काठमाडौँ । राष्ट्रिय राजनीतिमा आफूलाई निकै ठूलो परिवर्तनकारी सम्झने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामछिानेले वीरगन्जको सानोपाइला सहकारीबाट सदस्य बनेको भोलपिल्टै डेढ करोड रुपैयाँ ऋण लिएको पाइएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय पर्साले पर्सा जिल्ला अदालतमा दायर गरेको मुद्दाको अभियोग पत्रमा यस्तो उल्लेख गरिएको हो ।
लामछिानेको नामको ००१–०१५४६१ ग्राहक नम्बर र खाता नम्बर ००१–००१–०२–००११६४२ को केवाईसी अध्ययनका क्रममा २०७८ साउन १८ गते सदस्य बनेको देखिएको छ । सदस्य बनेकै दिन उनले १ लाख रुपैयाँ खातामा जम्मा गरेको भेटिएको अभियोग पत्रमा उल्लेख छ ।
त्यसको भोलपिल्ट नै अर्थात् साउन १९ गते १२ प्रतशित ब्याजदरमा २०८२ साउन १८ गतेसम्मका लागि बागमती ठेगाना उल्लेख गरी हकदारको नाम निकिता पौडेल र बुवाको नाम लालचन्द्र उल्लेख गरेको देखिन्छ ।
ऋण लिने दिने क्रममा लामछिानेको नाममा १९ गते नै सानोपाइलामा १ लाख रुपैयाँको शेयर कायम भएको पनि देखिएको छ । लामिछाने साउन १८ गते सानोपाइलाको सदस्य बनेको र १९ गते उनले गोर्खा मिडियाको खातामा जम्मा हुनेगरी भुक्तानी गरेको दाबी अभियोग पत्रमा गरिएको छ । उनको ग्लोबल आईएमई बैंकको खाताबाट २९ गते नै एक करोड ४७ लाख ४८ हजार रुपैयाँ जम्मा भएको देखिन्छ ।


