• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

विलासिताकरले सिमानापारि मौलाउने र सिमानावारि सुक्दै जान लागेको छ : विश्वकर्मा


  •   मङ्गलबार, साउन ०६, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रियसभा सांसद तुलप्रसाद विश्वकर्मा (राजेश) ले सरकारले सुनमा लगाएको दुई प्रतिशत विलासिताकरको असरले सुनको व्यापार सिमानापारि मौलाउने र सिमानावारि सुक्ने बताउनुभएको छ । २०८२ साउन ६ गते मङ्गलबार राष्ट्रियसभाको विशेष समयमा उहाँले सो धारणा राख्नुभएको हो ।

    Advertisement

    ‘सरकारले सुनमा लगाइएको दुई प्रतिशत विलासिता शुल्कको प्रत्यक्ष असर नेपाली जनतामा परिरहेको छ’ सुन कारोबारीले चलाएको आन्दोलनको सन्दर्भमा बोल्दै विश्वकर्माले भन्नुभयो– ‘विलासिताकरको असर सम्पूर्ण नेपाली जनतामा पुगेको छ । भारतमा भन्दा नेपालमा सुनको मूल्यवृद्धि भएको छ । यसले सुनको व्यापार सिमानापारि मौलाएर जाने र सीमावारि सुक्दै जाने भएको छ ।’ सांसद विश्वकर्माले तत्काल सुनमा लगाइएको विलासिताकर हटाउनुपर्नेमा जोड दिनुभयो ।

    ‘रसुवा जिल्लामा हालै गएको भीषण बाढी, त्यसले पुर्‍याएको क्षति र त्यसैको परिणाम आज मधेसमा सुख्खा परिहेको छ’ सांसद विश्वकर्माले भन्नुभयो– ‘आज मधेसी जनताले खानेपानीसमेत पाइरहेका छैनन् । पानीको सतह आज १५० देखि २०० फिट तल पुगेको छ । जनताले पानी दमकलमा बोकाएर खानुपरिरहेको छ ।’ जलवायु परिवर्तको असर हिमाल र तराईमा एकैचोटी देखिएको विश्वकर्माको भनाइ थियो ।

    ‘जलवायु परिवर्तनको असर मध्यपहाडी भाग एवम् नदीकिनारका जनताले पनि भोगिरहेका छन् । यसप्रति सरकारको ध्यान जाओस् र दिर्घकालीन योजना बनाएर काम थालियोस्‌’ उहाँले भन्नुभयो– ‘व्यापक चुरेदोहनको असर आज प्रत्यक्षतः मधेसमा देखिन थालेको छ ।’

    ‘पोखराको सरकारी १३५ रोपनी जग्गा हिनामिना गर्ने सामान्य प्रशासनमन्त्री राजकुमार यादवले राजीनामा दिइसक्नुभएको छ । उहाँका तमाम प्रकारका प्रमाण बाहिर आएका छन् । सरकारले त्यस्तो अपराध गर्ने व्यक्तिलाई राजीनामामै चित्त बुझाएको छ । सजायको भागिदार हुनुपर्छ कि पर्दैन ? म सरकारलाई प्रश्न गर्न चाहन्छु’ सांसद विश्वकर्माले अगाडि भन्नभयो– ‘त्यसैगरी त्यसै मुद्दासँग भूमिव्यवस्था मन्त्री बलराम अधिकारीको नाम जोडिएर आएको छ । उहाँले राजीनामा पनि दिनुभएको छैन र उहाँको बारेमा सरकारले कुनै धारणा बाहिर ल्याएको छैन । सरकारलाई म प्रश्न गर्न चाहन्छु, बलराम अधिकारीलाई सुनपानी छर्किएर चोखाइए कै हो ?’

    आजको एक्काइसौँ शताब्दीमा पनि छाउप्रथा जस्तो कुरीति हाम्रो समाजमा जीवित रहनु हामी सचेत नेपालीका लागि लाजमर्दो विषय भएको सांसद विश्वकर्माको धारणा थियो ।

    मङ्गलबार, साउन ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.