेरै चुनौतिहरू थिए । भारतमा त्यतिबेला साना ठूला गरेर ५६२ जति सियासतहरू राजा तथा नवाब थिए । तिनी मध्ये केही पाकिस्तानमा सामेल भएका थिए भने झण्डै ५५६ जती भारतमा रहेका थिए । तिनको एकिकरण सामान्य थिएन, त्यो जटिल समस्या थियो । अर्को तिर भारतको सैन्य शक्ती पनि काफी कमजोर भएको थियो । सेनामा सबै भन्दा सौर्य प्रदर्शन गर्ने गोर्खा रेजिमेण्टको दश रेजिमेण्ट मध्ये चार रेजिमेण्ट ब्रिटेनले लगेको थियो । बटवारा हुँदा एकतिहाई सेना पाकिस्तानको पक्षमा परेको थियो ।

    भारतका विभिन्न स्थानहरूमा आन्तरिक द्वन्द्व थियो । तेलङ्गाना क्षेत्रको श्रीकाकुलममा किसान विद्रोह थियो । त्यहाँको ठूलो क्षेत्र किसानहरूको कब्जामा थियो । हैदराबाद रियासदको निजामले आफु एकिकृत भारतमा सामेल नभई स्वतन्त्र राष्ट्रको रूपमा बस्ने घोषणा गरेका थिए । देशका विभिन्न स्थानहरूमा साम्प्रदायीक तनाव थियो । खास गरी भारत–पाकिस्तानका बोर्डर आसपासका क्षेत्र र पञ्जाब, दिल्ली, उत्तरी उत्तर प्रदेशमा शरणर्थी समस्याका साथै साम्प्रदायीक दङ्गाको अवस्था थियो । भारतको तात्कालिन नेतृत्वले नेपाललाई पनि आफ्‌नो अधिनमा ल्याउन चाहन्थ्यो । तर देशको आन्तरिक अवस्था र नेहरूको अन्तर्राष्ट्रिय रूपमा स्थापित भएको लोकतान्त्रिक छविका र नेपालमा सैन्य आक्रमण गर्दा सेनाले पनि साथ नदिने वा विद्रोह हुन सक्ने सम्भावनाका कारणले गर्दा पनि नेपाललाई हस्तक्षेप गरी भारतमा सामेल गर्न सम्भव थिएन । त्यो अवस्थामा कुटनैतिक रूपले सामेल गराउने प्रयास थियो ।

    अर्को तिर नेपालका शासक राणाहरू जो अङ्गे्रजप्रति वफादार र जी हजुरीमा टिकेका थिए । नेपालमा राणा बिरूद्ध व्यापक आवाज उठिरहेको थियो । त्यसको नेतृत्व भारतीय स्वतन्त्रता आन्दोलनबाट प्रभावित एवम् सहयोगमा गठित भएको नेपाली काङ्ग्रेस र रूषी क्रान्तिबाट प्रभावित कम्युनिस्टहरूले गरेका थिए । भारतबाट अङ्ग्रेजको वापसीले राणाहरू रानी हराएको मौरी सरह भएका थिए । भारतमा अङ्ग्रेजहरूको पतनसँगै नेपालमा राणा शासनको अन्त पनि सुनिश्चित जस्तै भएको थियो । भारतबाट अङ्ग्रेज वापस गएता पनि नयाँ सत्तामा आएको सरकारले आफ्‌ना छिमेकीहरूसँग गर्ने व्यवहारमा अङ्ग्रेजकै नीति अनुसरण गरेका थिए । यो अवस्थामा नेपालसँग गरीएको सन् १९५०को सन्धिमा नेपालको हित तल पर्‍यो ।

    सन् १९५० को सन्धिलाई प्रगतिशिल र देशभक्त शक्तीहरूले सुरूदेखी नै असमान सन्धि भनी बिरोध गर्दै आएका छन् । त्यो सन्धिमा एक दोस्राका लागि समान अवसर र व्यवहारको कुरा गरिएको छ । जनसंख्या, भुगोल तथा फरक श्रोत साधन भएका देशहरूमा समान अवसरको कुरा बेइमानी नै थियो । त्यसैले देशभक्त र प्रगतिशील शक्तीहरू सन् १९५० को सन्धि खारेज गरी पञ्चशीलताको आधारमा नयाँ सन्धि गर्नुपर्ने विषयमा जोड दिंदै आएका छन् । आजको लागि पनि त्यो यथार्थ हो ।

