दाङ । अखिल नेपाल महिला सङ्घ घोराही–१४ को नगर भेला सम्पन्न भएको छ ।
२०८२ साउन १२ गते मङ्गलबार राष्ट्रिय जनमोर्चाको जिल्ला सम्पर्क कार्यालय घोराहीमा सो भेला सम्पन्न हो ।
भेलाले कमला घर्ती अध्यक्ष रहनुभएको दुई सल्लाहकारसहित १५ सदस्यीय वडासमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा दीपा घर्ती, सचिवमा खुस्बु पुन, सहसचिवमा दामा नेपाली, कोषाध्यक्षमा चुमा पुन तथा सदस्यमा सुशीला नेपाली, यमसरी घर्ती, गोपा पाण्डे, रूपा वली, बसन्ता खरेल, जानकी पुन, सीता आले र हरीकला खरेल रहनुभएको छ भने सल्लाहकारमा लक्ष्मी पुन र आशाकिरण पाण्डे रहनुभएको छ ।
भेलामा महिला सङ्घकी राष्ट्रिय परिषद् सदस्य कृष्णा राना, राजमो जिल्ला अध्यक्ष गणेश आचार्य, अखिल नेपाल जनजाति सम्मेलन पूर्व केन्द्रीय सदस्य रामबहादुर जिएम, महिला सङ्घकी नगर सदस्य लक्ष्मी पुन, रक्तिम सांस्कृतिक अभियान नगर उपाध्यक्ष रोसनी घर्तीलगायतले मन्तव्य राख्नुभएको थियोे ।
सुशीला नेपालीको अध्यक्षता कल्पना घर्तीको स्वागत मन्तव्य र कमला घर्तीको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियोे ।