• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

किसानका जल्दोबल्दो समस्या वैज्ञानिकीकरण र आधुनिकीकरण हो : रेग्मी (भिडियो)


  •   सोमबार, असार १६, २०८२ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा)का अध्यक्ष भैरवराज रेग्मीले नेपाली किसानको जल्दोबल्दो समस्या कृषिको वैज्ञानिकीकरण र आधुनिकीकरण नहुनु भएको औल्याउनुभएको छ ।

    Advertisement

    युगदर्शन मिडियाका लागि २०८२ असार १४ गते शनिबार भिडियो अन्तर्वार्ता दिँदै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।

    ‘नेपाली किसानको मूल समस्या उत्पादन र बजारीकरण हो’ उहाँले भन्नुभयो– ‘किसानका जल्दोबल्दो समस्या कृषि उत्पादनमा वैज्ञानिकीकरण र आधुनिकीकरण नहुनु हो । सरकारसित त्यसको प्रारम्भिक योजना पनि छैन ।’

    अन्तर्वार्ताको क्रममा उहाँले देशको चरित्र अझै पनि अर्धसामन्ती र अर्धऔपनिवेशिक रहेको विश्लेषण अगाडि सार्नुभयो ।

    उहाँले भन्नुभयो– ‘तराईतिर अहिले पनि जमिनदारको बोलवाला छ । त्यसैले देशमा अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्था छ । राष्ट्रिय पुँजीको विकासमा दलाल पुँजीवादले हस्तक्षेप गरिराखेको छ ।’

    संविधानमा समाजवादोन्मुख शब्द प्रयोग भएको सन्दर्भमा उहाँको भनाइ थियो– ‘समाजवादोन्मुख भनेको राष्ट्रिय पुँजी र उत्पादनलाई प्रधानता दिनु हो ।’

    चालु बजेट

    अन्तर्वार्ताको क्रममा चालु आव २०८२÷८३को बजेटलाई किसान विरोधी बजेटको सङ्ज्ञा दिनुभयो ।

    ‘अहिलेको बजेट किसान विरोधी बजेट हो’ उहाँले भन्नुभयो– ‘अहिलेको बजेट कृषिक्षेत्रमा नवउदारवाद प्रवेश गरेको बजेट हो ।’

    बजेटमा भूमि बैङ्कको अवधारणा राखिएकोमा अध्यक्ष रेग्मीले त्यसलाई विश्वमा असफल प्रयास बताउनुभयो ।

    ‘भूमि बैङ्क फिलिपिन्समा सुरु गर्न थालिएको थियो, असफल भयो । ब्राजिलमा सुरु गर्न थालिएको थियो, असफल भयो । विश्वमा असफल भूमि बैङ्क नेपालमा ठुलो नारा र व्याख्याका साथ ओलीले लागु गर्दैछन्’ उहाँको भनाइ थियो ।

    सहकार्य

    छ किसान सङ्गठनले सरकारसामु ६५ सूत्रीय मागपत्र प्रस्तुत गरेको तर त्यसप्रति सरकारको बेवास्ताको सन्दर्भमा आफूहरू तत्कालै सङ्घर्षमा जाने उद्घोष गर्नुभयो ।

    ‘हामी सडकमा नगईकन, पालिकास्तरमा दबाब नदिईकन हुँदैन । प्रदेश सरकारलाई दबाब दिने, घेराउ गर्ने, आन्दोलन गर्ने, केन्द्रीय सरकारको काठमाडौँमा विरोध गर्ने नीति बनेको छ’ उहाँले भन्नुभयो– ‘हामी तुरुन्तै सङ्घर्षमा जान्छौँ ।’

    त्यस्तै अप्फा राष्ट्रिय किसान सञ्जालमा रहेको विषयमा युगदर्शनले प्रश्न राख्दा उहाँको भनाइ थियो– ‘राष्ट्रिय किसान सञ्जाल २०६२–६३ सालमा गणतन्त्र चाहने, त्यसका लागि सङ्घर्ष गर्ने शक्तिका बिचको किसान सङ्गठनको सञ्जाल हो । खुकुलो प्रकारको सञ्जाल हो ।’

    त्यस्तै, राष्ट्रिय किसान सञ्जालमा अप्फा पनि सामेल भएको विषयमा उहाँको प्रतिक्रिया थियो– ‘सङ्घर्षको माध्यम हो राष्ट्रिय किसान आयोग । अखिल नेपाल किसान महासङ्घ (अप्फा) त्यसलाई समर्थन गर्दछ । त्यसमा प्रतिनिधि पठाएर सङ्घर्षको माध्यम बनाउँछ ।’

    भूमिहीन सुकुम्बासी

    राष्ट्रिय भूमि आयोगमा करिब डेढ वर्षजति केन्द्रीय सदस्य रहेर काम गरेको सन्दर्भमा युगदर्शनले सोधेको प्रश्नको उत्तरमा उहाँले आफ्ना सङ्क्षिप्त अनुभूति सुनाउनुभयो ।

    ‘६० प्रतिशत जग्गा अहिले पनि दर्ता छैनन् । यतिसम्म कि राजधानी काठमाडौँको केन्द्र कीर्तिपुरमा, जहाँ त्यत्रो बजार विकास भइसक्यो, नगरपालिका भयो, अहिलेसम्म पनि कैयौँ जमिन दर्ता नभएका छन्’ रेग्मीले देशका जमिनको अवस्थाबारे सङ्क्षिप्तमा चित्रण गर्नुभयो ।
    त्यस्तै, सुकुम्बासीलाई जमिन वितरण गर्ने सन्दर्भमा कर्मचारी प्रवृत्तिबारे उल्लेख गर्न पनि उहाँले छुटाउनुभएन ।

    उहाँले भन्नुभयो– ‘अनौपचारिक रूपमा सचिव, सहसचिव, डाइरेक्टर, जसले टिप्पणी उठाउँछन्, कानुन बनाउनुपर्‍यो, निर्णय गर्नुपर्‍यो भने फाइल अघि बढाउँछन्, उनीहरू भन्छन्– हामीलाई सहरबजारमा घडेरी किन्न एक÷डेढ करोड लिने अनि सुकुम्बासीलाईसित्तैमा जग्गा दिने ? यसलाई हामी मान्दैनौँ ।’

    कतिपय कर्मचारीले सुकुम्बासी भनेको देशैभरि भूमि नपाएको तप्का हो भन्ने नबुझेको टिप्पणी उहाँको थियो ।

    यस सन्दर्भमा उहाँको प्रष्टीकरण थियो– ‘अधिराज्यभरि जसको नाममा लाजपुर्जा छैन । उसको नाममा मात्रै होइन, बाउबाजेको नाममा पनि लालपुर्जा नभएको—बाबुको नाममा, बाजेको नाममा लालपुर्जा छ भने त उसले अंश पाउने भयो—त्यो सुकुम्बासी होइन, यो प्रस्ट हुनुपर्‍यो ।’

    देशका कैयौँ स्थानमा नक्कली सुकुम्बासी भएको सन्दर्भमा उहाँले त्यसलाई भूमाफियाको सङ्ज्ञासमेत दिनुभयो ।

    काठमाडौँ थापाथालीको सुकुम्बासी बस्तीको प्रसङ्ग जोड्दै उहाँको भनाइ थियो– ‘जहाँसम्म काठमाडौँको कुरा छ, त्यहीँ थापाथलीमा हामीले औपचारिक तथ्य सङ्कलन गर्‍यौँ, त्यहाँ हजारमा दश÷बाह्र जना मात्रै मान्छे सुकुम्बासी छन् ।’

    अन्तर्राष्ट्रिय

    इरानमाथि इजरायलले आक्रमण गरेपछिको परिस्थितिमा किसान सङ्गठनसँगै साम्राज्यवादी युद्ध विरोधी मोर्चा निर्माण गर्न लाग्नुभएका अध्यक्ष रेग्मीले सङ्क्षिप्तमा त्यसबारे जानकारी दिनुभयो ।

    ‘इरानमाथि इजरायलको हस्तक्षेप विरुद्ध हामीले असार १३ गते राष्ट्रिय नाचघरमा कार्यक्रम गर्‍यौँ’ उहाँले भन्नुभयो– ‘त्यसपछि हामी तुरुन्तै समीक्षा बैठक बस्दैछौँ । एक हप्तापछि अर्को कार्यक्रम सडकमा दिने योजना छ ।’

    उहाँले एसियालीस्तरको किसान सम्मेलन गर्ने निर्णय भएको जानकारी दिँदै आइकोरको आयोजनामा छ्रिट्टै विश्व किसान सम्मेलन सम्पन्न गर्ने योजनासमेत बनाउनुभयो ।

    प्रतिगामी खतरा

    अन्तर्वार्ताको क्रममा युगदर्शनले अध्यक्ष रेग्मीसित प्रतिगामी खतराको बारेमा पनि जिज्ञासा राखेको थियो ।

    सर्वप्रथमत उहाँले वर्तमान व्यवस्थाबाट आफूहरू सन्तुष्ट नभएको धारणा व्यक्त गर्नुभयो ।

    ‘सुधारका लागि जनताको पक्षमा कुरा गर्न यो प्रगतिशील व्यवस्था हो । हामी यहाँ सङ्घर्ष गर्न सक्छौँ† दबाब दिन सक्छौँ† आन्दोलन गर्न सक्छौँ’ उहाँले भन्नुभयो– ‘तर मूल रूपमा यो व्यवस्थाले किसान अधिकार सुनिश्चित गर्न सक्दैन । त्यसैले हामी नयाँ जनवादी व्यवस्थाको स्थापना गर्ने बाटोमा जानुपर्दछ ।’

    उहाँले देशलाई पछाड फकाउने मात्रै होइन, सरकारका गलत नीतिलाई पनि आफूहरूले प्रतिगमन भन्ने गरेको जिकिर गर्नुभयो ।

    ‘कतिपय नीतिहरू उल्टिएर अगाडि बढ्नेभन्दा पछाडि फर्किने, राजतन्त्र वा प्रतिगमनलाई मदत पुग्ने, हामीले सरकारका कदमलाई पनि प्रतिगमन भन्ने गरेका छौँ’ उहाँको प्रष्टीकरण थियो ।

    राजतन्त्र फर्काउनका लागि आन्दोलन गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको गतिविधिलाई उहाँले चुनावसँग जोड्नुभयो ।

    उहाँले भन्नुभयो– ‘अहिले आन्दोलनमा उत्रिएका जुन राप्रपाजस्ता सङ्गठन छन्, उनीहरूले २०८४ सालको चुनावमा आफ्नो मत बढाउन यो गरेका हुन् ।’

    भारतले नेपालमा हिन्दु राष्ट्र चाहेको तर्कसँगै उहाँले अमेरिकाले पनि प्रजातन्त्रप्रति सकारात्मक धारणा नराख्ने उहाँको ठोकुवा थियो ।

    अध्यक्ष रेग्मीले भन्नुभयो– ‘अमेरिकी साम्राज्यवादलाई कहाँ प्रजातन्त्र छ, कहाँ निरङ्कुशता छ, मतलब छैन, उसलाई तानाशाही व्यवस्था भए पनि अमेरिकी साम्राज्यवादको समर्थन गर्नुपर्‍यो ।’

    (अन्तर्वार्ताको पूर्ण पाठका लागि युगदर्शनको युट्युब च्यानल थगनमबचकजबल द्दण्ठट वाच गर्न अनुरोध गर्दछौँ)

    सोमबार, असार १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.