    सन् १९५० सन्धि भएको यो ७५ वर्षमा धेरै परिवर्तन भएको छ । सन्धिताका भारतमा नेपालीहरू सिमितरूपमा तिर्थाटनको लागि जाने गर्दथे । केही ठूला–बडा, धनीका छोराहरू पढनको लागि भारत जाने गर्दथे भने केही ब्राम्हणहरू आफ्‌नो जनमानी पेशा धान्नको लागि छोरालाई संस्कृत पढन भारत पठाउँथे । त्यो संख्या न्युन थियो । सेनामा भर्तीको लागि पनि गल्ला (दलाल)हरू नेपालका विभिन्न जिल्लामा आउने गर्दथे । उनीहरूले नेपाली युवाहरूलाई ललाइफकाई सेनामा भर्ती गराउँथे । तर सन् १९५० को सन्धि पछि रोजगारीको लागि भारत आउने क्रम बढेर गयो । भारत औद्योगिक बिकासको गतिमा भएको हुँदा कैयौँ युवाहरू उद्योगहरूमा काम गरे भने कैयौँ सरकारी नोकरशाहहरू एवम् कर्मचारीहरूको सेवा गर्दागर्दै सरकारी एवम् अर्धसरकारी नोकरी समेत पाउन सफल भए ।

    नेपालमा पहिलो पटक नाकरिकता सम्बन्धी नीति सन् १९५२ (बि.सं. २००९) मा बन्यो र कार्यन्वयन भएको छ । आम रूपमा नागरिकता वितरण भएको छ । नागरिकता राष्ट्रियतासँग जोडिएको विषय हो । यसका कतिपय पक्षहरूबारे व्यापक चर्चाको आवश्यकता भएता पनि यस लेखमा त्यसमा चर्चा नगरी छुट्टै अर्को लेखमा चर्चा गर्दा उचित हुनेछ । भारतमा पनि नागरिकता सम्बन्धि नीति सन् १९५५ मा बनेको हो । तर भारतका विभिन्न राज्यहरू छुट्टाछुट्टै नियम र जनताका विषेश अधिकारहरू भएको हुँदा त्यसबारे छुट्टै दस्तावेज थिएन । सन् २००३ मा पहिलो पटक तात्कालिन सरकारले एन.आर.सी. (राष्ट्रिय नागरिक पञ्जीकरण) को नीति ल्यायो र असम राज्यमा प्रयोगात्मक रूपमा सर्वे सुरू गर्‍यो । त्यसको रिर्पोट सन् २०१९ मा सरकारलाई हस्तान्तरण गर्‍यो । त्यस रिर्पोटका आधारमा कैयौँ नागरिकहरू शंकाको सुचीमा परे, त्यसमा ठूलो विवाद समेत भयो ।

    एन.आर.सी.बारे जति विवाद भएता पनि अहिलेको केन्द्र सरकार त्यसलाई देशव्यापी लागु गर्ने पक्षमा छ र संसदबाट पारित गरी त्यसले सिएए (सिटीजन एमेण्डमेण्ट एक्ट) नागरिकता संशोधन कानुन बनिसकेको अवस्था छ । सिएएको मुल उदेश्य भारतमा वास्तविक नागरिकहरूको रेकर्ड कायम गर्नु हो । हालाकी वर्तमान सरकारको तुस्टीकरणको नीतिले धार्मिक अल्पसंख्यक समुदाय एवम् भूमिहिन किसान मजदुर आदिवासीहरू सशंकित छन् । किन की सरकारले भूमिको श्रेष्ता (लाल पुर्जा) सँग यसलाई जोडेको पाइन्छ । भारतमा कैयौँ खनाबदोस (घुमन्ते) जातिहरू पनि छन् । मुस्लिम अल्पसंख्यकहरूलाई घुसपैठिएको रूपमा प्रताडित र आतङ्कित पार्ने कैयौँ घटनाहरू समेत भएका छन् । सरकारको नियतमा समेत प्रश्नहरू उठेका छन् तर त्यसबारे पनि यसमा चर्चागर्दा लेख अन्यत्र मोडिने हुँदा अहिले त्यता जानु उचित नहोला । खासमा यो लेखलाई नेपालीका समस्याहरूसँग सिमित राख्नु हुने छ । बदलिँदो परिवेशमा नेपालीका समस्या पनि फेरिएको छ । पहिले सिमाना हुने लुटपाट समस्याको रूपमा थियो, अहिले त्यसमा कमि आएको छ । तर थप नयाँ समस्याहरू देखापरेका छन् ।

