काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा १२१ वटा नया कानुन बनाउने मन्त्रालयले लक्ष्य राखेको छ । सरकारको नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना क्षेत्रगत नीति तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौताद्वारा सिर्जित दायित्व समेतका आधारमा नयाँ कानुन बनाउन लागिएको हो ।
Advertisement
कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाका अनुसार सम्बन्धित मन्त्रालयले तर्जुमा गर्नु पर्ने विधेयक पहिचान गरी विधेयकको प्राथमिकताक्रम खुलाई लक्ष्य निर्धारण गरिएको हो ।
“कानुन मन्त्रालयमा पठाइएका विधेयकहरूमध्ये सम्बन्धित मन्त्रालयसँगको छलफलका आधारमा आर्थिक वर्ष ०८२/०८३ मा संघीय संसद् समक्ष पेश गरिने १२१ वटा विधेयकहरुको प्राथमिकता निर्धारण गरी सो को सूची संघीय संसदमा पेश गरिएको छ” मन्त्री चौरसियाले बताए ।