काठमाडौँ । वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एकजना महिला र एक पुरुष पक्राउ परेका छन्।
Advertisement
पक्राउ पर्नेमा कञ्चनपुरको पुनरवास नगरपालिका–२ की २६ वर्षीया एलिया तामाङ र दोलखाको बैतेश्वर गाउँपालिका–६ का ४० वर्षीय कृष्ण कुमार घिमिरे रहेका छन्।
एलियाले यूके पठाइदिने भन्दै एक व्यक्तिबाट ६ लाख रुपैयाँ असुल गरेको प्रहरीको भनाई छ।
यस्तै, घिमिरेले क्रोएसिया पठाइदिने भनी २ लाख रुपैयाँ ठगी गरेको पाइएको छ।
लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्कविहीन भएका उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जानकारी दिएको छ।