• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

तिलौराकोट र पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्ने तयारी


  •   मङ्गलबार, जेठ ०६, २०८२ मा प्रकाशित
  • काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कपिलवस्तुको तिलौराकोट र काभ्रेपलाञ्चोकको पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी भइरहेको बताएका छन् ।

    Advertisement

    अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवसका अवसरमा पुरातत्व विभागले आज हनुमानढोका दरबार क्षेत्रमा आयोजना गरेको कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने काम भइरहेको र अन्य स्थललाई थप व्यवस्थित गरेर तयारी गर्दै लैजाने बताए । नेपालका सङ्ग्रहालयमा वार्षिक लाखौँ पर्यटक आमन्त्रण गर्न सकिने भएकाले त्यसै अनुसार व्यवस्थापन र प्रचारप्रसार गर्नुपर्नेमा मन्त्री पाण्डेको जोड थियो ।

    ‘फ्रान्सको लुभ्र सङ्ग्रहालय अवलोकन गर्न जानेले मोनालिसाको चित्र हेरेजस्तै नेपालका सङ्ग्रहालय अवलोकन गर्न आउनेले नृत्यदेवीको काष्ठकलायुक्त मूर्ति हेर्न सक्छन्, नृत्यदेवीको यो मूर्ति एशियाकै मोनालिसाको चित्र हो, हाम्रा सङ्ग्रहालयमा हात्तीको देखाउने दाँतमा बनेका सम्पदा पनि राखिएको छ, यस्तै सम्पदाका आधारमा नेपालका सङ्ग्रहालयलाई विश्वमा चिनाउन सकिन्छ’, उनले भने ।

    जर्मनीको सात सय वर्ष पुरानो हाइडलवर्ग विश्वविद्यालयमा अहिले पनि नेपालका पुराना सम्पदा सुरक्षित रहेको उल्लेख गरे । विसं २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त वसन्तपुर दरबार क्षेत्रको नौतले दरबार पुनःनिर्माणपछि आजैदेखि अवलोकनकर्ताका लागि शुभारम्भ गरिएको छ । दरबारको नवौँ तलामा पुगेर मन्त्री पाण्डेले पुनःनिर्मित दरबारको उद्घाटन गरे ।

    भूकम्पले भत्किएका संरचना उही रुपमा पुनःनिर्माण सम्पन्न भएकामा खुसी व्यक्त गर्दै उनले लिच्छविकालकै स्वरुपमा काष्ठमण्डप पुनःनिर्माण गर्नसक्ने सिद्धहस्त अहिले पनि देशमा भएकामा गौरव गर्नुपर्ने बताए ।

    पाटन र भक्तपुर दरबार क्षेत्रका साथै हाँडीगाउँलगायत काठमाडौँ उपत्यकाका पुराना बस्तीमा विदेशी पर्यटकलाई आकर्षित गर्नका लागि सम्पदाको संरक्षण गर्नुपर्नेमा मन्त्री पाण्डेको जोड थियो ।

    सांसद सपना राजभण्डारीले काष्ठमण्डप पुनःनिर्माण सम्पन्न भएको वर्षौँ बिते पनि सर्वसाधारणका लागि खुला नगरिँदा यहाँको संस्कृति लोप हुन लागेकोतर्फ संस्कृति मन्त्रालयको ध्यानाकर्षण गराइन् ।

    सांसद मैना कार्कीले सम्पदाको संरक्षणबाट नेपाल समृद्ध बन्ने भएकाले देशभरका सम्पदा संरक्षणमा जुट्न मन्त्रालयको ध्यानाकर्षण गराइन् । विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये वसन्तपुरको नौतले दरबार र नुवाकोटको सात तले दरबार चीन सरकारलाई पुनःनिर्माणका लागि दिएकामा नौतले दरबारको काम सम्पन्न भई आजैदेखि सर्वसाधारण अवलोकनकर्ताका लागि खुला गरिएको जानकारी दिए ।

    भक्तपुरस्थित कला सङ्ग्रहालय प्रमुख जयन्ती प्रधानले सन् १९७७ देखि अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवस मनाउँदै आइरहेको उल्लेख गर्दै यसलाई आगामी वर्षमा पनि निरन्तरता दिइने बताए । हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख काजीमान प्याकुरेलले यस वर्षको सङ्ग्रहालय दिवसको कार्यक्रम आजैदेखि अन्त्य गरिएको जानकारी गराए।

    प्रत्येक वर्ष मे १८ लाई अन्तरराष्ट्रिय सङ्ग्रहालय दिवसका रुपमा मनाउने गरिन्छ । यस वर्ष यो दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको थियो । कार्यक्रममा हनुमानढोका दरबार क्षेत्रमा मङ्गल धुन परम्परालाई निरन्तरता दिन र पुस्तान्तरणमा सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई मन्त्री पाण्डेले सम्मान गरेका थिए ।

    मङ्गलबार, जेठ ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.