तम्घास । आज दिउँसो पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध भएको छ ।
Advertisement
गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका–६ बरल्बामा अवरुद्ध भएको हो ।
सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुले बताए ।
प्रहरी चौकी भुर्तुङका अनुसार सडक अवरुद्ध भएको खबर प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक देवबहादुर भुजेल नेतृत्वको टोली परिचालन गरिएको छ ।
तर पहिरो झरिरहेकाले तत्काल सडक खुलाउने कार्य सुरु गर्न नसकिएको डिएसपी सारुको भनाइ छ । प्रहरीका अनुसार पहिरो झर्न रोकिएपछि मात्रै सडक खुलाउने कार्य अघि बताइएको छ ।