    भारतमा दुई खाले नेपालीहरू भएको आम रूपमा थाह भए कै विषय हो अहिले त्यसमा अर्को प्रकार पनि जोडिएको छ । १८१६ को सुगौलि सन्धिको आधारमा जमिनसंगै भारतीय नागरिक बन्नपुगेका नेपालीहरू जसको राष्ट्रियता भारतीय र भाषा संस्कृती नेपाली हो । जमिनसँग जोडिएर नागरिक बन्न पुगेता पनि उनीहरू भेदभावको सिकार भएका छन् । उनीहरूलाई दोयम श्रेणीको नागरिक सरह व्यवहार गरिन्छ । त्यसैले उनीहरूमा भएको चेतनाको अभावमा आफुलाई गोर्खा भन्ने गरेका छन् । गोर्खा कुनै भाषा एवम् संस्कृती होइन । भारतको संविधानको आठौँ अनुसुचीमा पनि नेपाली भाषा भनेर उल्लेख भएको छ । तर उनीहरू नेपाली भन्दा विदेशी भन्छन् भनी आफुलाई गोर्खाली भनाउन र चिनाउन चाहन्छन् ।

    सन् १९५० को सन्धिको आधारमा रोजगारीको लागि आएका नेपाली नागरिकहरू, जो भारतमा पहिचानको समस्यासँग जुधिरहेका छन् । सरकारले आधार कार्डलाई जीवन उपयोगी बस्तुसँग जोडेको छ । आधार–कार्डको अभावमा सवारी चालक अनुमती–पत्र (ड्राइभिङ लाइसेन्स), बैंक खाता, बच्चाहरूको स्कुल भर्ना, मोबाईल फोन सिम, यहाँसम्मकी सरकारी–गैरसरकारी अस्पतालहरूमा ओपिडी रजिस्ट्रेसन र भर्ना आदिमा समेत समस्या पैदा भएको छ । सरकारले आर्थिक पारदर्शिता गर्ने भनी प्रत्येक कर्मचारीहरूको बेतन बैंकमा भुक्तान गर्ने भनी नियोक्ताहरूलाई निर्देश जारी गरेको हुँदा आधार–कार्ड नभए पछि नोकरी समेतबाट बञ्चित हुने अवस्था श्रृजना भएको छ । आधार–कार्ड बिना बैंकमा केवाईसी अपडेट नहुने भएको हुँदा कैयौँ रिटायर्ड भएका बृद्धहरूको पेन्सन बैंकमा फ्रिज भएको छ । भारतमै जन्मे–हुर्के र पढेका नेपालीका सन्तानहरूलाई प्रात्रको प्रमाण–पत्रको माग गरिन्छ । यी सबै समस्या प्रवासी नेपालीहरूले भोग्दै आएका समस्याहरू हुन् ।

    आधार–कार्ड कुनै नागरिकता होइन । त्यो केवल वायो मेट्रिक भेरिफिकेशन सहितको परिचय पत्र हो । आधार–कार्डको नियम अनुसार एक वर्षमा १८२ दिन भन्दा बढी भारतमा बसोबास गरेका बिदेशीहरूले पनि आधार–कार्ड बनाउन पाउँछन् । त्यसको लागि उनीहरूले १८२ दिन काटेको प्रमाण र स्थानीय बसोबास गरेको ठेगानाको प्रमाण दिनुपर्छ । तर नेपालीहरूको लागि त्यो असम्भव हुन्छ किनकी बिदेशीहरूको इमिग्रेशन हुन्छ । नेपालीहरूको इमिग्रेसन या कहीं कतै दर्ता हुँदैन र त्यसको प्रमाण पनि हुँदैन अर्को तर्फ स्थानीय ठेगाना दिनको लागि कसैले त्यत्तीकै प्रमाण दिँदैन र घर बहाल (रेण्ट एग्रमेण्ट)को लागि पनि आधार–कार्ड नै चाहिन्छ ।

    भारतमा जग्गा जमिन खरिदगरी बसेका भुतपूर्व सैनिक तथा अन्य रोजगारीको लागि आएका नेपालीहरू पनि छन् । भारत सरकारले आफ्‌ना नागरिकहरूलाई सेनामा भर्ती हुन प्रोत्साहन गर्ने योजना अनुसार सैनिक र भुतपूर्व सैनिकहरूलाई जग्गा जमिन खरिदमा छुट दिने एवम् भूपु सैन्य आवासीय कलोनीको निर्माण आदि योजनाहरू बनायो । भारतीय सेनामा काम गरेका नेपाली सैनिकहरूले समेत त्यसको सुबिधा लिई कैयौँ स्थानहरूमा घर जग्गा खरिद गरी बसेका छन् । त्यसैको अनुसरण गर्दै भारतमा अली राम्रो नोकरी भएका सानो तिनो व्यापार गरेका वा कुनै प्रकारले केही बचत गर्न सफल भएका नेपालीहरूले पनि घर जग्गा खरिद गरेका छन् । त्यसरी घर जग्गा खरिद गर्दा कतिपयले कानुनी ज्ञानको अभावमा आफुलाई भारतीय नागरिकको रूपमा समेत प्रस्तुत गरेका छन् । त्यसरी भारतमा स्थाई बसोबास गर्ने नेपालीहरूले नेपालसँग सम्बध तोडिसकेता पनि केही नेपालीहरूमा अझै पनि नेपालप्रतिको माया र वफादारी कायम रहेको अवस्था छ । उनीहरू केवल त्यहाँ बस्ने समयसम्म सुबिधाको लिने र पछि बेच्ने योजना अनुसार लिएको देखिन्छ । अहिले भारत सरकारले अगाडि सारेको एनआरसीको नीतिले नेपालीलाई काफी हदसम्म प्रभावित पारेको छ । अगाडि के हुने हो ? उनीहरूमा अहिले एक प्रकारको त्रास बनिरहेको छ । नेपालीहरू सबैका समस्याहरू बेग्ला बेग्लै प्रकारका छन् ।

