• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

भोटेकोशी बाढी जलवायु परिवर्तनको परिणाम भएको मसालको दाबी


  •   बिहिबार, असार २६, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले भोटेकोशीमा बाढी आउँदा रसुवामा भएको क्षतिको सन्दर्भमा त्यसलाई जलवायु परिवर्तनको परिणाम भएको दाबी गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ असार २६ गते बिहीबार प्रेस वक्तव्य जारी गर्दै मसालले सो धारणा व्यक्त गरेको हो ।

    वक्तव्यमा भोटेकोशी बाढी विशुद्ध स्थानीय घटना नभएर राष्ट्रिय तथा सजगतापूर्ण कार्यमा जोड दिन सरकारको ध्यानाकर्षण गराएको छ ।

    रसुवामा ठुलो वर्षा नभईकन पनि बाढी आएको सन्दर्भमा चीनसित सूचना आदानप्रदान गरेर कारण पत्ता लगाउनुपर्ने आवश्यकतामा जोड दिइएको छ ।

    जलवायु परिवर्तनको सन्दर्भमा गम्भीर हुन आग्रह गरिएको प्रेसवक्तव्यको पूर्णपाठ यस्तो :

    मौसमविद्हरूले यो साल पहिलेभन्दा बढी बर्षाद हुने भविष्यवाणी गरेका थिए । अहिले भोटेकोशीमा आएको भयानक बाढीले यो सालको मौसमको गम्भीरतालाई बताउँछ । आउने दिनहरूमा देशका अन्य भागहरूमा अरू गम्भीर बाढी पहिरो हुने सम्भावनाप्रति हाम्रो विशेष ध्यान जानुपर्ने आवश्यकता छ ।

    भोटेकोशीमा आएको बाढीबाट ठुलो पैमानामा धनजनको क्षति भएको छ । तर त्यो बाढीको विषयमा एउटा प्रश्न उठ्ने गरेको छ ‘त्यो बाढी भारी वर्षाका कारणले आएको हो वा तिब्बतमा हिमनदीहरू फुटेको कारणले ? यो थाहा भएको कुरा हो कि नेपाल र तिब्बतमा कैयौँ हिमनदीहरू छन् । तिनीहरू फुट्दा धेरै नै जोखिमको सम्भावना छ । जलवायुमा भइरहेको परिवर्तनबाट त्यस प्रकारको जोखिमको सम्भावना बढ्दै गइरहेको छ । त्यसकारण अहिले बाढी पहिरोबाट भइरहेको जोखिमलाई जलवायुमा परिवर्तनको विश्वव्यापी समस्यासित पनि जोडेर हेर्नुपर्ने आवश्यकता छ । जलवायुको परिवर्तनबाट सम्भावित खतरामा नियन्त्रणको लागि र जलवायुको समस्यालाई समाधान गर्न विश्वस्तरमा नै पहलकदमी गर्नुपर्ने आवश्यकता छ । त्यसप्रति नेपाल सरकारको विशेष ध्यान जानुपर्ने आवश्यकता छ ।

    जलवायु परिवर्तनका कारणले हिमनदीहरू बढी पग्लने र हिमतालहरू फुट्ने सम्भावना बढ्दै जान्छ । जलवायु परिवर्तनका कारणले पहिरोको सम्भावना पनि बढेर जान्छ । त्यसैले, हामीले भोटेकोशीमा आएको बाढीलाई खालि एउटा स्थानीय समस्या मात्र नठानेर विश्वमा जलवायु परिवर्तनसित पनि जोडेर हेर्नु एकदम आवश्यक हुन जान्छ ।

    अहिले विश्वमा देखा परेको जलवायुको मुख्य कारण विश्वमा बढ्दै गएको कार्बनडाइअक्साइडको उत्सर्जन नै हो। ठुला साम्राज्यवादी देशहरूका कारखानाहरू वा ठुला उद्योगहरूबाट ठुलो मात्रामा कार्बन पैदा हुन्छ। त्यसले सम्पूर्ण विश्वको जलवायुमा असर पार्दछ र पृथ्वीको तापमान पनि बढेर जान्छ । तर साना अल्पविकसित देशहरूबाट त्यसको उत्सर्जन अत्यन्त कम हुन्छ । तैपनि त्यसको असरबाट नेपाल जस्ता अल्पविकसित देशहरूले नै बढी क्षति उठाउनुपर्दछ । विश्वको जलवायुमा भइरहेको परिवर्तन वा पृथ्वीको तापक्रममा भइरहेको वृद्धिबाट हिमालयको हिउँ पनि झन्पछि झन् बढी पग्लँदै गइरहेको छ र हिमनदीका तालहरू पनि फुट्ने खतरा बढ्दै गइरहेको छ । सायद अहिले भोटेकोशीमा आएको भयानक बाढीको कारण पनि त्यो हुन सक्दछ । नेपालमा मात्र नभएर तिब्बतका हिमनदीका तालहरू फुटेको कारणले पनि त्यो भयानक बाढी आएको हुन सक्दछ अथव ातिब्बतको हिमनदीको ताल फुटेको कारणले पनि त्यो बाढी आएको हुन सक्दछ ।

    भोटेकोशीको बाढीले यो देखाएको छ कि त्यो बाढी नेपालको मात्र समस्या नभएर चीनसित पनि जोडिएको छ । त्यसकारण त्यो बाढी कुन कारणले आएको हो वा त्यो समस्याको समाधानका लागि कुन तरिका अपनाउनुपर्दछ ? त्यसबारे चीनसित पनि सूचनाको आदानप्रदान वा पारस्पारिक छलफल र सहयोगको आवश्यकता देखिन्छ । त्यसप्रति पनि नेपाल सरकारको ध्यान जानुपर्ने आवश्यकता छ ।

    जेहोस्, भोटेकोशीको बाढीको समस्या त्यहाँको मात्र नभएर एउटा राष्ट्रिय समस्या नै हो। अन्यत्र पनि भारी वर्षाको कारणले बाढी पहिरोको धेरै खतरा छ । त्यसकारण तिनीहरूमा नियन्त्रण वा तिनीहरूबाट सम्भावित धनजनको क्षतिप्रति आवश्यक राहत कार्यको व्यवस्था गर्न अहिलेदेखि नै विशेष तयारी गर्न ने.क.पा. (मसाल)ले सरकारको गम्भीर ध्यान आकर्षित गर्न चाहन्छ ।

    बिहिबार, असार २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.