• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

छाउपडी प्रथा विरुद्ध अभियान सञ्चालन गर्न समता समाजद्वारा सरकारको ध्यानाकर्षण


  •   मङ्गलबार, असार ३१, २०८२ मा प्रकाशित
  • काठमाडौँ । जातीय समता समाजले छाउपडी प्रथाका विरुद्ध सामाजिक अभियान सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

    Advertisement

    अध्यक्ष राजेश विश्वकर्माको हस्ताक्षरमा २०८२ असार ३१ गते मङ्गलबार प्रेसवक्तव्य जारी गर्दै समाजले सो धारणा व्यक्त गरेको हो ।

    कञ्चनपुर जिल्लाको कृष्णपुरमा महिनावारी भएर छाउगोठमा बसेका बेला सर्पले टोकेर ज्यान गुमाएकी २९ वर्षीया कमला आउजी (परियार) को मृत्यु भएको सन्दर्भमा समाजले वक्तव्य जारी गरेको थियो ।

    वक्तव्ययमा विभिन्न सामाजिक सङ्घसंस्थाले छाउगोठ भत्काए पनि स्थानीय जनतामा छाउपडी प्रथाप्रतिको अन्धविश्वास कायमै रहेकाले यो स्थिति आइपरेको समाजको भनाइ छ ।

    स्थानीयवासीमा रहेको छाउपडी प्रथाप्रतिको अन्धविश्वासलाई भत्काउन सरकारले नै सामाजिक जागरण अभियान सञ्चालन गर्नुपर्ने समाजको ठहर छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “कञ्चनपुर जिल्लाको कृष्णपुरमा महिनावारी भएर छाउगोठमा बसेको बेला सर्पले टोकेर २८ वर्षीया कमला आउजी (परियार) को मृत्यु भएको घटनाप्रति जातीय समता समाजको गम्भीर ध्यानाकर्षण भएको छ ।

    महिलाहरू महिनाबारी भएको बेला घरमा बसे देउता रिसाउने मान्यताका आधारमा उनीहरूलाई छाउगोठमा राख्ने चलन परम्परादेखि चल्दै आएको कुप्रथा हो । यसका विरुद्धमा विभिन्न सामाजिक सङ्घसंस्था र स्थानीयस्तरका सरकारले पनि विगतमा अभियान चलाएर छाउगोठ भत्काउने र यो कुप्रथाको विरोध गर्ने काम हुँदै आए पनि स्थानीय जनताको न्यून चेतनाका कारण यो प्रथा अझै जीवितै रहेको छ । त्यसैका कारणले कमला आउजी (परियार) पनि बाध्य भएर छाउगोठमा बस्न पुगिन् । उनलाई सुतेको बेला राति करेट सर्प आएर टोक्यो । उनले घर गुहार मागिन् तर छिमेकीहरू जम्मा भएर उनलाई हस्पिटल पुऱ्याउँदा ढिलो भइसकेको थियो । उनको हस्पिटलमै मृत्यु भयो । उनका ३ भाइ छोरा टुहुरा बने । उनको श्रीमान अहिले भारतमा नोकरी गर्छन् ।

    सुदूरपश्चिममा प्रचलित यो कुप्रथाका कारण फेरि एक जना निर्दोष महिलाको ज्यान गएको छ । यो प्रथाका विरुद्ध अझै पनि समाजमा जरो गाडेर बसेको छाउप्रथाका विरुद्ध सरकारले सामाजिक चेतना जगाउने काममा ध्यानकेन्द्रित गर्नुपर्छ किनकि छाउगोठहरू भत्काउने काम त भइरहेका छन् तर जबसम्म उनीहरूको मानसिकतामा रहेको छाउप्रथालाई भत्काइन्न, तबसम्म यो प्रथाको अन्त्य हुने छैन र भविष्यमा कैयौँ महिलाले अकाल मृत्युवरण गर्नुपर्नेछ । अतः छाउप्रथाका विरुद्ध सामाजिक अभियान चलाउने कुरामा सरकारको ध्यान आकर्षित गर्न चाहन्छौँ ।

    अन्तमा मृतक कमला आउजी (परियार) प्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्न चाहान्छ ।”

    मङ्गलबार, असार ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.