    नेपालमा भारतीय नागरिक पनि छन् । उनीहरूले नेपालको अर्थतन्त्र नै एक प्रकारले कब्जा गरेर बसेका छन् । उनीहरूको पक्षमा भारत सरकारले बोल्ने मात्र हैन, दबाव श्रृजना गरी पटक–पटक नागरिकता नियममा संशोधन गराई ठूलो संख्यामा भारतीय नागरिकहरूलाई नेपाली नागरिक बनाइसकेको छ । सन् २०१५ (बि.स.२०७२) मा नेपालले संविधान घोषणा गर्दा भारतीय मूलका नागरिकहरूको अधिकार सुरक्षित गर्ने नाममा नेपाल माथी गरेको नाकाबन्दी कसैको सामु लुकेको छैन । अहिले पनि कैयौँ भारतीयहरू नेपाली भूमिमा काम गरी रहेकाछन् । भारतका केन्द्रदेखि विभिन्न राज्यका मन्त्री सांसदहरूले समय समयमा नेपालमा भारतीयसँग भेदभाव भयो भनेर मिडीयाहरूमा प्रचारबाजी गरिरहेका छन् । तर नेपाल सरकार भने भारतमा रहेका आफ्‌ना नागरिकको बारेमा मौनछ । कैयौँ पटक प्रवासी नेपालीहरूका सङ्गठनहरूले नेपाल सरकारलाई आफ्‌ना समस्याबारे अवगत गराएका छन् । भारतमा हुने सबै उच्च स्तरिय राजनैतिक भ्रमणको समयमा ज्ञापनपत्रहरू बुझाएका छन् । नेपालमा प्रधानमन्त्री विदेशमन्त्री सबैलाई ज्ञापन बुझाएका छन् । कुनै एक सरकारलाई होइन ०४६ सालदेखि अहिलेसम्म बनेका सबै सरकारहरूलाई ज्ञापन बुझाएका छन् । कहिले एकल त कहिले भारतमा भएका नेपालीहरूका संघ संस्थाहरूको संयुक्त रूपमा ज्ञापन बुझाई समस्याको समाधानका उपाय निकाल्नको लागि माग गरेकाछन् । तर विडम्बना सरकार बसेकाहरूले कानमा तेल हाली बसेका छन् । अझ तिनै पार्टीका नेता, मन्त्री, पुर्व मन्त्रीहरू भारतमा गई आफ्‌ना भातृसङ्गठनका कार्यक्रममा नेपालीहरूको समस्याबारे चर्चा गरेर प्रवासी नेपालीहरूलाई मूर्ख बनाउने प्रयास गर्ने गर्दछन् ।

    भारतमा सबै प्रकारका नेपालीहरू कुनै नकुनै समस्याबाट पिडीत छन् । नेपाली मूलका भारतीय नागरिकहरूका सामु आत्मसम्मान रक्षा एवम् भाषा संस्कृतीको संरक्षण र सम्बर्धनको समस्या छ । प्रवासी नेपालीहरू पनि सामु पनि त्यही समस्या छ । नेपाल र भारतका जनताको सम्बन्ध वर्षौं पुरानो छ । अझ हामी ‘वसुधैव कुटुम्बकम’ मा विस्वास गर्नहरू आ–आफ्‌नो राष्ट्रियताप्रति वफादार हुँदै एक दोस्रो देशका नागरिकको आत्मसम्मान, हकहित र सुरक्षाको लागि एकाकार भएर सङ्घर्ष गर्नु अवश्यकता भएको छ ।

    मङ्गलबार, साउन २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन
    कांग्रेस विभाजनपछि एमालेसहितका दलमा पनि विभाजनको खतरा : पूर्णबहादुर खड्का
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.